सङ्गठनमा लाग्नुपर्नेबारे बहिनीलाई चिठी
- आश्विन ३, २०८३
भक्तपुर, ३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबार ३६ औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय भेला सुरु भएको छ ।
भेलाको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले युवा उमेर मात्र होइन साम्राज्यवादी र पुँजीवादी विचार त्यागेर आमूल परिवर्तनको नयाँ विचार बोक्ने हो भन्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीका युवाहरू आफूले परिवर्तनको नयाँ विचार अगाडि बढाउन पार्टीका प्रकाशनहरूको अध्ययन र अन्तरक्रिया बरोबर गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले आमूल परिवर्तनको नयाँ विचार बोकेका युवाहरूमा त्याग, तपस्या र बलिदान जरुरी हुन्छ भन्नुभयो ।
उहाँले संसारका देशभक्त र आमूल परिवर्तनका योद्धाहरूको जीवनी अध्ययन गरेर देश र जनताको निःस्वार्थ सेवामा समर्पित हुने प्रेरणा हाम्रा युवाहरूले लिनु आवश्यक छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले क्रान्तिको लागि क्रान्तिकारी पार्टी सङ्गठन आवश्यक भएजस्तै क्रान्तिकारी कार्यकर्ताहरू पनि महत्वपूर्ण रहने धारणा व्यक्त गर्दै संसारको व्याख्या गर्ने दार्शनिकहरू धेरै भए पनि मूल कुरा भनेको संसारलाई बदल्नु हो भन्ने कार्ल माक्र्सको भनाइबाट सिक्नुपर्ने बताउनुभयो ।
कार्यकर्ताको मुख्य काम राजनीतिक जिम्मेवारी पूरा गर्नु हो भन्दै अतिथि गोसाईले बुद्धले बुद्धत्व प्राप्तपछि प्रवचन गर्दा केवल ५ जना अनुयायी भएको चर्चा गर्नुभयो । चे ग्वे भाराले लेखेको ‘क्युवामा समाजवाद र मानिस’ भन्ने पुस्तकको सार बताउँदै समाजवादी मानिसमा हुने विशेषताहरूबारे जानकारी गराउँदै उहाँले समाजवादी मानिस सबभन्दा बढी स्वतन्त्र हुने, बन्धनमा हुँदैन, मुक्त हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “इतिहास पुनर्लेखन गर्नुपर्ने आवश्यकता छ । कामदार जनता रमजदुरको कुरा उल्लेख भएको छैन । भूmटा कुरा गरेर जनता झुक्याउने कामको विरोध गर्नैपर्छ । कार्यकर्ता र जनताबिच गएर काम गर्नुपर्ने हुन्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्रायुसङ्घका पूर्वअध्यक्ष उकेश कवांले सङ्घले ३५ वर्षमा गरेका महत्वपूर्ण गतिविधिहरू स्मरण गराउँदै समाजवादी प्रचार अभियानको सिलसिलामा गाउँ गाउँमा जाँदा जनयुद्धको नाममा अराजकतावादी गतिविधि भइरहेको अनुभव सुनाउँदै अराजकतावादी विचारको सट्टा माक्र्सवादी, लेनिनवादी तथा माओ विचारबाट निर्देशित भई काम गरेको भए देशले काँचुली फेरिसक्ने थियो । जेनजी उपद्रवबाट आएको वर्तमान सरकारले विदेशी पुँजीलाई नै समर्थन गरिरहेको हुनाले कुनै पनि उपनिवेसको विरोध युवाहरूले गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । एनजीओ आइएनजीओको कारण भदौ २३ र २४ को प्रदर्शन भएको पुष्टि गर्दै सचेत युवाहरूले आलोचनात्मक दृष्टिकोणको विकास गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
नेक्रायुसङ्घका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष लालबहादुर थापा, सचिव मुना तामाङ र जनगायक विनोद विकले पनि बोल्नुभयो ।
राष्ट्रिय भेलाको दोस्रो चरणमा नेमकिपा केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले स्थानीय तह र राजनीतिमा युवा पुस्ताबारे प्रशिक्षण दिंँदै राजनीतिमा व्यापारीकरणको कारण समाज सेवाको भावनामा कमी आएको बताउनुभयो ।
कर्णालीका पहाडहरूमा फलफूल खेती गरी स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सके लाखौंँ युवालाई रोजगार दिन सकिने उहाँले बताउनुभयो ।
युवा उमेरले नभई उसले बोकेकोे विचारबाट हुने स्पष्ट पार्दै प्रमुख प्रजापतिले प्रगतिशील विचारका युवा वास्तविक युवा हुने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुरलाई शिक्षा, स्वास्थ्यमा आजको अवस्थासम्म पु¥याउन पार्टीका अग्रज नेता कार्यकर्ताहरूको देन बिर्सन हुन्न† विदेशी डलरको लोभमा देश हितविपरीत काम गर्ने प्रवृत्ति गलत हो, उहाँले भन्नुभयो ।
पार्टीको चुनावी घोषणापत्रलाई अक्षरसः पालना गर्दै शिशु कक्षादेखि विश्वविद्यालयसम्मको शिक्षा दिन नगरपालिका लागिपरेको र विद्यार्थीलाई उच्च शिक्षाको पहुँचसम्म पु¥याउन वार्षिक १८ करोडसम्मको शैक्षिक कर्जा र ४ करोडभन्दा बढी रकमको छात्रवृत्ति प्रदान गर्दै आइरहेको उहाँले जानकारी दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले नेमकिपाले देशको सार्वभौमिकता र स्वाधीनता रक्षाका लागि गर्दै आइरहेको ऐतिहासिक राजनीतिक गतिविधिबारे स्पष्ट दृष्टिकोण राख्नु पर्ने धारणा व्यक्त गर्दै पश्चिमी देशहरूले नेपालमाथि गिद्धेदृष्टि राख्दै आइरहेको हुनाले युवा वर्ग राजनीतिक र वैचारिकरूपमा सङ्घर्षशील रहन आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले जनताको प्रजातन्त्रका आधारभूत विशेषताबारे चर्चा गर्दै समाजवादभन्दा अघिको सङ्क्रमणकालीन अवस्था नै जनताको प्रजातन्त्र हो जसमा शोसित, पीडित मजदुर किसानले राष्ट्रिय पुँजीपतिवर्गसित मिलेर काम गर्ने व्यवस्था हुन्छ भन्नुभयो ।
जनताको प्रजातन्त्रमा देशप्रतिको कर्तव्य नै धर्मको रूपमा लिइने, शिक्षा र स्वास्थ्य नैसर्गिक अर्थात् निःशुल्क हुने तर राज्यले उक्त सुविधा दिन नसके राज्यविरूद्ध मुद्दा हाल्न मिल्ने, आर्थिक समानतासहितको मानव अधिकारको व्यवस्था हुने, पद र पैसाको सदुपयोग हुने र सीप, क्षमताअनुसारको अधिकार उपयोग गर्ने उक्त व्यवस्थामा युवालाई सैन्य तालिम प्रदान गरिने उहाँले बताउनुभयो ।
नेपाल प्राध्यापक समाजका सदस्य सुवेगमान बिजुक्छेँले जलवायु परिवर्तन र यसको प्रभावबारे लामो समयदेखि तापमानमा वृद्धिको कारण हिमपहिरो गएको र उक्त पहिरोले थुनिएको ताल फुटेर रसुवा नुवाकोटमा बाढीको कहर देखिएको धारणा व्यक्त गर्नुभयो ।
उक्त प्रशिक्षण कार्यक्रमको बिचमा गायिका सपना शाही, विष्णु वि.क. र रोशना बेकोजूले साङगीतिक प्रस्तुति दिनुभएको थियो ।
Leave a Reply