‘भक्तपुर काण्ड’ को विरोध एवम् भत्र्सना कार्यक्रम
- भाद्र ५, २०८३
भक्तपुर, ५ भदौ । भक्तपुर नगरपालिका वडा नं. ९ मा स्थित दत्तात्रय आधारभूत विद्यालयमा शुक्रबार मैत्रीपूर्ण बाघचाल खेल सम्पन्न भयो ।
आधारभूत विद्यालय समितिको संयोजन र दत्तात्रय आधारभूत विद्यालयको आयोजनामा सो बाघचाल प्रतियोगिता भएको थियो । औपचारिक कार्यक्रमको सभापतिमा आधारभूत विद्यालय समितिका अध्यक्ष कृष्णगोपाल आचार्य रहनुभएको थियो ।
दत्तात्रय आधारभूत विद्यालयका प्रधानाध्यापक सज्जन प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो । कृष्णगोपाल आचार्यले आधारभूत विद्यालय समितिका कार्यक्रम, गतिविधि, खेलको आवश्यकता महत्वबारेमा प्रस्ट पार्नुभयो ।
खेलमा निर्णायकको रूपमा चेस खेलको अन्तर्राष्ट्रिय रेफ्रि ज्ञानेन्द्र खाइतु हुनुहुन्थ्यो । बाघचाल प्रतियोगितामा आधारभूत विद्यालय समितिमा रहेका १७ वटा विद्यालयका ७१ जना विद्यार्थीहरू सहभागी थिए ।
सो खेलमा कक्षा १–३ बाट छात्रा समूहमा महेन्द्र आधारभूत विद्यालयकी स्यारोन बनमाला प्रथम, ब्रह्मायणी आधारभूत विद्यालयकी अंशु ठाकुर द्वितीय, सन्तति आधारभूत विद्यालयकी अमिशा जोगी तृतीय, बालसेवक आ.वि.की अन्जली तामाङ, ज्ञान विजय आविकी सनिसा रोकाया सान्त्वना स्थान ओगट्न सफल भए । त्यसैगरी कक्षा १–३ बाट छात्र समूहमा नविन आ. वि.का लक्कीकुमार प्रथम, हंसबाहिनी आ.वि.का मारुती खाम्चा द्वितीय, ब्रह्मायणी आ. वि.का सुजन थिङ तृतीय, जनसेवा आ.वि.का जिगर चौधरी र तारा मा. वि.का आशिक जयसवाल सान्त्वना स्थान ओगट्न सफल भए ।
कक्षा ४–५ छात्रा समूहमा नविन आ.वि.का जुलस खातुन प्रथम, बालसेवक आ.वि.का जरिना खातुन द्वितीय, सन्तति आ.वि.की अन्जलीकुमारी सिंह तृतीय, गणेश मा.वि.की रोनिशा तामाङ र शारदा आ.वि.की मेहन्दो तामाङ सान्त्वना स्थान लिन सफल भए । कक्षा ४–५ छात्र समूहमा बालसेवक आ.वि.का उकेश दर्लामीमगर प्रथम, सन्तति आ.वि.का भोगेन्द्र राई द्वितीय, गणेश मा.वि.का सुविन तामाङ तृतीय, तारा मा.वि.का लुनिभ माक र भीम आदर्श आ.वि. का निशान रामिजल सान्त्वना भएका थिए । कक्षा ६–८ बाट छात्रा समूहमा ज्ञान विजय आ.वि.की युनिका तामाङ प्रथम, भीम आदर्श आ.वि.की खुस्वु रिमाल द्वितीय, बालसेवक आ.वि.की तमन्ना खातुन तृतीय, सन्तति आ.वि. की शान्ति आलेमगर सान्त्वना स्थान लिन सफल भएका थिए । कक्ष (६–८) को छात्र समूहमा नवीन आ.वि.का मनिक शाही प्रथम, ज्ञान विजय आ.वि.का मनिश शेर्पा द्वितीय, तारा मा.वि. का राजु घले तृतीय र गणेश मा.वि.का सुदिप माझी सान्त्वना स्थान लिन सफल भएका थिए ।
Leave a Reply