भर्खरै :

प्रदेश अर्थमन्त्रीको अशिष्टताप्रति सांसदहरूको आपत्ति

हेटौंडा, ६ असार । प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफलअन्तर्गत बुधबार अर्थमन्त्री कैलाशप्रसाद ढुङ्गेलले सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिए । बजेटको बचाऊ गर्दै अर्थमन्त्री ढुङ्गेलले पक्षपात, भेदभाव गर्ने आफ्नो उद्देश्य नभएको बताए

प्राथमिकताको आधारमा बजेट तयार नगरिएको र जनजीविकास“गै प्रत्यक्ष सरोकार भएका क्षेत्रमा ध्यान नपु¥याइएको

असार ३ र ४ गतेको बैठकमा बोल्ने अधिकांश सांसदहरुले बजेट ठोस आधार नखुलाई हचुवाको भरमा ल्याइएको, मन्त्रीकेन्द्रित भएको र सङ्घीयताको मर्मलाई सम्बोधन गर्न असफल भएको धारणा राखेका थिए । कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कुनै पनि दीर्घकालीन प्रभाव पर्ने किसिमको योजना नभएको र सम्भावना पहिचान गरेरै वर्ष दिन बिताउने ढंगमा बजेट ल्याइएको भन्दै सत्ता पक्षका सांसदहरूले समेत त्यसको कडा विरोध तथा तीब्र असन्तुष्टि व्यक्त गरेका थिए ।
विपक्षी दलका सांसदहरूले बजेटले भूकम्पपीडितहरूबारे नबोलेको, प्राथमिकताको आधारमा बजेट तयार नगरिएको र जनजीविकास“गै प्रत्यक्ष सरोकार भएका क्षेत्रमा ध्यान नपु¥याइएको भन्दै पु“जीवादी वर्गकै पक्षमा बजेट ल्याइएको भन्दै स्वागत गर्न नसकिने विचार राखेका थिए । बजेटले तथाकथित ‘कम्युनिष्ट’ भनिएको सरकारको नक्कली खोल उदा·ो पारेको चर्चा गर्दै सांसदहरूले वामपन्थी भनिएको सरकार विगतका प्रतिक्रियावादी सरकारकै पदचापमा हिंडेको भन्दै विरोध जनाएका थिए ।
संसदमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्रीले अमर्यादित तथा संसदीय गरिमाविपरीत विचार व्यक्त गरेको भन्दै विपक्षीहरूले आक्रोश पोखेका छन् । ‘जवाफ दिने क्रममा मन्त्री ढुङ्गेल बजेटबारे कुनै पनि तथ्यपरक जवाफ नदिई विपक्षीहरूप्रति अशिष्ट तरिकाले अप्रासंगिक ढंगबाट प्रस्तुत भए’, विपक्षी दलका एक सांसदले भने ।
उनले थपे,‘अर्थमन्त्रीको भाषाशैलीबाट उनको सामन्ती चरित्र छताछुल्ल भएको छ । विपक्षी मात्र होइन, सत्तापक्षप्रति नै असहिष्णु तरिकाले प्रस्तुत हुनु संसदको निम्ति शोभनीय होइन ।’ उनले भने ।
अर्थमन्त्रीले गैरजिम्मेवारी अभिव्यक्ति फिर्ता लिनुपर्ने विपक्ष दलका सांसदहरूले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *