नदी सुक्ला अनि तर्छु भनी बस्याको
- भाद्र २६, २०८३
भुल्न कहाँ सक्छु र म त्यो कालो दिन
बिनागल्ती सजाय र जेल पाएको दिन
सधैँ स्मरण रहनेछ त्यो कालो दिन
ज्यानै लिने षड्यन्त्र रचिएको दिन
आफ्नो पहुँच उच्च राख्न दमन गरिएको दिन
वर्गीय राजनीतिमा हस्तक्षेप गरिएको दिन
सधैँ याद रहनेछ त्यो कालो दिन
बिनाकारण दोष देखाई फासी सजाय मागेको दिन
भुल्न कहाँ सक्छु र म त्यो कालो दिन ।
देश र जनताले मुक्ति खोजिरहेको बेला
बिनागल्ती कामरेडहरूले सजाय भोगिरहेको दिन
केही गरे पनि बिर्सन सक्दिनँ त्यो कालो दिन
सधैँ स्मरण रहनेछ त्यो कालो दिन
सधैँ भदौ ९ गते घोर विरोध रहनेछ
त्यो कालो दिनको घोर आपत्ति रहनेछ
त्यो कालो दिन ।
Leave a Reply