भर्खरै :

रामशेखरया ख्यालः ब्वज्यामा ‘१२ बजे’ प्रस्तुत हुने

रामशेखरया ख्यालः ब्वज्यामा ‘१२ बजे’ प्रस्तुत हुने

भक्तपुर, १८ साउन । रामशेखरया ख्यालः ब्वज्याको एघारौं दिन मङ्गलबार स्टार वाचनालयको तर्फबाट किशोर गोसाईको निर्देशनमा ‘१२ बजे’ ख्यालः प्रस्तुत हुनेछ ।
सोमबार जेँला सांस्कृतिक समाजको तर्फबाट ‘रानी पुखु’ ख्यालः प्रदर्शन भएको थियो । प्रस्तुत ख्यालः ले नातावाद प्रवृत्तिले रोजगारीका क्षेत्रमा सहजै प्रवेश पाउने, समाज र देशमा भएको कालाबजारी, घुसखोरीजस्ता प्रवृत्तिले देशको हालत बिग्रँदै गएको प्रति व्यङ्ग्य गरेको छ ।
लेखक तथा कलाकार आशराम वैद्यले रामशेखर नकर्मीद्वारा लेखिएको नाटक, ख्यालःहरूलाई नयाँ पुस्ताले मञ्चन गरिएको समय सान्दर्भिक हुनुको साथै सदाबहार रहेको उल्लेख गर्दै तत्कालीन समयमा रोजगारी पाउन अध्ययनसँगै चाकडी चाप्लुसी गर्ने संस्कारमा नेवार समुदाय नरहेको यथार्थ बताउनुभयो ।
आशकाजी थकुले समाजका सामान्य घटना र विषयलाई समेटेर रामशेखर नकर्मीले कलम चलाएर जनतासामु जीवन्त प्रस्तुति दिएको बताउनुभयो । नाट्यकर्मी समाजको आयोजनामा आस्था थियटरमा भइरहेको रामशेखरया ख्यालःको आज अन्तिम प्रस्तुति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *