भर्खरै :

लिबालीस्थित विद्यार्थी होस्टेलहरूको अनुगमन

लिबालीस्थित विद्यार्थी होस्टेलहरूको अनुगमन

भक्तपुर, २७ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भनपा ८ लिबालीमा रहेका होस्टेलहरूमा बुधबार अनुगमन गरियो । धेरै होस्टेल दर्ता नगरी सञ्चालनमा रहेको टोलीले जानकारी दियो ।
होस्टेल लिबालीमा पहिलेदेखि नगरपालिकामा बिनादर्ता सञ्चालन गरिरहेकोले तीन दिनभित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दिइयो ।
होस्टेल भक्तपुर विगत दस वर्षदेखि नगरपालिकामा बिनादर्ता सञ्चालन गरिरहेकोले तीन दिनभित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन, फ्रिज सफा र व्यवस्थित गर्न, भान्छा कोठाको सरसफाइमा ध्यान दिन निर्देशन दिइयो ।
नवदुर्गा होस्टेल विगत तीन वर्षदेखि नगरपालिकामा बिना सञ्चालन गरिरहेकोले दर्ता गराई सरसफाइमा ध्यान दिन, खानेकुरा राख्ने भाँडावर्तन व्यवस्थित गर्न र सफा राख्न, प्यानमा दर्ता गर्न निर्देशन दिइयो ।
होम स्टाइल होस्टेल ४ वर्षदेखि नवीकरण नगरी सञ्चालन गरेको हुँदा तीन दिनभित्र नगरपालिकामा उपस्थित हुनु मूल्य सूची राख्न, प्यानमा दर्ता गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दिइयो ।
इन्स गल्र्स होस्टेललाई पनि नवीकरण गर्न निर्देशन दिइयो ।
अनुगमनमा समितिका सदस्य श्यामकृष्ण खत्री, रोशनमैँया सुवाल, ज्ञानबहादुर मानन्धर, रीता फसिकवा, भनपा श्यानिटेसनका न.नि. दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नवराज पोखरेल, महानगरीय प्रहरी परिसरका प्र.स.नि. कृष्णबहादुर खत्री, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका लक्ष्मीप्रसाद बाटी, वाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुला, भक्तपुर उद्योग वाणिज्य सङ्घका वैकुण्ठ मानन्धरको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *