सामूहिक बचतद्वारा वित्तीय साक्षरता अभिवृद्धिका लागि ‘बचत खेल तालिम’
- श्रावण १९, २०८३
भक्तपुर, १८ साउन । नेपाल मजदुर किसान पार्टी चानपा ८ सुडालको आयोजनामा २०२५ साल साउन २ र २०२६ साल असार १९ को ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण तथा नेपाल क्रान्तिकारी किसान सङ्घको ५८ औँ स्थापना दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त प्रशिक्षण कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष एवम् जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापनाका आधारहरूमा २०२१ सालको भूमिसुधार कार्यक्रम उपयोग गर्नु, २०२५ साल साउन २ र २०२६ साल असार १९ को ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलन भएको बताउनुभयो । उहाँले २०२५ साल साउन १४ गते विधिवत रूपमा स्थापना भएको नेपाल क्रान्तिकारी किसान सङ्घले किसानहरूको हितमा मोहियानी हक सुरक्षा आन्दोलन, बाली काट्ने आन्दोलन र भर्पाई आन्दोलन गरेको स्मरण गराउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले २०२५ साल साउन २ र २०२६ साल असार १९ को ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको चर्चा गर्दै त्यसबेलाका अग्रज किसान कार्यकर्ताहरू सचेत, सजग, सङ्गठित र सङ्घर्षशील नभएका भए जनताको बचत रकम हिनामिना गरी भ्रष्टाचार गर्ने नवदुर्गा बहुमुखी सहकारी संस्थाका भ्रष्ट पदाधिकारीहरूलाई जनकारबाही गर्न सक्ने अवस्था हुने थिएन भन्नुभयो । “सङ्गठित र सङ्घर्षशील भावना भएकै कारण भ्रष्ट व्यक्तिहरूलाई जनकारबाही गर्न सकेको हो,” उहाँले भन्नुभयो ।
उहाँले नेपाल क्रान्तिकारी किसान सङ्घले वास्तविक जोताहा किसानहरूको मोहियानी हक सुरक्षित गराउन जालीफटाहा जग्गाधनीहरूको विरुद्धमा छालिङ, झौखेल, चाँगुनारायण, दुवाकोट, सुडालका बाली काट्ने आन्दोलन गरी किसानहरूको घर–घरमा बाली भित्याइदिने कार्य गरेको स्मरण गराउनुभयो ।
नेमकिपा चानपा – ८ सुडालका अध्यक्ष केशवप्रसाद तिमिल्सेनाले चाँगुनारायण नगरपालिकाको वडा–वडामा भइरहेको बेथिति, विसङ्गति, अनियमितता, भ्रष्टाचार र पक्षपातविरुद्धमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
Leave a Reply