प्रश्नहरूको जुलुस !
- भाद्र २९, २०८३
निर्वाचनमा तिमीले भन्यौ,
‘पैसा नहुनेले
स्वास्थ्य र शिक्षा पाउनुप¥यो
यही हो हाम्रो एजेन्डा’
६ महिना भयो
तिम्रो सरकार बनेको
तर,
सुत्केरी व्यथा लागेका
बबिताहरू
अस्पतालमा सुत्केरी हुन
किन पाएनन् ?
तिमी कसरी नेपाली भयौ त ?
कसैको सत्ता परियोजनाका
गोटी भएनन् र ?
कि ‘सीआईए’ को एजेन्ट भयौ ?
विश्लेषकहरू यस्तै यस्तै भन्छन् नि ¤
‘सेनाले साथ नदिए
देश जलाउनेहरू सरकारमा पुग्छन् ?
जेलमा हुन्छन्’
(२०८३ भदौ २८)
Leave a Reply