भर्खरै :

महिलाहरू शिक्षित सँगसँगै राजनीतिक रूपमा पनि सचेत र सङ्गठित हुनुपर्ने

महिलाहरू शिक्षित सँगसँगै राजनीतिक रूपमा पनि सचेत र सङ्गठित हुनुपर्ने

भक्तपुर, ३ असोज । लोकेश्वर महिला समूह इटाछेँको भेटघाट कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले महिलाहरू शिक्षित सँगसँगै राजनीतिक रूपमा पनि सचेत र सङ्गठित हुनु जरूरी छ भन्नुभयो ।
समाजको विकासमा महिला र पुरूषको उत्तिकै योगदान हुने धारणा राख्दै उहाँले विचार र सही नेतृत्वले मात्र समाजमा परिवर्तन हुने बताउनुभयो ।
भनपा वडा नं. १५ का पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले भक्तपुरको सामाजिक, शैक्षिक, सरसफाइ र सांस्कृतिक परिवर्तनमा नेमकिपाका नेता–कार्यकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
आयोजक समूहका संयोजक मन्जु लाखाजुको संयोजकत्वमा भएको उक्त कार्यक्रममा श्यामसुन्दर माता, राजन जति, सूर्यनारायण फाँजु, तुल्सीलक्ष्मी दुमरूलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *