भर्खरै :

प्रभातमा ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाबारे अन्तरक्रिया

प्रभातमा ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाबारे अन्तरक्रिया

भक्तपुर, ५ भदौ । प्रभात माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीबिच ‘श्रमिक’ साप्ताहिक र मजदुर’ दैनिकमा प्रकाशित राष्ट्रिय र अन्तर्राष्ट्रिय लेख–रचनाहरूको अध्ययन, छलफल र अन्तरक्रिया सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले शिक्षकहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सुसूचित भए विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “मुख्य भूमि चीनकै अभिन्न अङ्ग तिब्बत पनि हो । भदौ २३ र २४ गतेको विध्वंस यता अमेरिकी सहयोगमा तिब्बतबाट भागेर भारत आश्रयमा बसेका तथा तिब्बत विखण्डन गर्न चाहने दलाई लामाले नेपालका प्रमलाई बधाई पठाएको, नेपालमा दलाई लामाको ९१ औँ जन्मदिन मनाउन दिइएको, तिब्बत विखण्डनकारीहरूको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गराउन खोजेको एक चीन नीतिको विरोधमा छ । नेपाली जनताको विरोधपश्चात् तिब्बत विखण्डनकारीहरूको राष्ट्रिय सम्मेलन स्थगित गरियो ।”
अध्ययनमा सहभागी शिक्षक शिक्षिकहरूले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकमा प्रकाशित सम्पादकीय, अमेरिकी पत्रकार अन्ना लाउ स्ट्रङको ‘तिब्बतमा भूदास उठ्दा’ पुस्तकका लेखहरू, तथा ‘तिब्बत उपद्रव र यथार्थ’ पुस्तकका लेखकहरू, फिडेल क्यास्त्रो र शेक्सपियरको जीवनीसम्बन्धी लेखहरू वाचन गरी सुसूचित र शिक्षित हुने कार्यक्रमलाई चालू राख्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *