विश्वशान्तिको लागि जीएसआई अर्थात् विश्वव्यापी सुरक्षा अगुवाइ
- भाद्र २३, २०८३
डाक्टर नर्मन बेथुन (मार्च ४, १८९० – नोभेम्बर १२, १९३९) एक अन्तर्राष्ट्रवादी योद्धा हुनुहुन्थ्यो । उहाँ क्यानाडियाली थोरासिक सर्जनमात्र नभई क्यानाडाको कम्युनिस्ट पार्टी सदस्यसमेत हुनुहुन्थ्यो । उहाँले क्यानाडामा लामो समय औषधिको सामाजिकीकरण अर्थात् चिकित्सा क्षेत्रको सामाजिकीकरणको निम्ति लड्नुभयो । स्पेनको गृहयुद्धमा रिपब्लिकन सरकारलाई एक ट्रमा सर्जनको रूपमा अग्रमोर्चामा उभिएर सघाउनुभयो । स्पेनको गृहयुद्धको समयमा उहाँले घुम्ती रगत बैङ्कको अभ्यास र विकास गर्नुभयो । पछि उहाँलाई क्यानाडा र अमेरिकाको कम्युनिस्ट पार्टीले सन् १९३८ को सुरुतिर चीन पठायो । दोस्रो, चीन–जापान युद्धको समयमा उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा आठौँ रुटको सेनामा रहेर घाइते योद्धाहरूको उपचार गर्नुभयो, चिनियाँ जनताको सेवा गर्नुभयो । चीनको गाउँ–गाउँमा आधुनिक औषधि पु¥याउने र घाइते सेनाको उपचारमा उहाँले आफूलाई समर्पित गरेको इतिहास छ । चिनियाँ जनता आज पनि महान् डाक्टर नर्मन बेथुनलाई उच्च सम्मानसाथ चीनको मुक्तियुद्धका एक योद्धाका रूपमा सम्झन्छन् । डाक्टर नर्मन बेथुनले चिनियाँ भूमिमा पुगेर कसरी क्रान्तिको सेवा गर्नुभयो ? कसरी चिनियाँ जनताको सेवा गर्नुभयो ? यी प्रश्नको जवाफ पुस्तक ‘चीनमा नर्मन बेथुन’ मा भेटिन्छ ।
सन् १९३८ मार्च महिनाको अन्तिमतिर अत्यन्त कठिन र खतरनाक यात्रापछि डाक्टर बेथुन चिनियाँ क्रान्तिको आधारभूमि युनान पुग्नुभयो । युनानमा उहाँले क्रान्तिकारी भावनाको सुगन्ध महसुस गर्नुभयो । चिनियाँ जनताको क्रान्तिकारी गतिविधि देखेर उहाँले भन्नुभयो, “म युनानमा नयाँ चीन देख्दै छु ।” डाक्टर बेथुन युनान पुग्नेबित्तिकै अध्यक्ष माओसँग भेट्नुभयो । अध्यक्ष माओसँगको भेटबाट फर्कँदा झमक्क साँझ परिसकेको थियो । कामरेड बेथुनले त्यो रात आफ्नो डायरीमा लेख्नुभयो, “मैले आज थाहा पाएँ अध्यक्ष माओसँग भेट्ने जोकोही किन अत्यन्त प्रभावित हुन्छन् । साँच्ची नै महामानव हुनुहुन्छ अध्यक्ष माओ । उहाँ संसारका सबैभन्दा महान् मनुष्यमध्ये एक हुनुहुन्छ ।”
कामरेड बेथुन शरीरमा आठौँ रुट सेनाको पोशाक लगाई मनमा अध्यक्ष माओको विचार र अपेक्षाहरू ओढेर सान्सी–चाहार–हुपेईको सीमा क्षेत्रमा खटिनुभयो । उहाँलाई पार्टीले सहजताका लागि एक अङ्गरक्षक र व्यवस्थापक दिएको थियो । तर, उहाँले भन्नुभयो, “युद्धको मोर्चामा खटिन धेरै–धेरै योद्धा जरुरी हुन्छ त्यसकारण मसँग एकजनामात्र हिँडे पुग्छ ।”
उहाँले हातमा आफ्नो मेडिकल किट बोकी अत्यन्त अशान्त पहेँलो नदी पार गरी आफ्नो कार्यक्षेत्रतर्पmको कठिन यात्रा थाल्नुभयो । पहाड, हिमाल र नदीहरू छिचोल्दै करिब दुई महिनापछि जून १७ मा उहाँ सिमाना क्षेत्र पुग्नुभयो । उहाँलाई त्यहाँ चिनियाँ जनता र सेनाले न्यानो मायासहित स्वागत गरे ।
कोठामा प्रवेश गर्नेबित्तिकै उहाँको पहिलो प्रश्न थियो – “घाइते लडाकुहरू कता छन् ?” कामरेडहरूले उहाँलाई एकछिन सुस्ताउन, आराम गर्न आग्रह गर्दै थिए तर उहाँले मिठो मुस्कानसहित अस्वीकार गर्नुभयो – “म यहाँ काम गर्न आएको हुँ, आराम गर्न होइन । कृपया मलाई घाइतेहरू भएतिर लानुहोस् ।” कामरेड बेथुन सुग्यनकोउ (Sugyenkou) गाउँमा रहेको सैन्य क्षेत्रको पछाडिको अस्पतालमा पुग्नुभयो । उहाँले एक–एक गरी हरेक घाइते सेनाको जाँच गर्नुभयो । साथै अपरेसन गर्ने कोठाहरूको सघन अवलोकन गर्नुभयो ।
उहाँले अस्पताल स्रोतसाधन व्यवस्थापनमा कमजोर मात्र होइन औषधिको चरम अभाव देख्नुभयो । तर, त्यहाँ कडा परिश्रम गरिरहेका मेडिकल स्टाफ र औषधि बनाउने चिनियाँ तरिका देखेर उहाँ निकै प्रभावित हुनुभयो । उहाँले भन्नुभयो, “चिनियाँ कम्युनिस्ट पार्टीले आठौँ रुटका सेनालाई उच्चस्तरीय हतियार होइन लामो हिँडाइमा नथाक्ने क्रान्तिकारी योद्धाहरू दिएको रहेछ । यी मेडिकल स्टाफ क्रान्तिका मेरुदण्ड हुन् । हामीसँग हामीलाई आवश्यक सबथोक छ ।” डाक्टर नर्मन बेथुनले निकै जोश र उत्साहका साथ काम गर्नुभयो । उहाँले पहिलो हप्तामै ५२० घाइते लडाकुको जाँच गर्नुभयो भने एक महिना नपुग्दै १४७ ओटा अपरेसन भ्याउनुभयो । ती सबै घाइते चाँडो निको भई पुनः युद्धमैदानको अग्रमोर्चामा फर्के ।
डाक्टर बेथुनलाई चिकपा र अध्यक्ष माओकै निर्देशनमा मेडिकल सल्लाहकार पदका लागि मासिक १०० युआन दिने भनी तोकिएको थियो । त्यही रात कामरेड बेथुनले अध्यक्ष माओको सम्बोधनमा पत्र लेख्नुभयो, “मलाई जनता र सेनासँग सुख र दुःख साट्न दिनुस् ।” उहाँले त्यो रकम अस्पतालमा घाइते सेनाको पोषणका लागि खर्च गर्नुभयो । आफ्नो लागि १ युआन पनि लिनुभएन । उहाँले अस्पताल राम्रो बनाउन एउटा मोडल अस्पतालको कल्पना गर्नुभयो । त्यसका लागि पाँचहप्ते अभियान चलाउनुभयो । गाउँले, सेना सबै सक्रिय सहभागी बने । उहाँ घाइते जाँच्न व्यस्त हुनुहुन्थ्यो । अस्पतालका लागि आवश्यक खाट र फर्निचरका लागि सिकर्मीलाई सघाउनुहुन्थ्यो । लोहारलाई सघाउन आपैm हथौडा उठाउनुहुन्थ्यो । उहाँले कामरेडहरूसँग हाँस्दै भन्नुभएको थियो – “एकजना राम्रो सर्जन बन्न कहिलेकाहीं लोहार, सिकर्मी, सूचिकार र हजाम पनि बन्नुपर्ने हुन्छ ।”
गाउँमा महिला सङ्घका सदस्यहरू अस्पतालमा बेड मिलाउने, तन्ना फेर्ने र धुने काममा सघाउँथे । घाइते हिँड्ने बाटो जोखिममुक्त गर्न डाक्टर बेथुनले काम गर्नुभयो । डाक्टर बेथुनले कल्पना गर्नुभएको मोडल अस्पताल औपचारिक रूपमा उद्घाटन गर्ने दिनमा करिब २००० मानिस उत्साह उमङ्गसहित भेला भएका थिए । उहाँले चिनियाँ जनतासामु अन्तर्राष्ट्रवादी भावना सञ्चार गर्नुभयो । अस्पतालमा अत्याधुनिक स्रोतसाधन प्रयोग भएको थिएन । गाउँमा जे उपलब्ध थियो त्यसैलाई आधुनिक तरिकाबाट व्यवस्थापन गरिएको थियो । मोडल अस्पतालको निम्ति आवश्यक सबै थियो ।
सेप्टेम्बरको अन्त्यतिर जापानी आक्रमणकारीहरूले ३ हजार जवान पैदल, घोडचढी, तोपधारी सेनालाई बेथुन कार्यरत सीमाक्षेत्रमा आक्रमणका लागि खटाए । तिनीहरूसँग असीमित हातहतियार र गोलाबारुद थियो । तुरुन्तै मोडल अस्पताल छाड्ने आदेश आयो । आपूmले निकै मेहनत गरेको अस्पताल खाली छोडेर हिँड्न उहाँलाई मन थिएन ।
यद्यपि, थुप्रै पहाड र हिमाल चढेर थुप्रै गाउँ र बस्ती छिचोलेर उहाँले अर्को यात्रा गर्नुभयो । यात्रामा चिनियाँ जनताको माया र न्यानोपनबाट उहाँले बेग्लै ऊर्जा प्राप्त गर्नुभयो । जापानी सेनाको ‘सखाप पार’ अभियान या धम्कीबाट अलिकति पनि नडग्मगाएका, नडराएका चिनियाँ जनतातिर हेरेर उहाँले भन्नुभएको थियो, “चिनियाँ जनताको जित निश्चित छ ।”
रक्तपिपासु जापानी सेना गाउँहरू सखाप पार्ने, अस्पतालहरू खाली गर्ने र जनताका घरहरू जलाउन उद्यत थिए । तर, तिनले केही प्राप्त भने गर्न सकेनन् । तिनको ‘सखाप पार’ अभियान असफल भयो । तिनका हतियार जफत गरियो । बेथुनले भन्नुभएको थियो, “यी फासीवादीहरूविरुद्ध हाम्रा सेनालाई अझ राम्ररी लड्न भन्नुपर्छ ।” कामरेड बेथुन व्यस्ततामा पनि अध्यक्ष माओका पुस्तकहरू पढ्नुहुन्थ्यो । पुस्तक ‘लामो युद्धमा’ ले उहाँलाई निकै प्रभावित बनायो । अग्रमोर्चा र पछाडि बस्नुले केही फरक पर्दैन, डाक्टर र चिकित्सक जहाँ घाइते छन् त्यहाँ पुग्नुपर्छ भन्ने मनमा लिएर उहाँ अघि बढ्नुभयो ।
त्यही वर्षको अन्त्यतिर उहाँले याङचियाचुयाङ (Ynagchiachuang) गाउँमा मेडिकल समूहको नेतृत्व गर्नुभयो । उत्तरपश्चिमतिर अत्यन्त हिमपात र हिमआँधी आइरहेको समयमा कामरेड बेथुनले यात्रा गर्नुभयो । आफ्नो दा¥ही पूरै हिउँका पत्रहरूले छोपिँदा पनि उहाँ कामरेडहरूलाई हँसाउनुहुन्थ्यो, “हेर त म मेकअपबिना पनि सान्ता क्लस खेल्न सक्छु ।” अत्यन्त कठिन पहाडको उकालोपछि गन्तव्यमा पुग्नेबित्तिकै आफ्नो काममा लाग्ने गज्जबको आत्मबल र इच्छाशक्ति थियो डाक्टर बेथुनसँग ।
याङचियाचुयाङ (Ynagchiachuang) गाउँको सामान्य क्लिनिकलाई उहाँले विशेष अपरेसन हल बनाउनुभयो । बिरामीको घरलाई अस्पतालको वार्ड बनाउनुभयो । डा. बेथुनको अस्पताल जनताबिचमा हुन्थ्यो, गुरिल्ला युद्धमा जस्तै । जसलाई कसैले भत्काउन या जलाउन सम्भव नै थिएन । मेडिकल समूहका सबैलाई व्यावहारिक ज्ञानसहित अपरेसनको क्रममा एनेस्थेसियाको प्रयोग गर्ने तरिकाले बिरामी या घाइतेको स्वास्थ्य जोडिने तथ्यबारे प्रयोगात्मक ज्ञान दिनुभयो । उहाँको मेडिकल सीप निकै व्यावहारिक थियो । उहाँले ‘प्रयोगात्मक कार्यशाला हप्ता’ नामको कार्यक्रम नै सञ्चालन गर्नुभयो । विद्यार्थी अर्थात् मेडिकल टिमका कामरेडहरूले भनेका थिए, “हामीले ७ महिनामा पाठ्यपुस्तकबाट सिक्न नसकेको ज्ञान ७ दिनमा डा. बेथुनले सिकाउनुभयो ।”
उहाँले ‘अग्रमोर्चाका लागि ! घाइते योद्धाहरूका लागि ¤’ भन्दै घुम्ती मेडिकल समूह खडा गर्नुभयो । त्यो समूहलाई दिन–रात नभनी, घामपानी र पहाड–चट्टान नभनी अहोरात्र घाइते सेनाको उपचार र सेवामा खटाइयो । युद्ध चलिरहेकै बेला, गोली चलिरहेकै बेला पनि उपचार रोकिएको थिएन ।
गुरिल्ला युद्धमा आवश्यक सामग्रीसहित बेथुन औषधि र मेडिकल सामग्री पु¥याउने उपाय खोजिरहनुहुन्थ्यो । एक दिन उहाँले गाउँलेहरू गधालाई दुईतिर मलको बोरा बोकाउँदै आइरहेको देख्नुभयो । त्यसपछि त्यो बोरालाई देखेर एउटा उपाय सुझेको थियो । उहाँले बोराभित्र भुसजस्ता खेर जाने सामग्री राखेर अप्रेसन कोठामा डे«सिङ टेबल बनाउनुभएको घटनाले उपचारमा उहाँको लगाव अनुभव हुन्छ । आफ्नो सुरक्षाको परवाह नगरी उहाँ घुम्ती मेडिकल टीमसँगै लडाइँ चलिरहेकै ठाउँमा पुग्नुहुन्थ्यो ।
सन् १९३९ फेबु्रअरीमा अत्यन्त भयानक लडाइँ भइरहेको रिपोर्टिङ केन्द्रीय हुपेईमा पुगेको थियो । डा. बेथुनले आफूलाई त्यता पठाउन आग्रह गर्नुभयो । ‘पूर्वी अभियानको मेडिकल टिम’ गठन गरी कामरेड बेथुन तुरुन्तै केन्द्रीय हुपेईतिर लाग्नुभयो । लामो समथर भूमि पार गर्दा पनि डा. बेथुन जनताको दैलोदैलो पुग्नुभयो । वेन्चियातुन (wenchiatun) गाउँ लडाइँ सुरु भएको ठाउँ चिहुई (chihui) बाट साढे ३ किलोमिटर टाढा थियो, त्यहाँ पुग्नेबित्तिकै एउटा सानो मन्दिरलाई नै अपरेसन थियटर बनाउँदै उहाँले घाइते योद्धाहरूको उपचार थाल्नुभयो । नजिकैबाट शत्रुहरूले हानेका तोपहरूको आवाज जोडजोडले कानमा ठोकिँदै थियो । गोलाबारुदको गन्ध असह्य थियो । यद्यपि, उहाँ उपचारमा एकाग्र हुनुभयो । उहाँले त्यहाँ दुई दिन दुई रात आँखा झिमिक्क पनि नगरी घाइतेहरूको उपचार गर्नुभयो । मन्दिरको नजिकै बम पड्कियो । मन्दिर हल्लियो, भित्ताहरू चर्किए । अन्य कामरेडहरू नर्मन बेथुनलाई सुरक्षित ठाउँमा जान आग्रह गर्दै थिए । उहाँले भन्नुभयो, “क्रान्तिका लागि, फासीवादीहरूविरूद्ध लड्नका लागि कसैले पनि आफ्नो व्यक्तिगत सुरक्षाबारे सोच्नुहुँदैन । एकजना कम्युनिस्ट कार्यकर्ता या पार्टी सदस्यले आफूलाई कहिल्यै प्राथमिकतामा राख्दैन ।” उहाँले त्यहाँ एकछिनको विश्रामबिना निकै लामो समय काम गरेको देखेर उहाँका सहयोगीको आँखाबाट बर्बर आँसु झर्न थालेको थियो तर उहाँ रोकिनुभएन ।
लडाइँमा सैन्यकमान्डर शु ९ज्कग० शत्रुविरूद्ध जाइलाग्दा गम्भीर घाइते भएका थिए । लडाइँ विजयमा नटुङ्गिएसम्म कमान्डर शुले त्यो असह्य पीडा सहेका थिए । त्यसपछि उनलाई अपरेसनका लागि डा. बेथुन कहाँ ल्याइयो । डा. बेथुन ३ दिन ३ रात विश्रामबिना काम गरिरहनुभएको थियो । कमान्डर शुको अपरेसन सफल भयो । समयमै अपरेसनले मात्र शुको ज्यान जोगिएको थियो । शुको घाउ गम्भीर बन्दै थियो । उनलाई सजिलो गरी राख्नेदेखि खाना पनि डा. बेथुनले बनाउनुहुन्थ्यो । उहाँले आफ्ना कामरेडहरूलाई भन्नुभएको थियो, “मेडिकल उपचारले मात्र सबै कुरा ठीक हुँदैन, उपयुक्त आहारले घाउ छिट्टै पुरिन्छ र निको हुन्छ ।” कमान्डर शुलाई डा. बेथुन आफैले खुवाउनुहुन्थ्यो । कमान्डर शु छिट्टै निको भई लडाइँको मोर्चामा जाँदा उनले भनेका थिए, “डा. बेथुन अब म मोर्चामा गएर अझ धेरै शत्रु ढाल्न सक्छु ।”
एकजना सेनालाई रगत अभाव हुँदा झन्डै ज्यान गुम्ने खतरा थियो । डा. बेथुनले आफ्नो ‘ओ पोजिटिभ’ रगत घाइते सेनालाई दिन्छु भन्नुभयो । “हाम्रा मानिसहरू लडाइँ भूमिमा रगत बगाउँदै छन्, म यहाँ केही जीवन जोगाउन आफ्नो रगत दिन सक्दिनँ ?” प्रश्न गर्नुभयो । चिनियाँ सेनाको शरीरमा आफ्नो रगत प्रदान गरिसकेपछि अब कामरेड नर्मन बेथुन, क्यानेडियाली जनताका छोरा सर्वहारा अन्तर्राष्ट्रवादी योद्धाको अमूल्य रगत चिनियाँ योद्धाको शरीरमा सदा रहने भयो भन्दै चिनियाँ कामरेडहरू खुसी भए ।
