भर्खरै :

चीनको गरिबीविरुद्धको लडाइँमा विजयको एउटा कथा–२

चीनको गरिबीविरुद्धको लडाइँमा विजयको एउटा कथा–२

हरेक सहरको आप्mनै इतिहास हुन्छ । साथै, सभ्यता हुन्छ, संस्कृति हुन्छ र छुट्टै पहिचान पनि । निङ्त गौंथली जस्तो सानो र चिटिक्क परेको त्यस्तै एउटा सहरको नाम हो । निङ्तको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक महत्वबारे चिनियाँ सरकारका सेवकहरू जानकार थिए । चीनको एउटा सानो काउन्टीमा पनि दशौं हजार चिनियाँहरू बसोबास गर्छन् । ती काउन्टीहरू आज पनि चिनियाँ कम्युनिस्ट पार्टीको वास्तविक जरा अर्थात् जग हो । “जगसम्म पुगेर जनताको सेवा गर” भन्ने शिक्षा युवा पुस्तालाई आज पनि दिइन्छ । अध्यक्ष माओकै समयमा ‘युवाहरू गाउँ जानू’ भन्ने अभियान चलेको थियो । कक्षा १०–१२ सकिएपछि अर्थात् विद्यालय शिक्षापछि अनिवार्य रूपमा गाउँको अनुभव लिने, जनजीवनको अध्ययन गर्ने नीति फलदायी बन्यो । सुन्दर भविष्यका लागि युवाहरूलाई आप्mनो देशको धरातल थाहा हुन जरुरी हुन्छ भन्ने विचार चीनको वास्तविकता बन्यो ।
युवाहरू पार्टीको आशा र भविष्य हुन् । युवा अवस्था ऊर्जाको केन्द्र मात्र होइन नयाँ सोच र विचारहरूको केन्द्र हुने गर्दछ । तर यदि युवाहरूले परिपक्वतासाथ आप्mनो ऊर्जाको उपयोग गरेनन् या असफलता र कमजोरीहरूबाट सिकेनन् भने त्यो ठूलो समस्या बन्न सक्छ । निङ्तजस्ता सहर र काउन्टीहरूमा पठाइँदा युवा अफिसरहरूलाई गरिने अभिमुखीकरणमा यस्तै विचार दिइन्थ्यो । तातै खाऊँ जल्दै मरूँको व्यवहार समाजकै निम्ति ठूलो समस्या बन्न सक्दछ । युवाहरूमा सफलताका लागि आतुरमात्र होइन अधैर्य हुने समस्या पनि छ । जनतामाझ काम गर्न सबैभन्दा पहिला धैर्य जरुरी हुन्छ त्यसकारण धैर्यवान् बन्नू भन्ने मार्गदर्शन नेता सीले युवा अफिसरहरूलाई गर्नुभएको शब्ददृश्य पुस्तकमा छ । “लथालिङ्ग र कसिएका नट्सहरू खोल्न धैर्य चाहिन्छ । जो युवा सफलताको पछि अधैर्य भई कुद्छ ऊ असफलताको खाल्डोमा नराम्ररी खस्न सक्छ” – पुस्तकले यही सन्देश दिन्छ ।
युवा अफिसरहरूसँग ऊर्जा हुँदाहुँदै पनि ती अनुभवले खारिएका हुँदैनन् । त्यसकारण आप्mनो अधिकांश समय जनतामाझ र अनुभवी अग्रजहरूसँग बिताउनुपर्ने हुन्छ । काउन्टी या सहरको वास्तविक समस्याको पिँढसम्म पुग्ने धैर्य हुनुपर्छ । लापरवाही गर्ने छुट कतै हुनुुहुँदैन । युवाहरू परिमाणात्मक परिवर्तनहरूलाई गुणात्मक परिवर्तनमा फेर्न प्रतिबद्ध या लगनशील हुनुपर्छ । आप्mनो काममा लगनसहितको निरन्तरता जरुरी हुन्छ । जसरी पानीका थोपाहरूको निरन्तर हिर्काइले चट्टानमा पनि प्वाल पर्छ त्यसरी नै युवाहरू समर्पित रहनुपर्ने विचार नेता सीको हो । निङ्तमा काम गर्दा बटुलेको अनुभवको सार पनि यही हो ।
युवाहरूको अर्को समस्या भनेको ती विकल्पहरूमा अल्मलिन्छन् । अनुभवविनाको शिक्षाले गलत धारणाको पनि विकास गराउन सक्छ । युवाहरूले कार्ल माक्र्सको भौतिकवादी दृष्टिकोण हुर्काउन जरुरी हुन्छ । कुनैपनि परिस्थितिको भौतिकवादी विश्लेषणविना समस्याको समाधान विध्वंसमा टुङ्गिन सक्दछ । युवाहरूले अनपेक्षित रूपले नीति नै बदल्न सक्छन् । कुनै पनि काउन्टी या सहरको जिम्मेवारी प्राप्त हुनासाथ सतही अध्ययनबाट गरिने निर्णयहरू हानीकारक हुन सक्दछन् । सावधानीपूर्वक लिइने निर्णयले चुनौतिहरू सामना गर्न सघाउँछ । युवाहरूसँग क्षमताभन्दा ज्यादा महत्वाकाङ्क्षा हुँदा त्यसले पनि समस्या निम्तिन्छ । युवा अफिसरहरूको राम्रो शिक्षा र कम व्यावहारिक अनुभवका कारण पनि असफलताको पासोमा पर्ने गर्छन् । त्यसकारण महत्वाकांक्षाभन्दा पनि व्यावहारिक अनुभव र क्षमता अभिवृद्धिमा ध्यान दिन नेता सीले मार्गनिर्देश गर्नुभएको छ ।
काउन्टीहरूमा गरिबी उन्मूलनका निम्ति खटिएका युवा अफिसर र पार्टी विस्तारका निम्ति सक्रिय कार्यकर्ताहरूसँग बलियो सैद्धान्तिक र वैचारिक आधारशीला आवश्यक हुन्छ । त्यति मात्र होइन जनताको सेवा गर्ने जीवनदर्शन र व्यवहार हरेकले सिकेको हुनुपर्र्छ । पार्टीको उद्देश्य र सरकारको लक्ष्यप्रति समर्पित युुवा दस्ताकै कारण आजको चीनमा गरिबी उन्मूलन सम्भव भएको हो भन्ने वास्तविकता बुभ्mन पुस्तकले सघाउँछ ।
किन पार्टी कार्यकर्ता बन्ने ? कस्तो जनसेवक बन्ने ? केका लागि अफिसर बन्ने ? भन्ने प्रश्नको एउटै जवाफ हुन्छ “निःस्वार्थपूर्वक जनताको सेवाका लागि ।” चीनको गर्विलो इतिहास छ । चीन सभ्यताको देश हो । पाँच हजार वर्ष पुरानो सभ्यता र आर्थिक समृद्धि पुनर्जागरणका लागि चीनले लिएको युवा ऊर्जा उपयोगको नीति सफल भएको अनुभव पुस्तकले पनि गराउँछ । युवालाई निःस्वार्थ बन्न र भ्रष्टाचारसँग लड्न सिकाउँदै पार्टी, देश र जनताको सेवालाई प्राथमिकतामा राख्न सिकाउने चिकपा नै हो । नेता माओले भन्नुभएको छ –“चिकपा एउटा त्यस्तो राजनीतिक पार्टी हो जसले देश र जनताको सेवा गर्नुलाई आप्mनो स्वार्थ मान्दछ ।”
पार्टीको सिद्धान्त र अनुशासनमा रहेर पार्टीको निर्देशन पालना गर्ने युवा सुखी हुन्छन् । जनताको सेवा नै सुखको स्रोत हो भन्ने बुझेका युवा सफल हुन्छन् भन्ने विचार नै चीनको सफलताको कारण हो भन्दा उपयुक्त होला । युवाहरू नैतिकवान् हुनुले देशको सुन्दर भविष्यको सङ्केत गर्छ । एकताबद्ध भई काउन्टी र सहरहरूको प्रतिष्ठा या गौरव निर्माणमा लागेका युवाहरूमा द्रब्यमोह हुनुहुँदैन । व्यक्तिवादविरुद्ध सामुहिकतामा जोड दिनुले कुशल नेतृत्वको विकास सम्भव हुन्छ । अफिसरहरूसँग सही गलत छुट्याउन सक्ने गुण आवश्यक हुन्छ । जनतालाई न्याय कानुनले मात्र होइन अफिसरहरूको न्याय गर्ने क्षमताले पनि दिन्छ । कहिलेकाहीँ आप्mनो विवेक र चेतनाको प्रयोग संविधान या कानुनभन्दा माथि हुन्छ । नेता सीले युवा अफिसरहरूलाई आप्mनो अनुभवको आधारमा यसरी मार्गनिर्देश गर्नुभएको अनुभूति पुस्तकबाट मिल्छ ।
कुनै पनि क्षेत्रमा पठाउनुअघि अफिसरको छनोटले निकै ठूलो महत्व राख्छ । लेनिनले भन्नुभएको छ –“मानिसहरूको अध्ययन गर, क्षमतावान कामदारको खोजी गर ।” कुशल व्यक्तिको छनोट आफैमा चुनौतिपूर्ण र कठिन हुने गर्दछ  । प्रतिभाशाली व्यक्ति छान्नु अघि त्यो व्यक्तिको प्रतिभा पहिचान आवश्यक छ । प्रतिभाशाली व्यक्तिसँग नैतिकता, उदारता, क्षमता, उपलब्धिको आकाङ्क्षा जरुरी हुन्छ । अध्यक्ष माओका अनुसार नैतिकवान् बन्नुको अर्थ माक्र्सवाद–लेनिनवादमा निपुण बन्नु, राजनीतिक रूपले दूरदर्शी बन्नु, काममा प्रतिस्पर्धी क्षमता राख्नु, समर्पणको भावना हुनु, समस्यासँग जुभ्mने क्षमता या आत्मबल हुनु, देश, पार्टी र आप्mनो वर्गप्रति इमानदार बन्नु हो । चिनियाँ सरकारको कुशल अफिसर बन्न हरेक पाइलामा परीक्षा दिनुपर्ने हुन्छ । निङ्तका निम्ति त्यस्तै अफिसरहरूको खाँचो थियो । नेतृत्वले आप्mनो समकालीन र तल्लो तहका अफिसरहरूको भावना र प्रतिभा मार्ने काम कदापि गर्नुहुँदैन बरु तिनको प्रतिभा हुर्कने वातावरण दिनुपर्छ भन्ने विचार नेता सीको हो । नेतृत्वले आप्mनो क्षमता अभिवृद्धिका लागि स्वसिकाइमा पनि जोड दिनुपर्छ । पार्टी भावना, मानवीय भावना स्वस्फूर्त आवश्यक हुन्छ । नैतिकता, साहस, मानवीय भावना कम्युुनिस्टहरूको गुण नै हो ।
युवा अफिसरहरूलाई कम्युनिस्ट बन्न र नेतृत्वमा विकास हुन ऊर्जा दिने नेता सीका मन्तव्यहरू निकै पठनीय छन् । सच्चा कम्युनिस्टको साधनाले मात्र पार्टी या सरकारको उद्देश्य पूरा हुन्छ भन्ने कुरा निङ्तको अनुभवबाट थाहा हुन्छ । निङ्तको विकास गाह्रो मात्र थिएन जटिल र चुनौतिपूर्ण थियो । यद्यपि, अफिसर र पार्टी कार्यकर्ताहरूले निङ्तको परिवर्तनलाई आप्mनो उद्देश्य मानेर मेहनतसाथ काम गरेकै कारण निङ्तको मुहार फेरिएको छ । निङ्तका अफिसर, सचिव र जनसेवकहरूले दिनरात नभनी कसरी काम गरे भन्ने दृष्टान्तहरू पुस्तकमा सङ्ग्रहित छन् । समग्रमा चिकपाको पार्टी संरचना र सङ्गठनको तरिकाले पनि चीनमा गरिबी निवारणको उद्देश्य पूरा भयो । सरकारलाई समाजका प्रारम्भिक पार्टी सङ्गठनको सहयोगविना त्यो सम्भव नै थिएन । यो सत्य पुस्तकले उजागर गर्दछ ।
चीनका गरिबीविरुद्धको लडाइँले युवा अफिसर या कार्यकर्ता अर्थात् युवा पुस्तालाई अझ क्रान्तिकारी बन्ने र नेतृत्वको रूपमा तयार हुने अवसर पनि प्रदान गरेको थियो भन्न सकिन्छ । आज चिकपाको नेतृत्वमा हिजो देशका काउन्टीहरूमा गरिबी उन्मूलन र पार्टी सङ्गठन विस्तारका निम्ति काम गरेका पार्टी कार्यकर्ता र अफिसरहरू छन् । यो चीनको निम्ति गौरवको विषय हो । “जनतालाई सदा मनमस्तिष्कमा राख्नु” भन्ने मार्गनिर्देशन पाएका हिजोका युवाहरू आज सिँगो चीनको नेतृत्व गरिरहेका छन् । आज युवाहरूलाई प्रश्न गरिन्छ कम्युनिस्ट पार्टी नै किन ? “प्रथमतः देशलाई मुक्त गर्न, दोस्रो देशलाई समृद्ध बनाउन र सुख प्राप्त गर्न ।” भन्ने जवाफ युवाहरूबाट आउँछ । निङ्तको सफलताको कथा चिकपाले हुर्काएका युवाहरूको प्रतिनिधि कथा हो भन्नुपर्छ । निङ्त जस्ता सयौं सहर र काउन्टीहरूको सफलताको जगमै आजको भब्य चीन उभिएको हो भन्दा अतिशयुक्ति नहोला ।
गाउँहरूले पनि स्वायत्त ढङ्गले सुधार र खुलापनको राष्ट्रिय नीति अवलम्बन गर्यो । जीविकोपार्जनसँग मात्र जोडिएको कृषिलाई ‘बृहत् कृषि’ अर्थात् उद्योगसँग जोडिएको कृषिमा रूपान्तरण गर्ने कुरा एक रातमा सम्भव थिएन । गरिबीदेखि समृद्धिसम्मको यात्राका लागि कृषि औद्योगिकीकरण प्रमुख हतियार बन्यो । विद्युत् आपूर्ति र यातायातको अभावले उत्पादन खेर जाने र निर्यात नहुने समस्या चीनका १८ वटा विपन्न क्षेत्रहरूको साझा समस्या थियो । त्यति मात्र होइन त्यहाँका जनताको ‘गरिब काउन्टी’ भन्ने मानसिकता ठूलो समस्या बन्यो । एउटा गाउँ एकैचोटी सुनको खानी बन्छ भन्ने सोच पनि गलत हो तर गरिबीको मानसिकता सम्पन्नतातर्फको यात्राका निम्ति बाधक बन्न सक्दछ । युवा सी चिङ फिङले मानिसको मानसिकता बदल्न खुबै मेहनत गर्नुभएको थियो भन्ने बुझ्न पुस्तक नपढी हुन्न ।
निङ्तलाई वृहत् कृषि क्षेत्र बनाउने र त्यहीबाट कच्चापदार्थदेखि अन्तिम वस्तु निर्यात गर्ने आर्थिक विकासको सोच लागु भयो । निङ्तका लागि ठूलाठूला परियोजनाभन्दा साना तथा मझौला किसिमका योजना उपयुक्त भयो । आयस्रोत निकै कमजोर र खर्च बढी हुने ठाउँका लागि वित्तीय नीति खाँचो भयो । त्यति मात्र होइन कृषिसँगै ऊर्जा, यातायात, सञ्चार, विज्ञान, प्रविधि,, शिक्षा, दैनिक आवश्यकताका वस्तु र कच्चापदार्थ उद्योगहरू पनि कमजोर थिए । यी पखेटारूपी क्षेत्रहरूको जोडाइविना निङ्तको उडान सम्भव थिएन । पार्टी सरकारसँग आवश्यक सहयोग लिई विदेशी लगानी आकर्षित गर्नु नै निङ्तका लागि उपयुक्त विकल्प थियो । लगानीकर्ताहरू आकर्षक ठाउँ खोज्छन्, आप्mनो लगानी सुरक्षाको ग्यारेन्टी खोज्छन् । निङ्त त्यस्तो धेरै सम्भावनाको क्षेत्र पनि थिएन तर त्यहाँको नेतृत्व, अफिसरहरूको व्यवहार, लगानीकर्तालाई सहज बनाउने नीति र भ्रष्टाचार एवम्् ठगीविरुद्धको अभियानका कारण वैदेशिक लगानी भित्रिन थालेको हो ।
निङ्त भौगोलिक रूपमा पनि विकट रहेकोले बाटो र पुल बनाउनु सबैभन्दा चुनौतिपूर्ण र खर्चिलो देखियो । सरकारलाई यतातर्फ ध्यान आकृष्ट गर्न नेतृत्वकै भूमिका रह्यो । त्यतिमात्र होइन आर्थिक विकासको बाटो र निङ्तको अर्थतन्त्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने पुलको निर्माण जरुरी थियो । कार्ल माक्र्सले भन्नुभएको थियो – “एउटा सही आन्दोलन या अभियान दर्जनौँ कार्यक्रमभन्दा राम्रो या सही हुन्छ ।” निङ्तले पनि आर्थिक विकासको अभियान सञ्चालन ग¥यो । जीविकोपार्जनका लागि जनतालाई ऋण दिने र पछि ऋणमुक्त गर्ने कार्यक्रम अर्थात् वितरणमुखी र अनुदानका कार्यक्रमभन्दा सामुहिक खेती, खेतीपातीमा आधुनिकीकरण, हाइब्रिड बिउबिजनको प्रयोग र औद्योगिकीकरण निकै सही साबित भयो । काम गर्ने स्पष्ट सिद्धान्त र नीतिहरू बनाउने काइदा परिणाममुखी बन्यो ।
आर्थिक विकास र गरिबीउन्मूलनको अभियानलाई पत्रकारितासँग जोडेपछि सफलता अझ सहजै प्राप्त हुनेरहेछ । हरेक काउन्टीमा जनताको प्रजातन्त्र स्थापित गर्न चीनको पत्रकारिताले सघायो । के हो प्रजातन्त्र ? जनताको स्वार्थ सबैभन्दा पहिला राख्नु नै प्रजातन्त्र हो, एउटा समाजवादी देशका लागि । कुनै विशेष या हुनेखाने वर्गको पक्षमा नभई बहुमत काम गरी खाने वर्गको पक्षमा उभिनु र तिनका माग पूरा गर्नु प्रजातन्त्र हो । काउन्टी र सहरहरूमा प्रजातान्त्रिक व्यवस्था निर्माण गर्न र जनतालाई प्रजातन्त्रको अनुभूति गराउन आर्थिक विकासका विषयसँगै पत्रकारिताले पनि सघायो । काउन्टीको साँचो दुःख लेख्ने, भ्रष्टाचारको विरोध गर्ने र गरिबी निवारणको राष्ट्रिय अभियानलाई प्राथमिकता दिन तत्कालीन पत्रिका, रेडियो, टिभीले सघायो । पत्रकारिता एउटा विज्ञान हो जुन राजनीतिबाट अलग्ग हुन सक्दैन । पत्रकारिताको मूल्यमान्यता राजनीतिक आवश्यकता पूर्तिसँग जोडिनुपर्छ । यो अनुभवको सार हो ।
