भर्खरै :

जुम्ला कनकासुन्दरी गापामा समाजवादी प्रचार अभियान

जुम्ला कनकासुन्दरी गापामा समाजवादी प्रचार अभियान

जुम्ला, २१ साउन । बहुमत जनताको सेवा हुने समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपाले समाजवादी गणतन्त्र प्रचार अभियान चालू राखेको छ । समाजवाद र पुँजीवादी व्यवस्थाको भेदबारे जानकारी जनतालाई दिन आयोजित सो प्रचार अभियान साउन २० गते कनकासुन्दरी गाउँपालिका वडा नं. ३ स्थित बुदु गाउँमा भयो ।
स्थानीय जनताको उपस्थितिमा भएको सो भेटघाट तथा कोणसभामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले वर्तमान नयाँ सरकारले बहुमत जनता र युवाको हितमा काम गरेको छैन र जेनजी आन्दोलनको मर्म र भावनाअनुसार पनि काम नगरेको स्पष्ट पार्नुभयो ।
उहाँले पुँजीवादको विकल्प समाजवाद रहेको उल्लेख गर्दै साम्राज्यवादी देशहरूले स्वाधीन र सार्वभौम देशहरूमा आक्रमण गरेर धनजनको ठुलो क्षति पु¥याइरहेको र बलको अहङ्कार देखाइरहेको बताउनुभयो ।
सभामा नेमकिपा जुम्ला जिल्ला समितिका उपाध्यक्ष एवं कर्णाली प्रदेशका सदस्य विर्षबहादुर रावत, नेमकिपा जिल्ला समिति जुम्लाका सचिव नरबहादुर बुढा, गजेन्द्रबहादुर बुढा, दीपेन्द्र काफ्लेलगायतले वर्तमान सरकारले पनि जनताको हितमा काम गर्न नसकेको बताउनुभयो ।
त्यस्तै साउन १९ गते कनकासुन्दरी वडा नं. ४ स्थित लेखपोर गाउँमा जनतासँग भेटघाट कार्यक्रम भयो ।
उक्त कार्यक्रममा विर्खबहादुर रावत, दीर्घबहादुर शाही, नरबहादुर बुढा, लोकेन्द्र शाही, जयबहादुर बुढालगायतले नेमकिपा शोषितपीडित जनताको पक्षमा सङ्घर्षरत रहेको बारे स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *