जनताको हितको निम्ति काम गर्नेबाहेक अरु उद्देश्य राखेर हामीले कहिल्यै राजनीति गरेनौँ : अध्यक्ष रोहित
- भाद्र २८, २०८३
– प्रकृति
सदन्र्भ कक्षा ११ र १२ मा नया“ पाठ्यक्रम र चालू बहस हो । कक्षा ११ र १२ मा विज्ञान पढ्न विद्यार्थीको निम्ति गणित विषय ऐच्छिक बनाएपछि क्रियाप्रतिक्रिया तीव्र भएको हो । विज्ञान विषय पढ्ने विद्यार्थीलाई गणित अनिवार्य अध्यापन गराउनुपर्नेबारे सामाजिक सञ्जालमा व्यापक बहस भइरहेको छ । हालसम्मको पाठ्यक्रममा कक्षा ११ मा विज्ञानका सबै विद्यार्थीले अनिवार्य रूपमा गणित पढ्नुपर्ने बन्दोबस्त छ भने कक्षा १२ मा भौतिकशास्त्रका विद्यार्थीको निम्तिमात्र विज्ञान अनिवार्य छ, जीव विज्ञान पढ्नेले ऐच्छिक विषयको रूपमा मात्र पढ्थे । जीव विज्ञान पढेर पनि इन्जिनियरिङ विषय लिने बाटो खुला गर्न विद्यार्थी कक्षा १२ मा गणित विषय लिने गर्छन् ।
नेपालको विज्ञान र गणित विषयको पाठ्यक्रमलाई विश्वकै उच्चस्तरमध्येमा मानिन्छ । पाठ्यक्रम राम्रो भएर पुग्ने भए नेपालका विद्यार्थी सबै वैज्ञानिक वा उच्च प्राविधिक हुन्थे होलान् । पाठ्क्रमले मात्र पढाइको गुणस्तर उच्च भयो भन्न सकिन्न । पठनपाठन गुणस्तरको हुनुप¥यो, शिक्षक उस्तै अब्बल दर्जाका चाहियो । प्रयोगशाला चाहियो ।
अवसर र वातावरण पाउने विद्यार्थीले भने विज्ञान र गणित विषयमा विद्यार्थीले राम्रै ज्ञान हासिल गरेको पाइन्छ । यसैकारण विज्ञान पढ्ने विद्यार्थीले विश्वका विकसित देशमा गई प्रतिस्पर्धामा पनि अब्बल स्थापित गरेका उदाहरण छन् ।
कक्षा ९ र १० को गणित पाठ्क्रमले आधारभूत गणितको ज्ञान दिन्छ नै । माथिल्लो कक्षामा पढ्ने विषयअनुसार गणित पढ्नु आवश्यक छ या छैन भन्ने निर्धारण गर्नु आवश्यक छ । जस्तो विज्ञान, प्रविधि, व्यवस्थापन, अर्थशास्त्र, तथ्याङ्कशास्त्र पढ्ने विद्यार्थीको निम्ति भने कक्षा ९ र १० गणितको ज्ञान अपुग छ । त्यस मानेमा ती विद्यार्थीले गणित पढ्नैपर्छ । अनुसन्धानको काम सिक्न पनि गणित अनिवार्य छ । नत्र हाम्रो उच्च शिक्षा लङ्गडो हुनेछ ।
Leave a Reply