भर्खरै :

४६ औँ तःमुंज्याको लागि व्यवसायीहरूसँग छलफल सम्पन्न

४६ औँ तःमुंज्याको लागि व्यवसायीहरूसँग छलफल सम्पन्न

भक्तपुर, २८ भदौ । ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या भव्य र सभ्य तरिकाले सम्पन्न गर्नको लागि आयोजक समितिले आइतबार स्थानीय व्यवसायीहरूको एक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले नेपालभाषा साहित्य तःमुंज्या जनताको दबु भएकोले जनताको सहयोगबाटै निरन्तर चालिरहेको उल्लेख गर्दै एनजीओ तथा आइएनजीओको सहयोगमा चल्दा हाम्रो मौलिकता, अस्तित्व र नैतिकता नै धरापमा पर्ने बताउनुभयो । काम गरिखाने मजदुर र किसानको आडभरोसामा उभिएको तःमुंज्याले देशका कामदार जनताको पक्षमा साहित्य र सांस्कृतिक गतिविधि गरिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं आयोजक समितिका अध्यक्ष उकेश कवांको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले भन्नुभयो, “हाम्रो भाषा हामीले नै बचाउनुपर्छ ।”
४६ औँ तःमुंज्याका आर्थिक संयोजक कृष्णगोविन्द लाखाजुले सबै व्यवसायीहरूसमक्ष तःमुंज्यालाई सफल पार्न आर्थिक, भौतिक, नैतिक सहयोगको निम्ति अनुरोध गर्नुभयो ।
आयोजक समितिका सल्लाहकारहरू विश्वराम कवां र आशाकाजी त्वानाबासुले आर्थिक सहयोगको लागि अपिल गर्दै आ –आफ्नो विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी महानुभावहरूले आ–आफ्ना व्यवसाय तथा व्यक्तिगत तर्फबाट तःमुंज्या सफल पार्न सहयोग रकम घोषणा गरी बचनवद्धता व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *