चीनको गरिबीविरुद्धको लडाइँमा विजयको एउटा कथा–२
- श्रावण ११, २०८३
मुद्रास्फिति के हो ? सन् १९४९ पछिको चीनले मुद्रास्फितिविरुद्धको लडाइँ कसरी जित्यो ? आजको विश्व अर्थतन्त्र मुद्रास्फितिको सिकार भइरहँदा चीन त्यो जटिल समस्याबाट निकै टाढा छ, किन ? अनि कसरी ? यी प्रश्नहरूको जवाफ र जानकारी पुस्तक “Why China has no Inflation” मा भेटिन्छ । यो पुस्तक आजभन्दा ४६ वर्षअघि प्रकाशित भएको हो । यद्यपि, यस पुस्तकले पुँजीवादी अर्थव्यवस्था र समाजवादी अर्थव्यवस्थामा वित्तीय र मौद्रिक नीतिको भिन्नता बुझ्न सघाउँछ । त्यति मात्र होइन चिनियाँ क्रान्ति या मुक्ति अघि र पछिको चिनियाँ अर्थतन्त्र र मुद्रास्फितिको तुलनात्मक अवस्था बुभ्mन पुस्तक निकै पठनीय छ । नेपाल जस्तो सानो र मुद्रास्फितिले अति गाँजेको अर्थतन्त्रको विकास या समाधानको बाटो खोज्न चीनमा आर्थिक विकासको इतिहासले पक्कै सघाउला । आजको चीनको उचाइ भेट्न नसके पनि चीनको इतिहासतिर फर्केर ऊर्जा या मार्गदर्शन प्राप्त गर्न सकिन्छ । मुक्ति या क्रान्ति अघिको चीनको आर्थिक अवस्था र नेपालको अहिलेको अवस्था तुलना गर्दा उस्तै अनुभव हुन्छ । यसर्थ नेपालको अर्थतन्त्रको तुलनात्मक अध्ययनका लागि पनि उक्त पुस्तक सहयोगी हुनेछ ।
पुस्तकले मुद्रास्फिति पुँजीवादी बजार अर्थतन्त्रको महारोग हो भन्ने तथ्यसङ्गत पुष्टि गर्दछ । एउटा समाजवादी अर्थतन्त्रमा मुद्रास्फितिविरुद्ध गरिने हरसम्भव प्रयासहरू अर्थात्् आर्थिक राजनीतिक प्रयत्नहरूको झलक पुस्तकले दिन्छ । वास्तवमा मुद्रास्फिति भन्नाले लामो समयावधिसम्म वस्तु र सेवाको लगातार मूल्यवृद्धि हुने अवस्थालाई बुझाउँछ । त्यति मात्र होइन यसले जनताको क्रयशक्ति कमजोर बनाउँछ । अर्थतन्त्रमा सङ्कुचन ल्याउँछ । मुद्रास्फितिले विनिमयकोे माध्यमको वास्तविक मूल्यमा ¥हास ल्याउँछ । अर्थात्् कुनै पनि मुद्राको मूल्य घटाउँछ । मोटो रकमले न्यूनतम सामग्री पनि किन्न नसकिने अवस्था नै मुद्रास्फितिको अवस्था हो । यसर्थ मूल्यवृद्धि र मुद्रास्फिति एउटै होइन । मूल्यवृद्धि छोटो समयका लागि वस्तुको मूल्यमा हुने वृद्धि हो भने मुद्रास्फिति मुद्राको मूल्यमा आउने क्रमिक ह्रास हो । यसले मानिसको जीवन कष्टपूर्ण बनाउँछ । बेरोजगारी र लुटपाटको अवस्था खडा गर्छ ।
अहिले विश्व अर्थतन्त्र मुद्रास्फितिको महारोगबाट पीडित छ । पुँजीवादी अर्थतन्त्र अर्थात् पश्चिम आप्mनै अर्थनीति र युद्धहरूको कारण असुरक्षित छ । विश्वमा आप्mनो साम्राज्य बनाएको डलरको मूल्य घट्दै छ । संसार ‘डिडलराइजेसन’ तर्फ जाँदै छ । अर्थात्् डलरको प्रभुत्व अन्त्य हुँदै छ । यसो हुनुको पछाडि पश्चिमी अर्थतन्त्रमा मुद्रास्फितिको प्रभाव एक हो । चीन भने विगत ८÷९ दशकदेखि निरन्तर मुद्रास्फितिको समस्याबाट मुक्त छ । आजको विश्वमा चिनियाँ मुद्रा आरएमबी (च्ःद्य) को मूल्य बढ्दै छ । चीन आपैंm आरएमबीको मूल्य बढाउने र तोक्ने होडमा कहिल्यै लागेन । अर्थतन्त्रलाई स्वतन्त्र र आत्मनिर्भर बनाउन र जनताको क्रयशक्ति बढाई सहज र सुखी जीवनयापनमा जोड नै चीनको ध्येय थियो । चीनमा समाजवादी अर्थतन्त्रको आधार र नयाँ चीनको प्रारम्भिक वित्तीय र मौद्रिक प्रणालीबारे बुभ्mन यो पुस्तक जो कोहीका लागि सन्दर्भ सामग्री हुन सक्दछ ।
यस पुस्तक खोज तथा अनुसन्धानमा आधारित छ । कारखाना र खेत खलिहानका मजदुर र किसानको आय व्ययको अध्ययन अर्थात् सन् १९६५ देखि १९७५ (१० वर्ष) को अध्ययन गर्दा वस्तु र सेवाको मूल्यमा कुनै परिवर्तन नभएको तथ्य उजागर गरिएको छ । जनतालाई अत्यावश्यक पर्ने चामल, गहुँ, दाल, औषधी तरकारीहरूमा पटक्कै मूल्यवृद्धि नभएको रेखाचित्रले साँचै नै चमत्कारको अनुभव गराउँछ । त्यति मात्र होइन सस्तो भाडा र किसानमाथि न्यूनतम करको नीति गज्जबको थियो । सरकारले व्यवसायका लागि बैङ्कबाटै कम ब्याजमा ऋण दिन थालेपछि जमिन्दार र ठालूहरूले किसान ठग्ने कुरै भएन । जनताले बचतमा जोड दिन थाले । जीवनयापनको लागत या मूल्य निकै कम भएपछि बचत बढ्न थाल्यो । डलरसँग युआनको विनिमय पुनः सुरु भयो । युआन अर्थात् आरएमबीको गौरब एउटा शताब्दीपछि पुनः फर्कियो । यसको मुख्य कारण चीनको घरेलु बजार र मुद्रास्फिति अन्त्य नै थियो । यो चिनियाँ क्रान्ति या मुक्तिपछिको विकासक्रम थियो । उपनिवेश, साम्राज्यवाद र सामन्तवादका युद्धहरूले थिलथिलो पारेको चीनको अर्थतन्त्रलाई उठाउन र गति दिन त्यति सजिलो थिएन भन्ने एक झल्को यस पुस्तकले पनि दिन्छ । आप्mनो गुमेको गौरव फर्काउन चीनले गरेका क्रान्तिपछिका क्रान्तिहरूमध्ये विश्व बजारमा आप्mनो मुद्राको मूल्य स्थापित गर्नु पनि उल्लेखनीय उपलब्धि थियो । केही दशकमा चीन सफल भएको दृश्य पुस्तकले प्रस्तुत गर्दछ ।
“मुक्तिअघि अर्थात् बितेको मध्यअवधिमा चीनको मुद्रास्फितिको स्थितिको स्मरण पनि दर्दनाक छ”– पुस्तकका लेखक एभलनपगबलन (जकष् यस्तो लेख्छन् । तत्कालीन कोमिन्ताङ सरकार राजनीतिक रूपले कुहिएको र आर्थिक रूपले टाटपल्टेको अवस्थामा थियो । कोमिन्ताङ्ले त्यतिबेला जनताविरुद्धको आपराधिक युद्धहरूले निम्त्याएको वित्तीय मन्दी र घाटा छोप्न असीमित मुद्रा निष्काशन ग¥यो । जुन कालान्तरमा अविवेकी पुष्टि भयो । कोमिन्ताङ सरकारले नयाँ कानुनी टेन्डर मुद्रा, भन्सार सुनको एकाइ, सुन र चाँदीको प्रमाणपत्र बनाई मुद्राको प्रचूरतामा ध्यान दियो । जसले वस्तुको मूल्य दिन दुगुना रात चौगुना पु¥यायो ।
चीनमा मुद्रास्फितिको त्यो अवस्था विश्व इतिहासमै सबैभन्दा खराब थियो । मूल्यवृद्धि दिनप्रतिदिन आकासिँदो थियो । एक गेडा चामलको मूल्य सय युुआन, एक इन्च कपडाको मूल्य १५० हजार युआन, खाना पकाउने कोइलाको मूल्य रकेटको वेगमा वृद्धि भइरहेको थियो । चिनियाँ जीवन कष्टकर मात्र होइन नारकीय बन्दै थियो ।
पुस्तकको तथ्याङ्कअनुसार सन् १९३७ देखि सन् १९४९ सम्म जापानी आक्रमणको १२ वर्षमा मात्र कोमिन्ताङ सरकारले १ खर्ब ४० अर्ब गुणा बढी बैङ्क नोटहरू जारी ग¥यो । त्यो अवधिको अन्त्यसम्ममा सन् १९३७ मा एक युआनबाट प्राप्त हुने सामानको मूल्य ८५ खर्ब पर्न गयो । विश्व इतिहासमा यस्तो कहिल्यै भएको थिएन । गाउँहरूमा चामल, कपडाको लागि आप्mनो घर जग्गा बन्धकी राख्न थालियो । अत्यावश्यक खानेकुरा जुटाउनको लागि आप्mनो जमिन गुमाउनुपर्ने निर्मम मुद्रास्फिति थियो, त्यो । त्यति मात्र होइन सरकारले जमिन र घर नभएका गरिब जनतालाई ऋण लिन बाध्य पा¥यो । त्यसले एकातिर चिनियाँ जनताको जीवन अझ दयनीय बनायो भने अर्कोतिर चिनियाँ मुद्राको मूल्य घट्यो । विश्व बजारमा चिनियाँ मुद्राको अस्तित्व समाप्त पा¥यो ।
प्रतिक्रियावादी कोमिन्ताङ सरकारले चिनियाँ जनताको सम्पत्ति हडपेर १ खर्ब ५० अर्ब बराबरको चाँदीको डलर १२ वर्षमा मात्रै किन्यो । मुद्रास्फितिले मुठ्ठिभरका व्यापारी पुँजीपतिलाई फाइदा ग¥यो । तिनले सुन र चाँदी थुपार्न थाले । मुद्रास्फिति मूल्यवृद्धिसँगै कामदार मजदुरको ज्याला नबढ्ने र काम गुमाउनुपर्ने अवस्था पनि हो । यसरी तत्कालीन परिस्थितिमा चिनियाँ जनताको दयनीय अवस्था पुस्तकमा उजागर गरिएको छ ।
जनगणतन्त्र चीनको स्थापना र अध्यक्ष माओ नेतृत्वको चिनियाँ क्रान्तिको सफलता चिनियाँ सपना थियो । क्रान्तिले मात्र प्रतिक्रियावादी कोमिन्ताङ सरकार र जापानी उपनिवेशको दबदबा अन्त्य हुनेमा चिनियाँ जनता विश्वस्त थिए । नभन्दै क्रान्तिपछि नयाँ चीनको नयाँ सरकार अर्थात् चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले आर्थिक समस्या समाधानमा विशेष जोड दियो । सबैको एउटै आवाज थियो –“मुद्रास्फिति अन्त्य गर्नुपर्छ ।” तर साम्राज्यवादी र प्रतिक्रियावादीहरू ढुक्कसँग भन्दै थिए मुद्रास्फिति समाधान हुन सक्दैन ।” चीनमा सर्वहारावर्गको अधिनायकत्व स्थापनाका लागि अभियानहरू थालिए । विद्यमान समस्या र अवरोधहरू पन्छाउने आन्दोलन थालिए । साङ्घाई मुक्तिपछि पनि दलालहरूले सडक–सडकमा “चाँदीका लागि सुन”, “हरियो नोटका लागि चाँदी” भन्दै व्यापार गर्न छाडेका थिएनन् । चिनियाँ कम्युनिस्ट पार्टीको सरकारका लागि पहिलो चुनौती त्यही थियो । सुन र चाँदीका सिक्काहरू र विदेशी मुद्राको बेचबिखन र सञ्चालनमा रोक लगाइयो । आरएमबी र युआन मात्रै चिनियाँ बजार विनिमयको माध्यम हुन सक्दछ भन्ने ऐलान गरियो । लामो समयका लागि अखबारहरूको हेडलाइन थियो –“चाँदीका डलरका डिलरहरू समाप्त पारौँ ।” “चिनियाँ मुद्राका सट्टाबाजीहरू लखेटौँ ।” जनता सडकमा ‘सपोर्ट आरएमबी’ को प्लेकार्ड लिएर परेड गरिरहेका फोटाहरू छापिन थाले । तर, फेरि पनि स्टक विनिमय बजारका मालिकहरू विदेशी मुद्रा र सुनचाँदीका डलरहरू विस्थापित गर्न तयार भएनन् । साङ्घाईमा मात्र ३०० ब्रोकरहरू त्यहाँका नोकरशाही पुँजीपतिहरूको मुठ्ठीमा थिए । सयौँ जुवाडे तिनले पालेका थिए । साङ्घाई सरकारले तुरुन्तै सम्पूर्ण मुद्राको सट्टाबाजी गर्ने संस्था या फर्महरू बन्द गर्न आदेश दियो । सबैभन्दा महत्वपूर्ण कुरा मुद्रास्फितिविरुद्ध सामान अर्थात् अन्न, कपडा, कोइला, नुनलगायत उद्योगका लागि कच्चापदार्थहरूको बन्दोवस्तलाई जोड दिइयो । राज्यकेन्द्रित व्यापार व्यवसायलाई खुला गरियो । सयौँ रिटेलरहरूलाई हटाई फिक्स मूल्यमा उपभोक्तासम्म सामग्री पूर्ति गर्ने जिम्मा सरकारले लियो ।
अर्को महत्वपूर्ण पाइला भनेको समान र स्वतन्त्र मौद्रिक प्रणाली स्थापित गर्नु हो । संरा अमेरिकी डलर, ब्रिटिस पाउण्डको साम्राज्य चलिरहेको बेला आरएमबीलाई स्थापित गर्ने प्रयास चीनका लागि सजिलो थिएन । चीनभित्रै साम्राज्यवादी बैङ्कहरूको शासन थियो । विदेशी मुद्रा र विदेशी बैङ्कहरूविरुद्ध चिनियाँ बैङ्क स्थापना क्रान्तिकारी कदम थियो । युआन अर्थात् आरएमबीलाई राष्ट्रिय मुद्राको रूपमा स्थापित गरी विदेशी मुद्रासँग विनिमयको माध्यम बनाइयो र विनिमय दरसमेत निर्धारण गरियो । विनिमय क्रियाकलापलाई चिनियाँ राष्ट्रिय अर्थात्् केन्द्रीय बैङ्कमा केन्द्रित गरियो । यसले चीनलाई पूर्णतः साम्राज्यवादी नियन्त्रणबाट मुक्त ग¥यो । चीनले तत्कालका लागि अर्थतन्त्रलाई बन्द किसिमको गर्नु पछिको कारण यही हुनुपर्छ भन्ने अनुभव पाठकलाई भयो । मुक्तिपछिको चीनमा केही पनि थिएन सबै शून्यबाट सुरु गर्नुपर्ने भएको हुँदा प्रथम प्राथमिकता सार्वभौमिकताको रक्षा नै थियो । विश्व आर्थिक सङ्कटबाट टाढा रहन आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु नै तत्कालीन चीनको प्राथमिकता थियो । आपूm उभिन नसकेसम्म बाहिरी विश्वसँगको प्रतिस्पर्धा सम्भव नहुने सत्य नेपालजस्तो देशले पनि सिक्नुपर्ने हो । चीन पूर्णतः आत्मनिर्भर समाजवादी अर्थतन्त्र निर्माणमा केन्द्रित भयो ।
चीनले अघि बढाएको वित्तीय नीति अर्थात् बजेट नीतिले पनि मुद्रास्फितिविरुद्धको लडाइँ सम्भव भयो । चीनले घाँटी हेरी हाड निल्नुपर्ने तथ्यलाई आप्mनो वित्तीय नीति बनायो । आम्दानीअनुसारको खर्च गर्ने, घाटा बजेट नबनाउने नीति लियो । सन्तुलित बजेट र सन्तुलित विकासको अवधारणा अघि बढाइयो ।
समाजवादी बन्दोबस्त आपैंmमा जनताको सुखको व्यवस्था हो । चिनियाँ सरकारले मुद्राको क्रयशक्ति वस्तुको आपूर्तिका आधारमा निर्धारण ग¥यो । वस्तुको आपूर्ति सरकारको जिम्मेवारी थियो, प्रतिबद्धता थियो । मुद्राको परिसंरचना र वस्तुको आपूर्तिबिचको सन्तुलनले मुद्रास्फिति रोक्छ । तर, मुद्राको मूल्य भने स्थिर हुनुपर्छ । पुँजीवादी व्यवस्थामा उत्पादनका साधनहरू व्यक्तिको नाममा, पुँजीपतिको हातमा हुन्छ । त्यस्तै गरी वस्तुको आपूर्ति पनि पुँजीपतिकै नियन्त्रणमा हुन्छ । त्यसकारण, अधिकतम नाफाको लागि वस्तुको मूल्यमा एकाधिकार खडा गर्छ । अधिकतम नाफाको स्रोत श्रमशोषणसँगै वस्तुको चर्को मूल्य नै हो । त्यसकारण भनिएको हो, मुद्रास्फिति पुँजीवादको महारोग हो ।
यसको ठिक विपरीत चीनमा अध्यक्ष माओको नेतृत्वमा उत्पादनका साधनहरू सामाजिकीकरण गरियो । त्यतिमात्र होइन आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ‘तीन ठूला पहाडहरू’ को सिद्धान्त अघि सार्नुभयो । कृषिको समाजवादी रूपान्तरण, सम्पूर्ण हस्तकला र साना उद्योगहरूको समाजवादी रूपान्तरण, व्यक्तिगत नामका इन्टरप्राइजेज र उद्योगहरू सामाजिकीकरणको अभियान अघि बढाइयो । व्यक्तिगत नियन्त्रणबाट सामूहिक सञ्चालनको नीतिले बहुसङ्ख्यक चिनियाँ जनताको भाग्य बदल्यो । यो नै समाजवादी अर्थव्यवस्था निर्माणको आधार सावित भयो । चीनले उत्पादनलाई बढी जोड दियो । वस्तुको उपलब्धता र प्रचूरतामा ध्यान दियो । आरएमबीको मूल्यमा वैदेशिक मुद्रा सञ्चितिमा पनि ध्यान दियो । कृषि र औद्योगिक उत्पादन नै त्यसको आधार थियो । चीनको एउटै नारा थियो “कृषिलाई आधार बनाऊ । उद्योगले अर्थतन्त्रको नेतृत्व गर्नेछ । आपूर्तिको ग्यारेन्टी तब सम्भव हुनेछ ।” नभन्दै १९६४ बाट १९७४ सम्म अर्थतन्त्र तीन गुणाले ठूलो भयो ।
मुद्राको परिसंरचना अर्थात् सर्कुलेसन योजनाबद्ध थियो । समाजको क्रयशक्ति र वस्तुको आपूर्ति र मुद्राको सर्कुलेसनबिच सन्तुलनका लागि केन्द्रीकृत प्रयास भयो । आरएमबी जारी गर्ने अधिकार राष्ट्र बैङ्कलाई मात्र थियो । मुद्रा परिसंरचनाको नियन्त्रणका लागि राज्यले सम्पूर्ण एजेन्सी, संस्था, प्mयाक्ट्री र इन्टरप्राइजेजहरूले केही हाते रकम छोडेर सम्पूर्ण रकम बैङ्कमा डिपोजिट गर्नुपर्ने नियम बनायो । यसले बैङ्कमा तरलताको समस्या पनि आएन त्यस्तै बजारमा मुद्राको प्रचूरता पनि देखिएन । ठूला कारोबारहरू बैङ्कबाटै गर्नुपर्ने नियम बनाइयो । जस्तै ज्याला, फर्मको उत्पादनलाई भुक्तानी, सरकारी र सार्वजनिक निकायको खर्च, राज्यका अनुदान र ऋणको भुक्तानी राज्यनियन्त्रित बैङ्कबाटै हुनुपर्ने नियम थियो । यसले गर्दा सामाजिक क्रयशक्तिको आँकलन पनि सहज भयो । यदि बजारमा मुद्रा केही बढी आपूर्ति भयो भने राज्यले तुरुन्तै वस्तुको आपूर्ति बढाउने तर वस्तुको आपूर्तिभन्दा मूद्राको आपूर्ति धेरै नगर्ने नीति गज्जबको थियो ।
त्यतिमात्र होइन एकरूपतासहितको मूल्य व्यवस्थापन समाजवादी चीनको विशेषता बन्यो । उत्पादनमा अतिरिक्त मूल्यको सिद्धान्त कार्ल माक्र्सको हो । माक्र्सको त्यही अतिरिक्त मूल्य पुँजीपतिहरूको नाफा हो । वस्तुको मागअनुसार पूर्ति नहँुदा वस्तुको मूल्यवृद्धि हुने अर्थशास्त्रको नियम र अतिरिक्त मूल्यको सिद्धान्तलाई बुझेर चीनले घरेलु श्रमबजार र वस्तुबजारको सन्तुलन कायम ग¥यो । उत्पादनका लागि योजनाबद्ध वित्तीय नीति अबलम्बन ग¥यो । कृषि उत्पादनको बजार राज्यकै दायित्वको रूपमा लिई व्यवस्थापन ग¥यो । जसले बिचौलियाको समस्या समाप्त ग¥यो । वस्तुको मूल्य राज्यले निर्धारण गरेपछि कृषक मारमा परेनन् । वस्तु बजारमा माग र पूर्तिको सन्तुलन कायम गरियो ।
समीक्षा गर्दा क्रान्तिपूर्वको सामन्तवादी चिनियाँ राज्य हातहतियार र युद्धसामग्री जोहमा बढी ध्यान दिन्थ्यो । त्यसकारण, जनताका आवश्यकता प्राथमिकतामा परेन । उल्टै जमिनदार र विदेशी पिछलग्गूबाट जनता शोषणमा परे । हातहतियारको खर्चका लागि वस्तुको मूल्यवृद्धि र श्रमिकमाथि शोषणले पराकाष्ठा नाघेको थियो । त्यतिमात्र होइन साम्राज्यवादी र उपनिवेशवादी शक्तिहरूलाई सघाउन सुन चाँदीका सिक्काहरू प्रदान गथ्र्यो । त्यसको ठिक विपरीत क्रान्तिपछि हातहतियारमा खर्च न्यूनीकरण गरियो । त्यही रकम उद्योग स्थापनामा लगाइयो । नभन्दै सन् १९६४ देखि १० वर्षमा ११०० वटा ठूला र मध्यम खालका उद्योग स्थापना गरियो । ठूलो बजेट समाजवादी अर्थतन्त्र, संस्कृति र शिक्षामा लगानी गरियो । मुक्ति पछिका आर्थिक वर्षहरूमा नाफा बजेटहरू तयार भयो । क्रेडिट सन्तुलन महत्वपूर्ण मौद्रिक नीति साबित भयो । घरेलु र विदेशी बजारबिच भिन्नता खडा गर्याे । स्वदेशी सामग्रीको मूल्य अत्यन्त कम र विदेशी सामग्रीको मूल्य बढी हुँदा घरेलु बजार फस्तायो । त्यतिमात्र होइन आत्मनिर्भर समाजवादी अर्थतन्त्रको आधार तयार भयो । आरएमबीको मूल्य स्थिरताले चिनियाँ जनताको जीवनयापन प्रतिविम्बित गर्छ ।
यस पुस्तकले चिनियाँ मुद्राको स्थिरताको आधार उजिल्याउँछ । साथै मुद्राको मूल्यवृद्धिभन्दा जनताको आवश्यकता पूर्ति र क्रयशक्ति विकासलाई चीनले जोड दिएको तथ्य उजागर गर्छ । त्यही विशेषताले चीन बाहिरी विश्वसँग प्रतिस्पर्धाको निम्ति तयार भयो र आज विश्व अर्थतन्त्रको नेतृत्वसमेत चुपचाप गर्दै छ । यो शताब्दीमा पनि चीन अत्यन्त न्यून मुद्रास्फिति भएको देश हो । मुद्रास्फितिविना नै अर्थतन्त्रको उडान सम्भव छ भन्ने उदाहरण बनेको छ चीन । पुस्तकले यही सन्देश दिन्छ । यसमानेमा पुस्तक अभैm सामयिक, पठनीय एवम् सङ्ग्रहणीयसमेत छ । पुस्तक प्रकाशक अन्तर्राष्ट्रिय भाषा प्रेस पेइचिङलाई साधुवाद ।
Leave a Reply