डा. बेथुनले रगत दिएको घटना या समाचार विश्वभरि फैलियो । त्यसपछि रगतदान गर्ने अभियान नै चलेको थियो । युद्धमैदानमा रगतको अभाव नहोस् भन्ने हेतुले अन्तर्राष्ट्रिय जगतले सघायो । डा. बेथुनको टीम सुकुङ (Ssukung) गाउँ पुग्यो । जतिबेला पनि शत्रुले आक्रमण गर्ने खतरा थियो । नभन्दै रातमा आक्रमण भयो । तर गाउँलेको सहयोगमा मेडिकल सामग्री र घाइते सेना लुकाउन सफल भयो । डा. बेथुनले केन्द्रीय हुपेइमा करिब ४ महिनासम्म सेवा गर्नुभयो । त्यसपछि उहाँ पश्चिमी हुपेई फर्कनुभयो । त्यहाँ गाउँका चिनियाँ जनतालाई छात्तीमा पीप सङ्क्रमणको समस्या देखिएको थियो । त्यो गाउँ पेइपिङ हान्हो रेलमार्ग नजिक ९एकष्उष्लन ज्लबजयध० थियो जहाँ शत्रुले नाकाबन्दी लगाएको थियो । स्थानीय पार्टीको अगुवाइमा त्यो क्षेत्रका जनतालाई पहरा दिन सेना र कार्यकर्ता खटाइएको थियो । चिनियाँ जनता गाउँले र सेनाको सहयोगमा २० मिनेटमा डा. बेथुनले छात्तीको अपरेसन सकाउनुभयो । गाउँका किसानहरूले डाक्टरप्रति कृतज्ञतासहित अपार सम्मान प्रकट गरे ।
जुलाई १ तिर डा. बेथुनले सीमाक्षेत्रको पार्टी सम्मेलनमा भाग लिनुभयो । उहाँले त्यहाँ बोल्नुभयो, “यो युद्धमा चीन एक्लो छैन । संसारका सम्पूर्ण न्यायप्रेमी जनता चीन र चिनियाँ जनताको पक्षमा छन् ।” त्यहाँबाट उहाँ सेन्पेई गाउँ (Psiping Hnahow)
(Psiping Hnahow) जानुभयो, जहाँ उहाँले क्षेत्रीय अस्पताल, सङ्गठन र गुरिल्ला युद्ध अस्पताल सञ्चालनमा जोड दिनुभयो । अध्यक्ष माओको रणनीति ‘युद्ध मैदानमै उपचार’ का आधारमा अस्पताल अगाडि बढाइयो । डा. बेथुनले घाइते मात्र होइन गाउँबस्तीका बिरामी चिनियाँ जनताको निःशुल्क उपचार गर्नुभयो । त्यसकारण, चिनियाँ जनता उहाँलाई ‘हाम्रो डाक्टर’ भन्छन् आज पनि । गाउँमा एक किसानलाई आफ्नो असक्त र घाउ पाकेको पाखुरा च्यापिरहेको देख्नेबित्तिकै उपचारको निम्ति आफूसँगै लाने र सारा गाउँलेलाई आफू डाक्टर भएको र सबै उपचार निःशुल्क गर्छु भन्ने डाक्टर हुनुहुन्थ्यो उहाँ । आज सारा गाउँ, देश उहाँप्रति ऋणी छ । चीनको मुक्ति युद्धमा डाक्टर बेथुनको योगदान स्मरणीय छ ।
एकदिन एकजना सिपाहीँ २५ किलोमिटर पर जीवन मृत्युको दोसाँधमा छटपटाइरहेको खबर डा. बेथुनसम्म आइपुग्यो । उहाँले एक सेकेन्ड पनि नसोची घोडा तीव्रगतिमा कुदाउनुभयो र साँझसम्ममा अपरेसन सम्पन्न गर्नुभयो । त्यहाँ नजिकै माथि गाउँमा घाइतेहरू छन् भन्ने थाहा पाएर उहाँ पुनः पहाड उक्लनुभयो । पसिनाले निथ्रुक भिजेको उहाँको शरीर, एक गेडा अन्न र पानी नपरेको पेट लिएर उहाँ उपचारमा तल्लीन हुनुभयो । गाउँका कामरेडहरूले उहाँको स्वास्थ्यको चिन्ता गरे । कुखुराको मासुको सुप दिए । उहाँले त्यो सुप बिरामीलाई खुवाउनुभयो र भन्नुभयो, “म एक कम्युनिस्ट योद्धा हुँ । म कसरी विशेष अधिकारको हकदार हुन सक्छु ?” उहाँ राति राति हातमा लाल्टिन बोकेर वार्डवार्डमा घाइते सेना सुते नसुतेको हेर्न पुग्नुहुन्थ्यो ।
कामरेड बेथुनले छोटो समयको लागि क्यानडा जाने सोच्नुभयो । त्यसको उद्देश्य भने फेरि पनि औषधि र मेडिकल सामग्रीको जोहो गर्नु र विश्वसामु जापानी युद्धपिपासुहरूको ज्यादती उदाङ्ग्याउनु थियो । कामरेड बेथुन अक्टोबर २०, १९३९ मा चीन छोड्दै हुनुहुन्थ्यो । त्यही समयमा जापानी आक्रमणकारीले हिमाली क्षेत्रमा ठुलो आकारको ‘सखाप पार’ युद्ध थाल्यो । उहाँ आफ्नो उडान स्थगित गरी युद्धमोर्चामा कुद्नुभयो । खाना पनि नखाई उहाँले अपरेसन थाल्नुभयो । चाँडो उपचारको लागि बेड थप्ने र सक्दो चाँडो अपरेसन गर्नेमा डा. बेथुनको ध्यान केन्द्रित थियो । शत्रु पहाडबाट तलतिर आउँदै थियो तर उहाँले आफ्नो काम सेकेन्डको लागि पनि रोक्नुभएन । उहाँले भन्नुभयो, “एकजना सेना डाक्टरले कहिल्यै योद्धाहरू छोडेर भाग्दैन बरु मर्न तयार हुन्छ । त्यस्तो मृत्यु गौरवपूर्ण हुन्छ ।” शत्रु ढोकामै आइपुग्दा अर्को डाक्टरले उहाँको हात तानेर लान खोज्दा पनि उहाँ– ‘लोकल एनेस्थेसिया’ चाहियो भन्दै हुनुहुन्थ्यो । घाइतेहरू हात जोड्दै जान आग्रह गरिरहँदा पनि उहाँ निडर भई घाइतेमाझ रक्षक बनेर उभिनुभयो ।
अपरेसनको क्रममा उहाँको देब्रे हातको औँलामा कैँचीले घाउ लाग्यो । एकैछिन औँला बेटाडिनमा डुबाएर पुनः काममा लाग्नुभयो । त्यहाँबाट पनि शत्रु हारेर फक्र्यो । मेडिकल टीम कान्होचिङ (Psiping Hnahow) को पछिल्लो अस्पताल पुग्यो । त्यतिबेला डा. बेथुनको औँलाको घाउ सुन्निएको थियो । कामरेडहरूले उपचार र आरामको निम्ति पटक–पटक आग्रह गर्दा पनि “म चुपचाप बस्न सक्दिन” भन्दै दुई दिन लगातार काम गर्नुभयो । बिरामीको उपचार गर्दागर्दै उहाँको घाउ सङ्क्रमित भयो । केही दिनपछि घाउ पाक्यो । ज्वरो पनि ३९.६ सेन्टिग्रेट पुग्यो । यद्यपि, डा. बेथुन “यो केही होइन, मलाई केही हुन्न” भन्दै हुनुहुन्थ्यो । चिन्ता नलिनु म दुईवटा औँला बाँकी हुँदा पनि काम गर्न सक्छु ।” उहाँको दृढता थियो यो ।
मेडिकल टीमसँगै पहाडको बाटोमा घोडामै उहाँ कमजोर र अर्ध बेहोस भएको सबैले अनुभव गरे । हुआङतुलिङ ९ज्गबलनतगष्लिन० मोर्चा नजिक पुग्न लाग्दा बन्दुक र गोलाबारुदको कर्कश आवाज तीव्र सुनिँदै थियो । बाटोमा घाइते सेनासँग भेट हुँदा डा. बेथुन आफू ढिला आइपुगेकोमा माफी माग्दै हुनुहुन्थ्यो ।
डा. बेथुनको स्थिति नाजुक भइसकेको थियो । घाउ सङ्क्रमण कुहिना हुँदै पुरै हातमा फैलिसकेको थियो । यद्यपि, उहाँले त्यो हालतमा १६ घण्टासम्म काम गर्नुभयो । नोभेम्बर ९ तारिखमा उहाँको स्थिति अत्यन्त नाजुक र ४० डिग्री सेन्टिग्रेटसम्म ज्वरो पुगिसकेको थियो । चिसो लाग्ने, बान्ता हुने अवस्थाबाट उहाँ बोल्दै हुनुहुन्थ्यो, “मलाई सबैभन्दा बढी चिन्ता लडाइँभूमिमा गोली खाँदै गरेका योद्धाहरूको लाग्छ । मसँग शक्ति हुँदो हो त म यो मैदान कहिल्यै छोड्दिन थिएँ ।”
डा. बेथुनको स्थिति थाहा पाएर सारा गाउँलेको भेला भयो, कामरेडहरूको आँखाबाट आँसु थामिएकै थिएन । डा. बेथुनलाई बचाउन हरसम्भव प्रयत्नको निम्ति याचना गर्दै थिए गाउँले । तर, डा. बेथुनलाई थाहा थियो कुनै पनि हालतमा अब ठीक हुँदैन ।
उहाँले सकिनसकी उठेर कम्युनिस्ट पार्टी क्यानडा र अमेरिकालाई एउटा मर्मस्पर्शी सन्देश लेख्नुभयो, “म निकै खुसी छु । एउटै कुराले दुःखी छु कि अब म केही गर्न सक्दिनँ…… बितेको दुई वर्ष मेरा निम्ति सबैभन्दा महत्वपूर्ण वर्षहरू थिए । मेरो जीवनको सबैभन्दा अर्थपूर्ण वर्षहरू थिए ती ।”
आफ्ना कामरेडहरूलाई उहाँले भन्नुभएको थियो, “कृपया अध्यक्ष माओसम्म मेरो धन्यवाद र आभारको खबर पु¥याइदिनु । आभार, उहाँ र कम्युनिस्ट पार्टीले दिएको ज्ञान या शिक्षाका निम्ति । म ढुक्क छु, चिनियाँ जनताले यो मुक्ति युद्ध जरुर जित्नेछन् । दुःखको कुरा म नयाँ चीनको जन्म देख्न यहाँ हुनेछैन ।”
मेडिकल टीमलाई उहाँको सन्देश थियो, “नयाँ मेडिकल टीम बनाउनू, जोखिमको ठाउँ जानू, घाइते योद्धाहरूसम्म पुग्नु ।
अन्तमा उहाँले बोल्नुभयो, “लडाइँ जारी राख्नू । आाफ्नो उद्देश्य र गन्तव्यतर्फ अविचलित निरन्तर हिँडिरहनू ।”
१९३९ नोभेम्बर १२ को बिहान महान् अन्तर्राष्ट्रवादी डाक्टर नर्मन बेथुन सदाका लागि अस्ताउनुभयो । उहाँले आफ्नो जीवनको अमूल्य समय चीन र चिनियाँ जनताको मुक्तिका निम्ति व्यतीत गर्नुभयो । “हाम्रो डाक्टरको मृत्युको बदला लिऔँ ¤” भन्दै जोशका साथ चिनियाँ जनताले लडे ।
सन् १९३९ डिसेम्बर २१ मा अध्यक्ष माओले उहाँको सम्मानमा ‘नर्मन बेथुनको सम्झनामा’ लेख्नुभयो । चिनियाँ जनताको हृदयमा आज पनि डा. नर्मन बेथुन एक महान् अन्तर्राष्ट्रवादी योद्धाको रूपमा बाँचिरहनुभएको छ । उहाँको जीवनबाट सारा विश्वले शिक्षा लिन सके धेरै क्रान्तिहरू सम्भव हुन्थ्यो ।
डा. बेथुन विश्वकै महान् युगान्तकारी चिकित्सक भई युगयुगसम्म अमर रहनुहुनेछ ।
Leave a Reply