भर्खरै :

‘युक्रेनमा नवनाजीवाद : रुसविरुद्ध अमेरिकी छद्म युद्ध’ पुस्तकबारे एक चर्चा

‘युक्रेनमा नवनाजीवाद : रुसविरुद्ध अमेरिकी छद्म युद्ध’ पुस्तकबारे एक चर्चा

संरा अमेरिकी युद्ध अपराध उदाङ्ग्याउने एउटा महत्वपूर्ण पुस्तकको नाम हो ‘युक्रेनमा नवनाजीवाद : रुसविरुद्ध अमेरिकी छद्म युद्ध’ । “वास्तवमै सन् १९४्र९ पछिको विश्वमा युद्ध र युद्ध अपराधको इतिहास संरा अमेरिकाको इतिहास हो । युक्रेन सङ्कट पछिल्लो घटनामध्ये एक हो भन्दा उपयुक्त होला ।
युक्रेनमा रुसविरुद्धको संरा अमेरिकी छद्म युद्ध किन र केका लागि ? यसको अन्तर्य बुझ्न यो पुस्तकले सघाउँछ । युक्रेनमा सन् २०२२ बाटमात्र होइन बरु सन् २०१३ बाटै कलह चालू छ । डोनबासका सहरहरू दोनेत्स्क र लोहान्स्कमा विगत १० वर्षदेखि युद्धको बमबारीको थिलथिलो छ । युक्रेनमा अमेरिकी र नाटो सेना युद्धका लागि किन सहयोग गर्दै छन् ? युद्धको भूराजनीतिक स्वार्थसँगै आर्थिक कारण खोतलखातल गर्न पुस्तक सफल छ । पुस्तकमा रुस र युक्रेनको भूगोल, इतिहास, सभ्यता र जनजीवन छ ।
नवनाजीवाद के हो ? नवनाजीवाद कति अमानवीय र क्रुर हुन्छ भन्ने थाहा पाउन पुस्तक नपढी हुन्न । सिङ्गो पुस्तकले कुनै देशको पक्ष लिनुभन्दा पनि बर्बर युद्धको विरोध र विश्व शान्तिको पक्ष लिएको अनुभव हुन्छ । पुस्तकमा रुस–युक्रेन सङ्कट समाधानका लागि विज्ञहरूको धारणादेखि नेमकिपाको दृष्टिकोण र पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँज्यूको विचार समेटिएको छ ।
अध्यक्ष माओको रातो किताबमा लेखिएको छ— “यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति एउटा नयाँ मोडमा छ । आजको विश्वमा दुईवटा आँधीहरू छन् – पूर्वको आँधी र पश्चिमको आँधी । एउटा चिनियाँ भनाइ छ — या त पूर्वको आँधी पश्चिमको आँधीमाथि हावी हुन्छ या पश्चिमको आँधी पूर्वको आँधीमाथि । आजको अन्तर्राष्ट्रिय परिस्थितिमा पूर्वको आँधी पश्चिमी आँधीभन्दा प्रबल छ । अर्को भाषामा भन्ने हो भने समाजवादी शक्ति साम्राज्यवादी शक्तिभन्दा सर्वश्रेष्ठ बनेको छ ।” यो भनाइ सन् १९५७ अर्थात् आजभन्दा करिब ७ दशक अगाडिको हो । र आजको परिस्थिति पनि फरक ढङ्गबाट उस्तै देखिन्छ ।
त्यतिबेला रुसमा सोभियत समाजवाद, युरोपमा समाजवादको प्रभाव बढेको र चीनमा समाजवादी क्रान्ति सफल भइसकेको अवस्था थियो । सन् १९७४ तिर अध्यक्ष माओले तीन विश्वको सिद्धान्त अघि सार्नुभयो । ‘Chairman Mao’s Theory of the differentiation of the three worlds is a contribution to Marxism-leninism’ सन्दर्भ पुस्तक हुन सक्दछ । अर्थतन्त्र, विज्ञान र प्रविधिका आधारमा संरा अमेरिका र रुस पहिलो विश्व । युरोपका विकसित देशहरू दोस्रो विश्व । विकासोन्मुख देश, सिङ्गो एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरू तेस्रो विश्वका रूपमा व्याख्या गरिएको थियो ।
समाजवादको निर्माणसँगै छोटो समयमा युरोपको अपहेलित रुस समृद्ध बन्दै थियो । युक्रेन त्यही समृद्ध सोभियत सङ्घको हिस्सा थियो । आज युक्रेन युद्धले आतङ्कित क्रिमिया त कुनैबेला रुसको राजधानी थियो । सन् १९३९मा दोस्रो विश्वयुद्ध आइलाग्यो । त्यतिबेलासम्म जर्मन खेमाविरुद्ध लड्न सोभियत रुससँग संरा अमेरिका साथमै थियो । तर जर्मनी पराजित भइसकेपछि रुसलाई संरा अमेरिकाले प्रमुख शत्रु घोषित ग¥यो र रुसविरुद्ध युद्धको तयारी थाल्यो । रुसविरुद्ध सैन्य गठबन्धन नेटोको स्थापना गरियो । रुसले पनि प्रतिकारका लागि वार्सा गठबन्धन तयार ग¥यो । लामो समय शीतयुद्ध चल्यो । विश्व पश्चिम र पूर्वमा विभक्त भयो । दोस्रो विश्वले पश्चिमको पक्षधरता लियो भने तेस्रो विश्व तटस्थ र असंलग्न बस्यो । शीत युद्धको समाप्तिपछि वार्सा गठबन्धन नेटोपछि हट्ने सर्तमा विघटन ग¥यो । नेटो विघटन भएन बरु रुसको प्रभावमा रहेका देशहरू समेतलाई नेटोमा सहभागी गराइयो । पूर्व समाजवादी देशहरू नेटोमा सामेल गराइए । शीतयुद्धपछि सोभियत रुस कमजोर बन्दै गयो । ख्रुस्चेभ गोर्भाचोभहरूको संशोधनवादी विचार, ग्लास्नेष्ट र पेरेस्ट्रोइकाजस्ता अर्थनीति र संरा अमेरिकाको हस्तक्षेप (गैरसरकारी संस्थाहरूको आक्रमण र अमेरिकी सहयोग) का कारण सन् १९९१ मा रुसी सोभियत समाजवाद पुँजीवादमा पतन भयो । यसमा अध्यक्ष माओ या चीनको मतभिन्नता थियो । लेनिन र स्तालिनको मृत्युपछि रुसी समाजवाद सामाजिक साम्राज्यवादमा पतन भइरहेको स्थिति चीनले औँल्याएको थियो । दोस्रो विश्वयुद्ध र शीत युद्धले रुस आर्थिक रूपमा निकै कमजोर बनेपछि संरा अमेरिका पहिलो शक्तिको रूपमा उदायो । त्यसको निम्ति संरा अमेरिकाले गरेका युद्धहरूको तथ्याङ्क कसैबाट लुकेको छैन ।
त्यतिबेला पूर्वको अर्को देश चीनमा समाजवाद थियो तर आर्थिक रूपले संरा अमेरिकासँग मुकाबिला गर्न सक्ने स्थिति थिएन । उपनिवेश र युद्धपछि शून्यबाट उठाउनुपर्ने अर्थतन्त्रलाई संरा अमेरिकी आक्रमणहरूबाट जोगाई बलियो जग तयार गर्न बन्द खालको समाजवादी अर्थनीति अघि बढाइयो । आप्mनै खुट्टामा उभिन सक्ने भएपछि चीनले अर्थतन्त्रलाई खुला गरेको हो । खुलापनको केही दशकमै चीन दोस्रो ठूलो अर्थतन्त्रमा उक्लियो र निकट समयमा पहिलो बन्दै छ ।
यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति पुनः एकपटक अध्यक्ष माओले भन्नुभएभैmँ पूर्वतिर केन्द्रित छ । पश्चिम राजनीतिक विचारसँगै आर्थिकरूपमा तल झर्दै गर्दा पूर्व अगाडि बढ्दै छ । चीन पछि आज पनि पूर्वको शक्तिशाली आर्थिक केन्द्र रुस हो । आजको चीन सन् १९९० को दशकको रुसभन्दा बिल्कुल फरक छ । त्यतिबेला रुसमा राजनीतिक पतनसँगै १९९० को दशकसम्म रुसले आर्थिक मन्दी मात्र होइन भयानक गरिबी सामना गर्न परेको थियो । आजको चीनको राजनीतिक अडान र आर्थिक उडान निकै बलियो छ । पूर्वको प्रगति रोक्न युद्धको बिउ रोप्नु संरा अमेरिकाको षड्यन्त्र हो । त्यसकारण, युक्रेन संरा अमेरिकाको रणमैदान या प्रयोगशाला मात्रै हो भन्ने कुरा यो पुस्तकले विभिन्न घटनाक्रम र प्रमाणहरुसहित पुष्टि गरेको छ । युक्रेनको काँधमा बन्दुक राखी पूर्वतिर हान्ने संरा अमेरिकाको स्वार्थ उदङ्ग्याएको छ ।
आज पनि युरोपमा रुसको ग्यास, तेलको बजार निकै अब्बल छ । चीन र रुसको व्यापार सम्बन्धका कारण युरोपमा रुसको बजार बलियो बन्दै गयो । एसिया, अफ्रिका, दक्षिण अमेरिकी–देशहरूमा चीनको व्यापार सम्बन्ध राम्रो बन्दै गएपछि युरोपलाई आप्mनो पकडमा राख्न रुसलाई हमला गर्नु जरुरी थियो संरा अमेरिकाका निम्ति । युक्रेन आपैंm पनि कृषि, खनिज उद्योग विज्ञान र प्रविधिमा अघि बढिरहेको प्रान्त थियो । युक्रेनको गहुँ र सूर्यमुखी तेल विश्वभर निर्यात हुन्छ । रुस–युक्रेन युद्धकै कारण नेपालमा पिठोको भाउ बढ्यो । युक्रेनबाट भारत हुँदै नेपाल आइपुग्ने गहुँ रोकियो । यसर्थ राजनीतिक प्रभुत्व र आर्थिक साम्राज्य गुम्ने डरले पनि युद्ध छेडिएको बुझ्न पुस्तकले सघाउँछ । अर्थात् अध्यक्ष माओले भन्नुभएझैं यतिखेर पश्चिमको आँधीमाथि पूर्वको आँधी हावी छ ।
संरा अमेरिका युद्धमा पनि नाफा खोज्ने देश हो । युक्रेन रणभूमि बनिरहँदा, यक्रेनी जनता भोकले मरिरहँदा चामल र खाद्यान्न होइन हतियारको व्यापार गर्दै छ अमेरिका । साम्राज्यवादी देशले हतियार पठाएर युद्ध गराउँछ । ध्वंश र हत्या–हिंसा मच्चाउँछ । यो पुस्तकमा सरल भाषामा यथार्थ अभिव्यक्त गरिएको छ ।
युद्धले डामेको सहर कस्तो हुन्छ ? युद्धले चिथोरेको जीवन कस्तो हुन्छ ? ती सहर र जीवनहरूको कथा पुस्तकमा छ । युक्रेनमा सन् २०१३ नोभेम्बरदेखि जारी युद्धका घटनाहरूबाट प्रभावित जनजीवनका घाउहरू पुस्तकमा छन् । युक्रेनी जनजीवनको वास्तविकताका पृष्ठहरू छन् । सोभियत सङ्घको नेतृत्वको जीवन र वर्तमान जीवनको सघन तुलना पुस्तकमा छ । पुस्तकको अध्याय ४ मा युक्रेनी कम्युनिस्ट सङ्गठक दिमित्री कोभालेभिचले युक्रेनको वास्तविकता उदाङ्गो पारेका छन् । उनी भन्छन्— “सोभियत संघको विघटनपछि प्रत्येक युक्रेनी सरकारले नवनाजी विचारधारालाई मलजल गर्दै आएका छन् ।” तत्कालीन सोभियत सङ्घमा निःशुल्क स्वास्थ्य सेवा, शिक्षा, कामदारहरूको लागि निःशुल्क आवासको बन्दोबस्त, निःशुल्क घुमघामको बन्दोबस्त थियो । खाना, ग्यास, बिजुली र सार्वजनिक यातायातको शुल्क नगण्य थियो । जनताको यो सोभियत स्मरण या छाप मेटाउन युक्रेनी सरकारले व्यवस्थित रूपमा अन्धराष्ट्रवादी र नवनाजी समूह बाहिर ल्याएको सत्य उनले खुलाएकी छिन् । जेलेन्स्कीले यो प्रवृत्तिलाई बढावा दिँदै छ । कम्युनिस्टहरू लखेटिँदै छन् । नवनाजी विरोधी कम्युनिस्टहरू रुस र डोनबासतिर बसाइ सर्न बाध्य छन् । त्यहाँ लेनिनका शालिक मात्र ढालिँदै छैन रुसीहरूको हत्या गर्दै छ जेलेन्स्की सरकार । यसबाट पश्चिमी शक्ति फाइदा उठाउँदै छ । कोभानोभसँग लिइएको अन्तर्वार्तामा युक्रेन युुद्ध अपराध र मानवअधिकार उल्लङ्घन, आर्थिक दुर्दशा र दुःखका पानाहरू पल्टाइएका छन् ।
युरो मैदान विद्रोह, संरा अमेरिका र युरोपेली युनियनले गराएको रङ्गिन विद्रोहको वास्तविकता पुस्तकमा छ । प्रजातन्त्रको नाममा युक्रेनमा पश्चिमले कसरी आतङ्क मचाउँदै छ भन्ने शब्दचित्र छ । १० वर्षसम्म लगातार डोनबासका सहरहरूमा बमबारी गरियो र नियोजित रूपमा ती सहरहरूलाई ध्वस्त पारियो । जेलेन्स्की र उनको दलले समाधानको बाटो खोजेन बरु पश्चिमी कर्पोरेशन र तिनका व्यवस्थापकहरूको क्षेत्रीय कार्यालयको भूमिका खेल्यो । रुस र युक्रेन एक अर्कोसँग भौगोलिकरूपमा मात्र होइन भाषा जाति र सांस्कृतिकरूपमै जोडिएको छ । रुसमा युक्रेनी र युक्रेनमा रुसका प्रवासीहरू छ । रुसी सेनामा कम्तीमा २५ प्रतिशत सैनिक युक्रेनी छन् । तर पुस्तकमा लेखिएको छ— “युक्रेनको सूचना नीति बेलायतले तय गर्छ । उसको आर्थिक नीति संरा अमेरिकाले तय गर्छ । युक्रेनी राष्ट्र बैङ्कको सर्भर अमेरिकामै छ । कर र मालसामानको मूल्य अन्तर्राष्ट्रिय मुद्राकोषले निर्धारण गर्छ । सेना र प्रहरीलाई नेटो देशहरूले खर्च दिन्छन् ।” यद्यपि, जेलेन्स्कीले युक्रेनको प्रजातन्त्र, स्वतन्त्रताको फलाकोबाजी गर्न छोडेको छैन ।
सन् २०१४ तिरबाटै युक्रेनमा उद्योगहरू पातलिँदै थिए । युक्रेनी युवा रोजगारीका लागि रुस र पोल्याण्डका खानीहरूमा जान्थे । युक्रेनमा जनशक्तिको हाहाकार छ । मजदुरको ज्याला कम, मुद्रास्फिति धेरै त्यसमाथि ग्यास, बिजुली र मट्टीतेलमा पनि भारी कर असुल्दा युक्रेनी जनताको जीवन कष्टकर बन्दै गयो । युक्रेनमा राम्रो तलब आउने एउटै रोजगारी सेना हो । त्यो पनि संरा अमेरिका र नेटोको पकडमा छ । अरबौँ ऋणमा डुबेको छ युक्रेन । युक्रेनको ऋण त्यहाँको कुल गार्हस्थ उत्पादन या आम्दानीभन्दा ज्यादा छ । संरा अमेरिका, बेलायत र बहुराष्ट्रिय कम्पनीहरूले युक्रेनलाई यो आर्थिक दुरावस्थामा पु¥याएको तथ्य पुस्तकले खुलाएको छ ।
पुस्तकमा तत्कालीन सोभियत समाजवादी युक्रेनको किभमा जन्मेर सोभियत सङ्घमा हुर्केका आलेग यासिन्स्कीको स्मृतिका पानाहरू समेटिएका छन् । उनले चे ग्वेभाराका छोरा क्यामिलो ग्वेभारासँगको कुराकानीलाई जोड्दै सोभियत समाजवादका सुन्दर सम्झनाहरू लेखेका छन् ।
युक्रेनमा यतिबेला ठूलो वर्गीय भेद छ । युद्धमा होमिने अधिकांश गरिब युक्रेनी जनता छन् । लडाइँको समयमा जीवनमरणको बाजी थाप्न तल्लो वर्गका जनता या युवालाई अघि सारिन्छ । माथिल्ला या धनी वर्गका नौजवानहरूलाई फर्जी कागजपत्र बनाएर युरोपेली मुलुक वा अन्यत्र भाग्न घुस दिने चलन युक्रेनमा छ । धनी युवा घुस दिएर भाग्छन् । युद्धमा गरिबकै सन्तान मारिन्छन् । सेनाभित्र घुस लिने छुटले सैनिक नेताहरू जमिन्दार या पुँजीपतिवर्गमा उक्लिँदै छन् । हुनेखाने वर्गको परिवार सुरक्षित र मजदुरी गरेर खानुपर्ने जनताको परिवारले सधंै युद्धको पीडा सहनुपर्ने अवस्था कहालीलाग्दो छ ।
निरन्तरको युद्धले युक्रेनमा सर्वत्र चिहानहरू भेटिन्छन् । मारिएका सैनिकका लासले चिहान भरिँदै छ । पुस्तकमा एउटा तथ्याङ्क छ – अप्रिलको अन्त्यमा मात्र १०० हेक्टर जमिन चिहानका लागि छुट्याइयो । त्यहाँ ५० हजार लास गाड्न सकिने जनाइएको छ
र यसमा निमुखा गरिब युक्रेनी जनता पर्नेछन् । आर्थिक मन्दी या सङ्कट चरम अवस्थामा पुगेको छ । युद्धपछि भोक र महामारीको सम्भावना बढ्दो छ । यो दुःख रुसको कारणले होइन बरु रुस त संरा अमेरिका र नेटोको सैन्य आक्रमण र हमलाविरुद्ध सङ्घर्ष गर्दै छ । संरा अमेरिका र युरोपको नाकाबन्दी सामना गर्न पर्दा पनि युक्रेनलाई पठाउने ग्यास र तेल रुसले रोकेको छैन ।
युक्रेनको अर्को समस्या जनसङ्ख्या घट्नु र वृद्धवृद्धाको सङ्ख्या बढ्नुु हो । श्रम र रोजगारीको सुनिश्चितता छैन । सामाजिक सुरक्षा छैन । युद्ध अघि नै युक्रेनको ज्याला दर युरोपकै न्यून थियो । राम्रो काम र ज्यालाका लागि युवाहरू युरोप जाने युद्धपूर्वकै समस्या थियो । युद्धकै कारण मात्र ६० लाख मानिसले देश छोडेका छन् । तीमध्ये प्रायः महिला छन् । देश छोड्नेमध्ये धेरैजना उच्च ज्याला पाइने, कानुनको पालना हुने, घर र शिशुशालाहरू सस्तो भएका देशहरूमा जाँदै छन् । युद्ध नरोकिने हो भने युक्रेन राजनीतिक रूपमा मात्र होइन आर्थिक तथा सामाजिक रूपमा समेत पतनको स्थितिमा जाने र वर्गीय अन्तरविरोध बढ्ने सम्भावना पुस्तकले औँल्याएको छ । युक्रेन युद्धले २०३३ सम्म ५५ प्रतिशत युक्रेनी जनतालाई गरिबीको रेखामुनि पु¥याउने र १० लाखभन्दा बढी युवा रोजगारीका लागि विदेश जाने प्रक्षेपण गरिएको छ ।
युक्रेनमा रुसको सामाजिक तथा आर्थिक प्रभाव रोक्न राज्यले हरसम्भव प्रयत्न ग¥यो । युक्रेनको बुचा सहरमा नियोजित नरसंहार त्यसैको सिलसिला थियो । तर ३०० जना सर्वसाधारणको हत्याको दोष रुसमाथि थोप्ने अपराध ग¥यो । यो युक्रेनी नाजीवादीहरूको अपराध थियो । पश्चिमा मिडिया भने लगातार रुसविरुद्ध प्रचार युद्ध गर्न थाकेको छैन ।
पुस्तकमा लारिसाले भोगेको कहालीलाग्दो युद्ध र युक्रेनी आतङ्कको अनुभव छापिएको छ । खार्कोभ सहरका प्रहरी अधिकारी लारिसालाई एसबीयूले गुप्त कालकोठरीमा ३ महिनासम्म घिनलाग्दो यातना दिइएको थियो । २०१६ पछि दोनेत्स्कमा शरणार्थी बनेकी छिन् । युक्रेनमा भइरहेको ज्यादतीविरुद्ध उभिनुलाई उनले आप्mनो कर्तव्य ठानिन् । रुसविरुद्ध युद्ध या द्वन्द्व भड्काउनु आप्mनै संस्कृति र सभ्यताविरुद्धको लडाइँ ठान्थिन् उनी । उनको यही विचारका कारण उनी एसबीयुको तारो बनिन् । डोनबासका सहरहरूमा युक्रेनी बमबारीका कारण भोकमरी थियो । लुगा कपडा, औषधी खाना थिएन । भोकले छटपटिएर मर्नेहरूलाई देखेका उनले युक्रेन सरकारविरुद्ध आवाज नउठाई कसरी बस्न सक्थिन् ? त्यही कारण उनलाई एसबीयुले समात्यो । नर्कको यातना, छोरा, नातिको विषयमा ब्ल्याकमेलिङ र कालकोठरीको बास उनले भोग्न पर्यो ।
उनलाई ३७ घण्टासम्म सोधपुछ गरियो । सुत्न दिइएन । दुव्र्यवहार गरियो । छोरा समातियो । घण्टौँसम्म आप्mनो आँखासामु छोरालाई बर्बरतापूर्वक कुटपिट गरियो । रगतले लट्पटिने गरी कुटे, करङको हड्डी र हातसमेत भाँचे । एउटी आमाको लागि त्यो जति पीडादायी अरू के होला ? उनलाई लगिएको जेलमा बन्दीलाई दिइने खाना पशुलाई दिइनेभन्दा तल्लोस्तरको थियो । ८४ वर्षीय आमा र १२ वर्षीय छोरा समेतलाई नछोड्ने धम्की उनले सामना गरिन् । प्रजातन्त्र भएको देश हो भने के राजनीतिक विचार फरक भएकै कारण यस्तो सासना दिइन्छ ? युक्रेन दमनको बाटोमा छ, हिटलर र मुसोलिनीको फासीवाद वा नाजीवादी बाटोमा छ । जनतामाथि निर्मम, बर्बर र हिंस्रक बन्दै छ राज्य । उनी युक्रेनबाट भागी मस्को गइन् । आफ्नो जन्मथलो या माटोबाट भाग्नुपर्ने परिस्थिति युक्रेन सरकार खडा गर्दै छ । लारिसाको यो मार्मिक कथा एउटा प्रतिनिधि कथा मात्र हो । यस्ता थुप्रै सन्दर्भहरू पुस्तकमा पढ्न पाइन्छ ।
पुस्तकमा फाइना साभेन्कोभाको जीवन अर्को मार्मिक कथा हो । बाल मनोविज्ञानमा युद्ध के हो भन्ने बुभ्mन पुस्तकले सघाउँछ । फाइना आठ वर्षदेखि युद्धका विभत्स घटना र कर्कश ध्वनिका प्रत्यक्षदर्शी हुन् । उनले ५ वर्षको उमेरदेखि युद्ध देखिन् । १० वर्षदेखि युद्धको विषयमा लेख्दै आएकी छिन् । युद्धले धुजाधुजा भएको आपूm बस्ने डोनबासका अन्य बालबालिकाको दुर्दशाबारे संसारलाई बताउन लेख्दै छिन् । फाइनाका लागि युद्ध मानसिक यातना हो । आठ वर्षदेखि युक्रेनले डोनबासमा सर्वसाधारणको हत्या गरिरहेको उनले देखेका छन् । युक्रेनको हातमा हतियार थमाउनुलाई उनले संरा अमेरिका र नेटोले पुरै देशलाई मृत्युको मुखमा धकेलेको भनेकी छिन् । युक्रेनमा बढ्दो हिटलरको नाजीवादी प्रवृत्ति र साम्राज्यवादी चलखेलविरुद्ध १५ वर्षकी फाइनाको स्पष्ट अडान गज्जबको छ । उनले अमेरिकी मित्रहरूको नाममा पठाएको पत्रले उनको साहस प्रतिबिम्बित हुन्छ । उनी युद्धको विपक्ष र शान्तिको पक्षमा, आपूm र आपूmजस्ता बालबालिकाको शान्तिपूर्ण र सुन्दर भविष्यको पक्षमा लेख्दै छिन् ।
रुसी पुस्तकमाथि प्रतिबन्ध लगाउन युक्रेनी सरकारको अर्को ज्यादती हो । रुसी मूलका जनताको बाहुल्य रहेको डोनबास र युक्रेनमा रुसी साहित्य, भाषा, संस्कृतिमाथिको प्रतिबन्ध फासीवादी व्यवहार नभएर के हो ? यो पुस्तकले प्रश्न गरेको छ ।
युक्रेन बालबालिकाविहीन देश बन्दै छ । जन्मिनेभन्दा मर्ने युक्रेनीको सङ्ख्या बढी छन् । १८ हजार बच्चा जन्मिँदा मारिने ५७ हजार भए, जन्मिनेभन्दा मर्नेहरू तीन गुणा बढी । जवानीमै ज्यान गुमाएका २ लाख छोराछोरी रहेको तथ्याङ्क छ । रोगको सङ्क्रमण बढेको (ज्क्ष्ख्, ब्क्ष्म्क्, त्द्य, हेपाटाइटिस बी) छ । डोनबासमा १९४० को जातीय सफायादेखि आजसम्मको हत्या, बलात्कार, यातना, लुटपाट र ठगी नवनाजी चरित्र नै हो । युक्रेनी जनताको मृत्युमा संरा अमेरिकाको साथ छ । युक्रेन घुसखोरी र भ्रष्टाचारको अखडा बन्दै छ । भ्रष्टाचार हुँदा हुँदै पनि युरोपेली युनियन, अमेरिका, मुद्रा कोषलगायतले युक्रेनमा अरबौँ बगाउनु पछिको स्वार्थ बुभ्mन पुस्तकले सघाउँछ । पुस्तकमा लेखिएको छ— ‘लड्ने मान्छे सक्किए पछि पनि युद्ध बन्द हुनुहुन्न । हतियार नभएर युद्ध बन्द हुनुपर्छ । यसर्थ जनता संरा अमेरिका या पश्चिमले हतियार पठाउन बन्द गरोस् भन्ने चाहन्छ ।’
पाँच खण्डमा विभक्त यस पुस्तक पठनीय मात्र होइन सङ्ग्रहणीयसमेत छ । पुस्तकको गाताको थिम या सन्देश र साजसज्जामा थप मेहनत परेको भए सुनमाथि सुगन्ध हुने थियो । यस पुस्तकको प्रकाशक र सरल भाषानुवादका लागि साधुवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *