ब्रिक्स शिखर सम्मेलनमा भाग लिन पुटिन र सी भारतमा
- भाद्र २६, २०८३
भक्तपुर, २५ भदौ । श्री पद्म माध्यमिक विद्यालय भक्तपुरले भदौ २३ गते सामाजिक सञ्जालअन्तर्गत भक्तपुरियन्स (Bhaktapurians) नामक (facebook Id suomyo perai) नामबाट पोस्ट गरिएको ‘पद्म मा.वि.मा भक्तपुर नगरपालिकाको ध्यान खोइ ?’ शीर्षकको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै भ्रामक कुराको खेद प्रस्ताव पारित गर्दै खण्डन गरेको छ ।
उक्त खण्डनमा भनिएको छ, “स्थानीय सरकार (भक्तपुर नगरपालिका) को निर्णयअनुसार नै शैक्षिक क्यालेन्डर र निर्देशनअनुसार सम्पूर्ण बिदालगायत व्यवस्थापन गरिँदै आएको छ । माथिल्ला र तल्ला कक्षाहरूबिच कुनै किसिमको विभेद नगरी अभिभावक तथा स्थानीय निकायको समन्वयमा नियमसङ्गत ढङ्गले पठन–पाठनको तालमेल मिलाइएको छ ।
दिवा खाजा कार्यक्रम नेपाल सरकार तथा नगरपालिकाको मापदण्डअनुसार सञ्चालन भइरहेको छ । खाजा खर्चको भुक्तानी दैनिक रूपमा कक्षा शिक्षकले तयार पारेको हाजिरी अभिलेखको आधारमा नै व्यवस्थापन गरिने भएकोले सोहीअनुसार गरिँदै आएको छ ।
श्री पद्म मा.वि. आफ्नो ऐतिहासिक गरिमा, शैक्षिक गुणस्तर र समावेशी वातावरणप्रति पूर्ण प्रतिबद्ध छ । यो विद्यालय नगरकै उदाहरणीय शैक्षिक सस्थाको रूपमा स्थापित हुन निरन्तर प्रयासरत छ ।”
विद्यालयले तथ्यहीन र प्रायोजित भ्रामक प्रचारको पछि नलाग्न सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुचचिन्तकहरूमा अनुरोध गरेको छ ।
त्यस्तै सो विद्यालयले जिल्ला प्रहरी परिसरलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।
Leave a Reply