कालो दिन
- भाद्र २६, २०८३
नदी सुक्ला अनि तर्छु भनी बस्याको छु ।
सबथोक पुग्या सेवा गर्छु भनी बस्याको छु ।।
रिल हेर्छु टिकटक हेर्छु युटुब हेरी बस्याको छु ।
पढ्न्या लेख्न्या मन लाग्दैन प्रथम हुन्या सोच्याको छु ।।
काम गरूँला भन्दा भन्दै बिहान भयो दिउँसो भयो साँझ पनि हुन ला’गो ।
जाबो काम त भोलि गर्छु भनी बस्याको छु ।।
आफूसँग केही नहुँदा समाज सेवा केले गर्ने ।
आफूसँग सबथोक भै’गो समाज सेवा किन गर्नु भनी बस्याको छु ।।
एउटा कुरा बुझे मैले बाँच्न पाउने अधिकार मागेजस्तै सिंहसँग ।
गरिबले अधिकार माग्नु होला शोषकसँग ? सोची बस्याको छु ।।
एउटै झन्डा नाम कम्युनिस्ट लक्ष्य सबको भिन्न भिन्न ।
गरिबको हकहितमा लड्ने मजदुर किसान मादल चिह्न रोजी बस्याको छु ।।
Leave a Reply