अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
–विजय प्रसाद
पत्रकार बन्नु खतरनाक काम हो । टिपोटकर्ता बन्नु कुनै खतरनाक विषय होइन । शक्ति केन्द्रको विचारको रटान लगाउनुमा के खतरा होला र ? वास्तविक पत्रकार ऊ हो जसले हाम्रो वरपरका घटनाभित्र पस्ने हिम्मत गर्छ, जटिलभन्दा जटिल प्रश्नको उत्तरको खोजी गर्दछ । उसले कुनै पनि कथालाई त्यत्तिकै छोड्ने गर्दैन किनभने त्यसो गर्नु आफ्नो कथा कथ्ने मानिसप्रति पनि धोखा हुन्छ । सँगै जसले कथा सुन्नुपर्ने हो, उसलाई पनि धोखा ।
संसारभरका पत्रकारहरुको रक्षाबारे चासो राख्ने एउटा समिति छ–पत्रकार संरक्षण समिति । त्यसले दिएको तथ्याङ्क अनुसार यो वर्ष सन् २०१८ मा मात्र संसारभर २८ जना पत्रकारहरु मारिएका छन् । सबैभन्दा धेरै पत्रकारहरुको हत्या अफगानिस्तानमा भएको छ । यसरी मारिने पत्रकारहरुको सूची त लामै छ, तथापि केहीको नाम लेख्नुपर्दा यी पत्रकारहरुलाई छुटाउनु हुँदैन ।
अब्दुल्लाह हनानजाई
अब्दुल मनान अर्गन्ध
अली सामिली
घाजी रस्सुली
महारम दुरानी
नोरोज अली राजबी
साबावुन ककर
सलिम तालास
शाह मराई यार मोहम्मद टोखी
गएको बिहीबार भारतको श्रीनगरको लालचोकस्थित प्रेस कार्यालयमा शुजत बुखारीको गोली हानी हत्या भयो । उनी सन् १९९७ देखि २०१२ सम्म द हिन्दु पत्रिका संवाददाता थिए । उनी द फ्रन्टियर पत्रिकाका जम्मु कासमिर व्युरोका प्रमुख थिए । ती पत्रिकाहरुमा लेखिरहने हाम्रा लागि उनको हत्या मारिने अरु पत्रकारहरुको नामावलीमा एउटा अर्को नाम थपिनुमा मात्र सीमित छैन । उनी हाम्रा सहकर्मी, मित्र र त्योभन्दा बढी एक जना बहादुर संवाददाता अनि वास्तविक पत्रकार थिए । सन् २००६ मा उनीमाथि हमला भएको थियो । त्यसयता उनलाई प्रहरीले सुरक्षा दिने प्रबन्ध मिलाइएको थियो । सन् २००६ को घातक हमलामा उनसँगैका दुई जना सुरक्षाकर्मी मारिएका थिए । तीन जना मानिस उनीहरुलाई कुरिरहेका रहेछन् । ती अज्ञात मानिसहरुले उनीहरुमाथि गोली हमला गरे । उनीसँगैका दुई सुरक्षाकर्मी मारिए । हत्याराहरु मोटरसाइकलमा बसी फरार भए ।
भारतको उत्तरी राज्य जम्मु कास्मिर पत्रकारहरुको लागि ज्यादै खतरनाक ठाउँ बनेको छ । सन् १९९० मा सबभन्दा पहिले दुरुदर्शन टेलिभिजनका निर्देशक लास्सा काउलको विद्रोहीहरुले हत्या गरेका थिए । पत्रकारहरुको हत्या र कुटपिट गर्नेहरुमा विद्रोहीहरु मात्र होइनन् बरु भारतीय सैनिकहरुले पनि गर्ने गरेका छन् । भारतीय सेनाले पनि पत्रकारहरुमाथि रिस पोखेका छन् । सन् २००८ मा भएको एउटा विरोध प्रदर्शनमा क्यामेराम्यान जाभेद अहमद मिरलाई गोली हानी हत्या गरिएको थियो । सन् १९९६ शुजितलाई बन्दुकधारीहरुले अनन्तनागबाट अपहरण गरेका थिए र केही घण्टा कैदमा राखेका थिए । एक दशकपश्चात दुई जना बन्दुकधारीहरुले उनलाई नियन्त्रणमा लिए । उनलाई एक जनाले गोली हान्न खोजे तर उनको बन्दूक जाम भयो । शुजत त्यहाँबाट बहादुरीका साथ त्यहाँबाट भागे । त्यत्तिबेला शुजतले भनेका कुरा आज पनि कानमा गुञ्जिरहेको छः‘सतही रुपमा हेर्दा तपाईको शत्रु को हो र मित्र को हो भन्ने कुरा पहिल्याउन असम्भव जस्तो हुन्छ ।’ शुजतको हत्या कसले गरेको थियो, अझै पहिचान भएको छैन ।
पत्रकार बन्नु खतरनाक काम हो । टिपोटकर्ता बन्नु कुनै खतरनाक विषय होइन । शक्ति केन्द्रको विचारको रटान लगाउनुमा के खतरा होला र ? वास्तविक पत्रकार ऊ हो जसले हाम्रो वरपरका घटनाभित्र पस्ने हिम्मत गर्छ, जटिलभन्दा जटिल प्रश्नको उत्तरको खोजी गर्दछ । उसले कुनै पनि कथालाई त्यत्तिकै छोड्ने गर्दैन किनभने त्यसो गर्नु आफ्नो कथा कथ्ने मानिसप्रति पनि धोखा हुन्छ । सँगै जसले कथा सुन्नुपर्ने हो, उसलाई पनि धोखा ।
जुन दिन संयुक्त राष्ट्र सङ्घले जम्मु कास्मिरमा मानवअधिकार उल्लंघनको विषयमा स्वतन्त्र जाँचबुझ गर्न आग्रह गरेको दिनमै शुजतको गोली हानी हत्या भएको थियो । राष्ट्र सङ्घले मानवअधिकार उल्लंघनको विषयमा ४९ पृष्ठ लामो बिस्तृत प्रतिवेदन तयार गरेको थियो । सोही प्रतिवेदनको आधारमा संयुक्त राष्ट्र सङ्घीय मानवअधिकार परिषद्का प्रमुखले एउटा जाँझबुझ आयोग गठनको लागि आग्रह गरेका थिए ।
आफ्नो हत्या हुनु दुई साताअघि शुजतले ट्वीटरमा २१ वर्षका कैसर भाटको भारतीय अर्धसैनिक दस्ताको जीपले किचेर निर्मम हत्या गरेकोबारे लेखेका थिए । कैसर भाटमाथिको हमलासम्बन्धी भिडियो सेयर गरेर उनले लेखेका थिए,‘श्रीनगरको मुख्य बजारमा भएको यो घटनाका दृश्यहरु वास्तवमै दुःखदायी छन् । विरोधका आवान दबाउने यो सबैभन्दा त्रासदीपूर्ण तरिका हो ।’ शुजतले प्रष्ट आक्रोश पोखेको अभिव्यक्ति थियो यो । भिडियो र तस्वीरहरु पोस्ट भएसँगै शुजतमाथि हमला हुन थाल्यो । ‘मलाई फसाइँदैछ ।’,उनले लेखेका थिए ।
भारतीय सैनिक जीपले आफ्नो दाजुलाई किचेर हत्या गरेको खबर सुनेर कैसरका बहिनी १९ वर्षका तोएबा र १७ वर्षका भाई इफात भावविह्वल बनेका थिए । ‘अब हामी कहाँ जाने होला ?’,दुःखले भरिएको कमजोर आवाजमा उनीहरुले भनेका थिए । उनीहरुका आमाबुवाको निधन भइसकेको थियो । उनीहरु आफ्ना काका–काकीसँगै बस्ने गर्दै आएका छन् । कैसरले आफ्नो पढाई छोडेर काम गर्ने निधो गरेका थिए । त्यसो गर्दा उनले आफ्नो कमाईबाट बहिनीहरुको पढाईलाई निरन्तरता दिन सकिन्थे । उनीहरुको लागि त्यसको महत्व बढी थियो ।
कास्मिर उपत्यकामा भारतीय सैनिकहरुको असह्य र निस्सासिंदो उपस्थितिको विरोधमा कैसर विरोध प्रदर्शनहरुमा सहभागी बन्नु स्वाभाविक थियो । कास्मिरमा ७ लाखभन्दा बढी भारतीय सेनाहरु छन् । भारतीय सरकार आफैले कास्मिरमा १ सय ५० जना भन्दा बढी विद्रोही नभएको बताउँदैआएको छ । कुन गणितले यो अनुपातलाई तर्कपूर्ण मान्न सक्छ ? १५० जनालाई ७ लाख सिपाहीं । यो विश्वास नै गर्न गाह«ो अनुपात हो । भारतीय सिपाहींलाई कास्मिरका हरेक रुखलाई आतङ्कवादीको रुपमा हेर्न तालिम दिने गरेको छ । सन् १९९० मा पारित भएको सशस्त्र सेना(जम्मु कास्मिर) विशेषाधिकार ऐन(अफस्पा)अन्तर्गत ज्यादै बलियो त्यहाँका सिपाहींहरुले कास्मिरका सर्वसाधारण नागरिकमाथि अत्याचार गर्ने गरेकोमा आलोचित छन् । संयुक्त राष्ट्र सङ्घले जारी गरेको नयाँ प्रतिवेदनमा भारतीय सरकारलाई सो ऐन खारेज गर्न भनेको छ । तर त्यसो गरिएको छैन । अफस्पाले गरेको अत्याचारको बारेमा बुझ्न शुजतले फ्रन्टलाइनमा लेखेको शोपियन गोली काण्डका लेखहरु पढ्न उपयुक्त हुनेछ ।
फ्रन्टलाइनमा शुजतले लेखेका लेखहरु वास्तवमा कास्मिरमा भारतीय सरकारका नीतिविरुद्धको उजुरी हो । उनले आफ्ना लेखमा सँगसँगै कास्मिरको राजनीतिमा फैलिएको विकृतिको पनि कडा आलोचना गरेका छन् । हालै मे ११ मा शुजतले कठ्वा बलात्कार काण्डबारे समाचार लेखे । शुजतको लेखाईले हामीलाई चुस्त रुपमा कास्मिरले आज भोगिरहेको निराशाभाव महसुस गर्न सक्छौं । शुजतले गएको मार्च महिनामा लेखेको लेखमा किन धेरै कास्मिरका युवाहरु विद्रोही लडाकु बन्न गए भन्नेबारेमा लेखेका छन् । कैसरको हत्याको बारेमा शुजतले गएको साता गरेको ट्वीटमा कास्मिरका युवाहरुमा मृत्युको भय किन छैन भन्ने बारेमा राज्यले सोच्नुपर्ने लेखेका छन् । उनको यही समाचारका कारण कैसरको हत्यापश्चात गम्भीर प्रश्न उठाइनुपथ्र्यो । प्रश्न, कैसर जस्ता संवेदनशील र सोझो युवकसमेत किन सरकारविरोधी प्रदर्शनमा सहभागी बन्यो भन्ने विषयमा हो । प्रश्न, किन कास्मिर उपत्यकामा हरेक दिन सबैजना किन बजारमा आउन चाहँदैनन् । भन्ने हो । कैसर विरोध प्रदर्शनमा सहभागी बन्यो र मारियो ।
ुसन् २०१६ मा शुजतले पत्रकारहरुमाथिको त्रासबारे भनेका थिए,‘ज्यान मार्ने खतरा, त्रास, अपमान, गिरफ्तारी र सेन्सरसीप कास्मिरका स्थानीय पत्रकारहरुको जीवनचर्या बनिसकेको छ ।’ आज उनको जीवनलीला समाप्त पारिएको छ । तर यसको हिसाबकिताब रहनेछ ।
विजय प्रसाद त्रिकन्टिनेन्टल प्रतिष्ठानका निर्देशक र भारतीय इतिहासकार, पत्रकार तथा लेफ्टवर्ड बुक्सका प्रमुख सम्पादक हुनुहुन्छ । प्रस्तुत लेख सबभन्दा पहिले त्रिकन्टिनेन्टल प्रतिष्ठानको मुखपत्रमा प्रकाशित भएको थियो ।
अनुवादःसुशिला
स्रोतःटेलिसुर
Leave a Reply