भर्खरै :

उपनिवेश, अर्ध–उपनिवेश र नव–उपनिवेशबारे जान्नुपर्ने कुरा

उपनिवेश, अर्ध–उपनिवेश र नव–उपनिवेशबारे जान्नुपर्ने कुरा

उपनिवेशवाद, अर्ध–उपनिवेशवाद र नव–उपनिवेशवादबारे साधारण जनतामा मात्रै होइन, एमए (आचार्य) र अनेक प्राविधिक विशेषज्ञहरूमा समेत यस्ता व्यवस्थाबारे भ्रमहरू छन् । हुन त हाम्रो देशको बागडोर अङ्ग्रेजहरू आफ्नै हातमा लिएर बेलायती सेनाको कोर्दा र बन्दुकको गोलीबाट आफ्ना परिवारका सदस्यहरूको हत्या भएको भए नेपाली जनतामा आजसम्म बेलायती साम्राज्यवादी र उपनिवेशवादी भनेर घृणा फैलिने थियो
तर, त्यसबेला बेलायतीहरूको उद्देश्य नेपाल र नेपालीहरूलाई प्रत्यक्ष शासन गर्नुभन्दा भारत र चीनलाई शासन गर्दा नेपाललाई माध्यम बनाएर भारतको स्वतन्त्रता आन्दोलन बढाउन नेपाली सेनालाई प्रयोग गर्ने थियो र तिब्बत कब्जा गर्न नेपालीहरूलाई गुप्तचर बनाउने, भरिया र आवश्यक परेमा हरेक काममा लगाउने ज्यावल बनाउने ध्येय थियो ।
राजनैतिक शब्दावलीमा राणाहरूको सैनिक व्यवस्था थियो र समाज भने दास–दासीहरूको समाज थियो ।
बेलायती आक्रमणसँग सङ्घर्ष गर्न भीमसेन थापाले अङ्ग्रेजविरोधी फ्रान्ससँग कूटनैतिक सम्बन्ध जोडेर नेपाली सेनालाई फ्रान्सेली शैलीले तालिम दिन थालिएको थियो । शत्रुको शत्रु–मित्र भनेजस्तै बेलायतको शत्रु (फ्रान्स) सँग मित्र बनाउनु स्वाभाविक थियो । भीमसेन थापाले चीन र भारतका राजा–महाराजाहरूसँग मिलेर अङ्ग्रेजहरूलाई एसियाबाट धपाउने उद्देश्य थियो । एउटा भारतीय राज्यका राजाले भीमसेन थापाको पत्रलाई अङ्ग्रेजीहरूकहाँ पु¥याएर आफूलाई जोगाउन खोजेका थिए । तर, त्यो कार्य एसियाली देशहरूको विरोध र अङ्ग्रेजहरूको पक्षमा थियो ।
बेलायतले भारतमा २ सय वर्ष शासन ग¥यो, सारा राजा र बादशाहमाथि विजय प्राप्त ग¥यो । त्यो २ सय वर्षको शासनलाई बेलायतको औपनिवेशिक शासन भनिन्थ्यो । सबै राजनैतिक, न्यायिक, प्रशासनिक र अर्थतन्त्रसमेत बेलायतकै हातमा थियो, भारतीय जनता मौलिक र राजनैतिक अधिकारको लागि सङ्घर्ष गर्दै थिए । शिक्षा र स्वास्थ्य आदि सबै अङ्ग्रेजहरूकै तजबिजमा हुन्थ्यो । त्यो हो – बेलायती उपनिवेश र अङ्ग्रेजी उपनिवेशवादी शासन व्यवस्था ¤
नेपाल ¤ सुगौली सन्धिपछि (सन् १८१६) नेपाल अर्ध–उपनिवेश थियो । नेपालका अङ्ग्रेजहरू बसेर शासन गरेनन् । तर, श्री ३ हकबाट शासन गराउँथे । तिब्बतको बारेमा समेत नेपालले श्री ३ बाट सबै खबर अङ्ग्रेजहरूलाई पु¥याउनुप¥यो – राज्यसमेत उपनिवेशवादीहरूको निम्ति हाजिर थियो । त्यसको अर्थ हो – अर्ध–उपनिवेशको अर्थ, अप्रत्यक्ष शासन र श्री ३ हरूबाट नेपाल र नेपाली जनतामाथि तिनीहरूकै नीति र निर्णय लागू गर्थे ।
पहिले विश्वयुद्ध (१९१४–१९१८) ले रुसमा समाजवादी गणतन्त्र अर्थात् सोभियत सङ्घ स्थापना भयो र कति रुसका छिमेकी देशहरू रुसका उपनिवेशहरू स्वतन्त्र भए । संसारमा स्वतन्त्रता आन्दोलनमा रुसी समाजवादी क्रान्तिबाट ठुलो प्रेरणा प्राप्त ग¥यो र दोस्रो विश्वयुद्ध (१९३९–१९४५) पछि पूर्वी जर्मनी, पोल्यान्ड, चेकोस्लाभिया, हङ्गेरी, रोमानिया, बल्गेरिया, युगोस्लाविया, अल्वानिया, मङ्गोलिया, कोरिया, भियतनाम, चीन आदि देशमुक्त भए र भारत, इन्डोनेशिया, अन्य एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरूमा पनि स्वतन्त्रता र मुक्तिको सन्देश पुग्यो । सन् १९५९ मा क्युवा पनि मुक्त भयो ।
तर, भर्खर विदेशी उपनिवेशबाट मुक्त भएका भारत र इन्डोनेसियाजस्ता देशहरूका शासकहरूमा साम्राज्यवादी र उपनिवेशवादीहरूको प्रभाव बाँकी थियो । यसको कारण भारतजस्तो विशाल देशका नेताहरू पनि तटस्थ राष्ट्रहरूको एकताबाट झन्झन् टाढा हुँदै आर्थिक सहयोगको नाममा बेलायत र अमेरिकी साम्राज्यवादीहरूको प्रभावको नजिक पुगे ।
उपनिवेशबाट भर्खर स्वतन्त्र भएका देशहरूलाई उपनिवेशवादी देशहरूले आर्थिक सहयोग (ऋण) र राजनैतिक सहयोगबाट बिस्तारै पुँजी लगानी र सांस्कृतिक प्रभावबाट ‘नवउपनिवेश’ अर्थात् आर्थिक र सांस्कृतिक उपनिवेश बनाए । यसरी संसार पुनः संरा अमेरिकी साम्राज्य उसको नाटो सङ्गठन, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैङ्कजस्ता साम्राज्यवादी आर्थिक चङ्गुलमा पर्दै गए । त्यसैले, यसलाई नवउपनिवेशवाद भन्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *