झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक
- भाद्र २, २०८३
भक्तपुर, २ भदौ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नर्सिङ विभागमा पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूले मङ्गलबार भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेका छन् ।
समुदाय अध्ययनको सिलसिलामा गरिएको उक्त भ्रमणको क्रममा विद्यार्थीहरूले भक्तपुर नगरपालिकाको उद्देश्य, कार्यक्षेत्र तथा नगरपालिकाबाट सञ्चालित विभिन्न कार्यक्रमबारे जानकारी लिएका थिए ।
विशेष गरी नगरपालिकाले सञ्चालन गर्दै आएको फोहोरमैला व्यवस्थापन तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमका बारेमा विद्यार्थीहरूले विस्तृत जानकारी हासिल गरेका थिए ।
भ्रमणको क्रममा विद्यार्थीहरूले भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीसँग साक्षात्कार तथा अन्तरक्रिया गरेका थिए ।
Leave a Reply