ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबिच सहकार्यको खोजी
- भाद्र २८, २०८३
भक्तपुर, २८ भदौ । भक्तपुर सिकर्मी सङ्घको आयोजनामा आइतबार भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले लेनिनवादी नीतिअनुसार नेमकिपाले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको सेवा गरेको सहन नसकेरै पञ्चायती सरकारले नेमकिपालाई समूल नष्ट गर्न राज्यस्तरबाटै षड्यन्त्र रचेको बताउनुभयो ।
भक्तपुर काण्डको बेला महिला दिदी बहिनीहरूले सहयोग गरेको चर्चा गर्दै उहाँले फेरि त्यस्ता षड्यन्त्रहरू घट्न सक्नेतर्फ जनता सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष विष्णुराम दुमरुले २०२१ सालको भूमि नापीमा जोताहा हक कायम गर्न मोहीको नाउँ राख्ने काममा नेक्राकिसङ्घको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
सङ्घका सल्लाहकार विष्णुभक्त कुसीले सङ्गठनमा भाँजो हाल्न इमानदार कार्यकर्तालाई साम, दाम, दण्ड र भेदको नीति अँगालेर बिगार्न सक्नेतर्फ सचेत हुनुपर्छ भन्नुभयो ।
सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको सो कार्यक्रममा सङ्घका उपाध्यक्ष रामसुन्दर सुवाल र सचिव पुण्यराम न्हुछेले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
Leave a Reply