रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
हेटौंडा, ४ असार । प्रदेशसभामा चालु विनियोजन बजेटमाथि छलफलमा भाग लिंदै सोमबार नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा ३ नं प्रदेशका सांसद सृजना सैजूले विनियोजित बजेट पक्षपातपूर्ण भएको बताउनुभयो । उहाँले प्रदेशका १३ मध्ये केही जिल्लालाई बजेटले सम्बोधन गर्न नसक्नु लज्जाको विषय भएको धारणा राख्नुभयो ।
उहाँले विद्यालयमा विषयगत शिक्षक समेत बन्दोबस्त दिन नसक्ने सरकारले एक विद्यालय एक नर्स कार्यक्रम झिल्के बजेट मात्र सावित हुने बताउनुभयो । उहाँले विभिन्न नाममा पार्क र शालिकहरु निर्माण गर्नभन्दा गरिबी निवारणलाई प्राथमिकता दिनुपर्ने विचार राख्नुभयो ।
उहाँले भन्नुभयो,‘बजेटले लगानी बोर्ड गठन गरी अधिकार सम्पन्न बनाउने नीति लिएको छ । यो जस्तो प्रजातन्त्रविरोधी सोच अरु केही हुन सक्दैन । यस्तो अराष्ट्रिय सोचलाई तुरुन्त हटाइनुपर्दछ । प्रदेश योजना आयोग र प्रदेश सरकारभन्दा शक्तिशाली हुने यो बोर्डले देशलाई नवउदारवादी वा साम्राज्यवादी अर्थतन्त्रको भुङ्ग्रोमा खसाल्ने पक्का छ ।’
सांसद सैंजूले प्राकृतिक प्रकोप र जोखिम न्यूनिकरणको लागि बाँध र तटबन्ध निर्माणमा कुल बजेटको एक प्रतिशत अपुग हुने बताउनुभयो ।
‘बजेटका उद्देश्यहरुले समाजवाद र समृद्धिको फलाकोबाजी गर्ने नक्कली कम्युनिष्टहरुको चरित्र उदांग्याएको भनेमा असत्य हुनेछैन । उत्पादनका मुख्य मुख्य साधनहरु राष्ट्रियकरण गर्ने, योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको कुरा नगर्नु ठूलो विडम्वना हो ।’, उहाँले भन्नुभयो ।
बजेटमाथिको छलफल चालु छ ।
Leave a Reply