नेता सीले निङ्तको सन्दर्भमा सन् १९८९ तिरै बोल्नुभएको थियो –“निङ्तको आर्थिक विकासका ६ वटा सम्बन्धहरूबारे बढी जोड दिनुपर्छ ।” आर्थिक विकास र आर्थिक फाइदाबिचको सम्बन्ध, स्रोत विकास र औद्योगिक संरचनाको समायोजनबिचको सम्बन्ध, उत्पादनशील शक्तिहरूको बाँडफाँडमा पहाडी र समुद्री क्षेत्रहरूबिचको सम्बन्ध, गरिबीउन्मूलन र सुधार र खुलापन बीचको सम्बन्ध आर्थिक विकास र विज्ञान, प्रविधि, शिक्षाबिचको सम्बन्ध यी ६ वटा सम्बन्धहरूलाई ध्यानमा राखी सन्तुलित र प्रभावकारी विकास मोडल स्थापना गर्न निङ्त सफल रह्यो ।
निङ्तका जनता सार्वजनिक वित्तबारे कम मात्र शिक्षित थिए । नयाँ परिस्थितिमा नयाँ वित्तीय नीति बन्नु समयको माग थियो । स्थानीय उपलब्धताबाटै स्थानीय समस्या हल गर्ने उपाय बढी आत्मनिर्भर साबित भयो । खर्चमा मितव्ययिता र पारदर्शिता निङ्तको आर्थिक विकासको सबल पक्ष थियो । वित्तको मितव्ययितामा वृहत् अर्थशास्त्रीय नीति गज्जबको थियो । उपलब्ध स्रोत र आयको अधिकत्तम उपयोगिताको लागि घरेलु श्रम बजारको आवश्यकता भयो । उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्रोत व्यवस्थापनमा जोड दिइयो । निङ्तलाई वस्तु अर्थतन्त्र अर्थात् कमोडिटी इकोनोमीको रूपमा विकास गरियो । निङ्तको पुनरुत्थानका लागि वनजङ्गल प्रमुख हतियार बन्यो । ठूल्ठूला बाँसघारीहरूबाट हस्तकलाका सामग्री बनाउने, काठ निर्यात गर्ने काम दु्रत बनाइयो । त्यतिमात्र होइन जङ्गललाई उद्योगको रूपमा विकास गरियो ।
निङ्तको विकास जातीय विविधताको एकताको सुन्दर स्वरूप पनि हो । चीनको ऐतिहासिक विकासक्रम र जातीय समूहहरूको महत्व बुझेर विकास निर्माणको कार्य अघि बढाइएको थियो । नेता माओले भन्नुभएको छ – “विविध जातीय समूहहरूको एकता र सहकार्य नै देश रक्षा र विकासको मुख्य आधार हो ।” यद्यपि, अल्पसङ्ख्यक क्षेत्रहरूमा गरिबी उन्मूलनको लागि छुट्टै रणनीति विकास गरियो । हान र अन्य जातिबीच जातीय र आर्थिक भिन्नता हटाउन गाह्रो थियो किनभने जातीय विभाजन निकै लामो इतिहासको उपज थियो । एकल अर्थतन्त्र, सानो क्षेत्र, अनुदान र सहयोगमा आधारित अल्पसङ्ख्यक समुदायलाई वृहत् र आत्मनिर्भर अर्थतन्त्रसँग जोड्न केही दशक नै लाग्यो । “विकास र सुधारका लागि दुई बाटाहरू” भन्ने नारा दिँदै बजार र प्राकृतिक स्रोतहरूको विकास दु्रत बनाइयो । किसानी गर्ने अल्पसङ्ख्यक समुदायलाई शिक्षित बनाई अफिसर तहमा पु¥याइयो । अल्पसङ्ख्यकहरूको मूर्त अमूर्त सांस्कृतिक परम्परा र सम्पदा जोगाउने, जातीय मुद्दामा नेतृत्व बलियो बनाउने नीति लिइयो । यद्यपि, जातीय मामिला निकै जटिल हुने गर्दछ । निङ्तकै लागि माटो सुहाउँदो औद्योगिक नीति तय गरिएको थियो ।
कृषिबाट उद्योग, गाउँबाट सहरको विकास कठिन यात्रा साबित भयो । त्यही यात्राले गरिबीबाट विकास या समृद्धिको यात्रा सम्भव भयो । स्थानीय स्रोत साधन, स्थानीय श्रम बजार, स्थानीय उपभोग र स्थानीय विकासको मोडल उपयुक्त साबित भयो ।
निङ्तको गरिबीविरुद्धको सङ्घर्षको दौरान कम्युनिस्ट युवा लिगको गठन र क्रियाशीलता बढाइयो । विपन्न क्षेत्रको बौद्धिक र सांस्कृतिक स्तर उकास्ने अभियान चलाइयो । गरिबी निवारण आर्थिक विषयमात्र होइन यो सांस्कृतिक मुद्दा पनि हो । मानिसको शिक्षा, स्वास्थ्य, अनुशासन र सांस्कृतिक आचरणको विकास पनि गरिबीविरुद्धको लडाइँको अपरिहार्य पक्ष हो ।” निःस्वार्थ सेवाभाव, व्यक्तिवादी आचरणको अन्त्य, व्यावहारिकताले मानिसलाई समृद्ध बनाउँछ । ग्रामीण भेगमा पार्टी सङ्गठनको विकासले यसमा टेवा पु¥यायो । विकास सरकारदेखि स्थानीय एक व्यक्तिसम्मको जिम्मेवारी हो भन्ने दायित्वबोध गराउने शिक्षा दिइयो । जनताको एकमनको एकताले मात्र गरिबीको बिदाइ सम्भव हुनेछ भन्नुहुन्छ, नेता सी । उहाँको त्यो विचार र व्यवहार नै आजको सुन्दर र विकसित निङ्तको स्वरूप हो ।
२२३ पृष्ठको यस पुस्तकका प्रत्येक मन्तब्य र अन्तर्वार्ताहरू अत्यन्त महत्वपूर्ण छन्, पठनीय छन् । चीनमा गरिबीको बिदाइ कसरी भयो ? आजको चीनको आधार कसरी तयार गरियो ? चिनियाँ कम्युनिस्ट पार्टीले नेतृत्व र नयाँ पुस्ता तयारी कसरी गर्छ ? जनसेवकहरूको तयारी या छनोट किन जरुरी हुन्छ ? विकेन्द्रिकृत र स्वायत्त विकास मोडल कस्तो हुन्छ भन्ने बुभ्mन निङ्तको कथा नपढी हुन्न, यो पुस्तक नहेरी हुन्न । पुस्तकमा निङ्त र नेता सी चिन फिङका सङ्ग्रहित तस्बीरले पनि पुस्तकलाई अझ जीवन्त बनाएको छ । नेता सीले विपन्न सहर विकासको निम्ति राख्नुभएको विचारको सार पुस्तकमा पढ्न पाइन्छ । नेपाल जस्तो देशका लागि निङ्तको वास्तविक कथा मार्गदर्शक बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *