भर्खरै :

ग्यासको सहज आपूर्ति, कालाबजारी तथा महँगी नियन्त्रण गर्न युवाहरूले बुझाए कैलालीमा ज्ञापनपत्र

ग्यासको सहज आपूर्ति, कालाबजारी तथा महँगी नियन्त्रण गर्न युवाहरूले बुझाए कैलालीमा ज्ञापनपत्र

कैलाली, ५ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ कैलाली जिल्ला समितिले बुधबार एलपी ग्यासको सहज आपूर्ति, कालाबजारी तथा बढ्दो महँगी नियन्त्रण सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारको ध्यानाकर्षण गरायो ।
विगत एक महिनादेखि खाना पकाउने ग्यासको सहज आपूर्ति हुन नसक्दा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ । अत्यावश्यक वस्तुमा कृत्रिम अभाव, कालोबजारी तथा अस्वाभाविक मूल्य असुल्ने प्रवृत्तिले आम नागरिकको जीवन कष्टकर बनाएको अवस्थामा सरकारी निकायबाट प्रभावकारी अनुगमन, नियमन र आपूर्ति व्यवस्थापन गर्नको निम्ति नेक्रायुसङ्घले सरकारको ध्यानकर्षण गराएको हो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ कैलाली जिल्ला समितिका अध्यक्ष प्रेमबहादुर सिजापतिको नेतृत्वमा गएको टोलीले सरकारलाई जनताप्रति जिम्मेवार बन्न सचेत गराउँदै कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझायो । ज्ञापनपत्रमा निम्न ६ बुँदे माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइएको छ :
१. खाना पकाउने एलपी ग्यासको नियमित, पर्याप्त,
पारदर्शी र सहज आपूर्ति तत्काल सुनिश्चित गरियोस् ।
२. ग्यासको कालोबजारी, कृत्रिम अभाव तथा तोकिएको मूल्त्न्दा बढी मूल्य असुल्ने दोषीमाथि कडा कानुनी कारबाही गरियोस् ।
३. खाद्यान्न, तरकारी, इन्धनलगायत दैनिक उपभोग्य अत्यावश्यक वस्तुको अस्वाभाविक मूल्यवृद्धि तत्काल नियन्त्रण गरियोस् ।
४. कालोबजारी, कृत्रिम अभाव र बिचौलियाको चलखेल नियन्त्रण गर्न नियमित, प्रभावकारी तथा परिणाममुखी बजार अनुगमन गरियोस् ।
५. अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरण प्रणालीलाई पारदर्शी, व्यवस्थित, प्रभावकारी र उपभोक्तामैत्री बनाइयोस् ।
६. नेपालका नदीनालाबाट सरकार आफैले विद्युत् उत्पादन गरी नेपाली जनतालाई सहुलियत मूल्यमा बिजुली उपलब्ध गराई खाना पकाउने ग्यास आयातमा भइरहेको व्यापार घाटा घटाइयोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *