चाँगुनारायण मन्दिर संरक्षणमा चुनौती
- आश्विन २, २०८३
भक्तपुर, २ असोज । नेपाल स्काउट बाग्मती स्काउट स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाले भदौ १० गते भोटेकोसी नदीमा आएको हिमबाढीबाट पीडितलाई नुवाकोटमा राहत वितरण कार्यक्रम सम्पन्न गर्यो ।
लायन्स इन्टरनेसनल, कस्मिक बचत तथा ऋण सहकारी संस्था लि. र मन्टेश्वरी एजुकेसन स्कूलको सहयोगमा प्राप्त विभिन्न राहत सामग्रीहरू स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाले नुवाकोटको विदुर नगरपालिका पुगेर पीडितहरूसमक्ष हस्तान्तरण गरेको हो ।
त्रिशुलीको देवीघाट र बेत्रावतीका बाढी पीडितहरूलाई आवश्यक पर्ने राहत सामग्रीहरू साबेल, बाल्टिन, वाटर बुट, पन्जा, स्लिपरलगायतका सामग्रीहरू दुई सत्न्दा बढी पीडितहरूलाई वितरण गरेको स्थानीय स्काउट भक्तपुर नगरपालिकाका स्थानीय प्रमुख आयुक्त बालकृष्ण वनमालाले बताउनुभयो । वितरण भएका राहत सामग्रीले पीडितलाई केही भए पनि सहयोग पुगेको उहाँको भनाइ छ ।
बाढी पीडितहरूको भनाइअनुसार अब राहत पठाउनेले माटो ओसार्ने गाडा र औषधिको व्यवस्था भए थप राहत मिल्नेछ ।
बिहीबार भएको राहत वितरण कार्यक्रममा नेपाल स्काउट बागमती स्काउट स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाका कार्य समितिका पदाधिकारीहरू, सल्लाहकार, पार्षद सदस्य र निओ फ्युजन रोभर रेञ्जर क्रुका स्काउटहरूको सहभागिता रहेको थियो ।
राहत वितरण कार्यक्रममा सहभागीहरूले बाढीबाट क्षति भएको घर र पसलभित्रबाट सामानहरू बाहिर निकाल्ने काममा सहयोग गरेका थिए ।
Leave a Reply