तिमी कसरी नेपाली भयौ त ?
- भाद्र २९, २०८३
आज बिहान सबेरै प्रश्नहरूको जुलुस देखेँ !
सहिदहरूको अनुहार बिगार्यो कसले ?
सहिदहरू त लजाए शासक लजाए कि लजाएनन् ?
महाराजले ‘सुशासन आउनेछ’ भनेकै बखत
सहिदका अनुहार कुरूप बनायो कसले ?
महाराजले वर्षदिनमा पहिलो पटक ‘सहिदलाई श्रद्धान्जली’ अर्पण गरेकै क्षण
कसले सहिदका शालिकमाथि यति ठुलो अपमान ग¥यो ?
अनावरण नै गर्न नपाई शालिकहरू मिल्काउनुपर्ने दिन कसरी आयो ?
तिम्रो शासनमा शालिकमा समेत कमिशन, भ्रष्टाचारको दुर्घन्ध कसरी आयो ?
यस्तै हो भने,
भोलि तिम्रो शालिक बन्ला कि नबन्ला ?
बनिहाल्यो भनेनि सद्दे बन्ला कि नबन्ला ?
‘नायक’ भन्दा बढी ‘खलनायक’ देखिए के गर्ने ?
तिम्रो शालिक बनिहाल्यो भने कमिशन गन्हाए के गर्ने ?
अनि, तिम्रो शालिक स्वीकृत होला कि नहोला ?
तिम्रो शालिक पनि तोडफोड नहोला ग्यारेण्टि कसले दिने ?
आज,
प्रश्नहरूको जुलुस उर्लिरहेको छ ।
Leave a Reply