विषय वस्तुमा जानकार र सङ्गठित हुन सके मजदुरहरू डराउन नपर्ने
- भाद्र २४, २०८३
काठमाडौं, १ असार । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवसको अवसरमा निरङ्कुश राणा शासनका समयमा पनि विद्यार्थीले स्वतन्त्रताको लागि गरेको साहसको स्मरण गरिएको छ ।
विसं १९९४ असार १ गते तीनधारा संस्कृत छात्रावासका विद्यार्थीले संस्कृत विषयका साथै आधुनिक विज्ञान, गणित, भूगोल, अङ्ग्रेजीलगायत विषय पनि पढ्न पाउनुपर्छ भनी राणा सरकारसमक्ष माग राखेका थिए । माग पूरा नभएपछि विभिन्न चरणमा आन्दोलनका कार्यक्रम भएको थियो । त्यसबेला रानीपोखरीस्थित दरबार हाइस्कूल भवनको तल रहेको संस्कृत प्रधान पाठशालामा भर्ना पाउन पनि राणा प्रधानमन्त्रीको स्वीकृति चाहिन्थ्यो ।
विसं २००४ मा जयतु संस्कृतम्ले राणा शासनको विरुद्ध प्रजातन्त्रको पक्षमा पनि आवाज उठायो । त्यसबेला पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, अच्युतराज रेग्मी, कमलराज रेग्मी, राजेश्वर देवकोटालगायतको नेतृत्वमा आधुनिक विषयसँगै जहानियाँ शासन व्यवस्थाको अन्त्य भई प्रजातन्त्र स्थापना हुनुपर्छ भनी सार्वजनिक रुपमा आह्वान गरिएको थियो । शासकले प्रजातन्त्रको माग गर्ने विद्यार्थीलाई चारपाटा मुडेर चार भञ्ज्याङ कटाएका थिए ।
ती विद्यार्थी नेपालका गाउँगाउँमा प्रजातन्त्र स्थापनाका लागि आवाज बुलन्द बनाउँदै भारत प्रवासमा रहेर राणा शासनको अन्त्यका लागि आन्दोलन गरिरहनुभएका नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालालाई भेटी सक्रिय भएका थिए ।
विसं २०५४ पछि जयतु संस्कृतम् संस्था स्थापना गरी संस्कृत भाषा संरक्षणका लागि काम हुँदै आएको छ । शुक्रबार आज आयोजित ७२ औं जयतु संस्कृतम् दिवसको अवसरमा प्रदर्शनीमार्गको वाल्मीकि विद्यापीठबाट दरबारमार्गको तीनधारा संस्कृत छात्रावाससम्म आयोजना गरिएको प्रभातफेरीमा विभिन्न विद्यालयका साथै वाल्मीकिका विद्यार्थीको सहभागिता थियो । प्रभातफेरीपछि तीनधारा पाठशालामा आयोजित कार्यक्रमका वक्ताले राज्यले आवश्यक नीति निर्माण गरी संस्कृत भाषाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply