तःमुंज्याको सांस्कृतिक तथा साहित्यिक समिति गठन
- भाद्र ३, २०८३
ललितपुर, ३ भदौ । एलपी ग्यासको सहज आपूर्ति, कालाबजारी तथा बढ्दो महँगी नियन्त्रण सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराउन मङ्गलबार नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला समिति ललितपुरले जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेक्रायुसङ्घ ललितपुरका अध्यक्ष महेन्द्र व्रह्माचार्यको नेतृत्वमा गएको टोलीले नेपाल सरकारसमक्ष खाना पकाउने एलपी ग्यासको नियमित, पर्याप्त, पारदर्शी र सहज आपूर्ति तत्काल सुनिश्चित गर्न, ग्यासको कालोबजारी, कृत्रिम अभाव तथा तोकिएको मूल्त्न्दा बढी मूल्य असुल्नेमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
त्यस्तै, टोलीले खाद्यान्न, तरकारी, इन्धनलगायत दैनिक उपभोग्य अत्यावश्यक वस्तुको अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न, कालोबजारी, कृत्रिम अभाव र बिचौलियाको चलखेल नियन्त्रण गर्न नियमित, प्रभावकारी तथा परिणाममुखी बजार अनुगमन गर्न, अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित, प्रभावकारी र उपभोक्तामैत्री बनाउन आग्रह गरेको छ । नेपालका नदीनालाबाट सरकार आफैले विद्युत् उत्पादन गरी नेपाली जनतालाई सहुलियत मूल्यमा बिजुली उपलब्ध गराई खाना पकाउने ग्यास आयातमा भइरहेको व्यापारघाटा घटाउन माग गर्दै युवा सङ्घले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
Leave a Reply