“संविधान कानुनी मात्र होइन, शक्तिको आधारमा लेखिने राजनीतिक दस्ताबेज पनि हो”
- आश्विन ९, २०८३
भक्तपुर, ९ असोज । ख्वप इन्जिनियरिङ कलेजको प्रथम कलेज सभा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार सम्पन्न भयो ।
सभामा प्रमुख प्रजापतिले भक्तपुरको इतिहास, यहाँको शैक्षिक अभियान तथा सोही अभियानको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा ख्वप इन्जिनियरिङ कलेज स्थापना भएको पृष्ठभूमिबारे प्रकाश पार्नुभयो ।
कलेज स्थापना गर्दाका सङ्घर्ष, सञ्चालनको क्रममा सामना गर्नुपरेका विविध कठिनाइ तथा चुनौतीहरू स्मरण गर्दै उहाँले स्पष्ट उद्देश्य र दृढ प्रतिबद्धताले कलेज आजको अवस्थामा आइपुगेको स्पष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले कलेजको स्थापना देश र जनताको सेवामा समर्पित भई कम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने स्पष्ट उद्देश्यका साथ भएको बताउनुभयो । यही मार्गदर्शक उद्देश्यले विभिन्न चुनौतीको सामना गर्दै कलेजलाई निरन्तर अगाडि बढाउँदै स्थापनाको २५ औँ वर्षसम्म सफलतापूर्वक पु¥याएको उहाँको भनाइ थियो ।
बागमती प्रदेश सभा सदस्य तथा कलेज सभाका सदस्य सुरेन्द्रराज गोसाईंले ख्वप इन्जिनियरिङ कलेजको योगदान र महत्वको उच्च मूल्याङ्कन गर्दै कलेज आफ्नो स्थापनाको उद्देश्यअनुरूप निरन्तर विकास र विस्तार हुँदै गएको छ भन्नुभयो ।
उहाँले कलेजको विगत र वर्तमान अवस्थाको समय–समयमा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै “यदि ख्वप इन्जिनियरिङ कलेज स्थापना नभएको भए आज भक्तपुरको शैक्षिक तथा सामाजिक अवस्था कस्तो हुन्थ्यो ?” भन्ने प्रश्नमाथि गम्भीरतापूर्वक विचार गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
भक्तपुरले आफ्ना शैक्षिक गतिविधि र संस्थाहरूलाई कहिल्यै भौगोलिक सीमाभित्र सीमित नराखेको उल्लेख गर्दै भक्तपुरको शैक्षिक अभियान देशव्यापी सेवाभाव र विश्वसँगको खुला सम्बन्धतर्फ उन्मुख रहेको उहाँले बताउनुभयो ।
हालै रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा देखिएका विपद् तथा प्राविधिक समस्याहरूमा समेत ख्वपका संस्थाहरूले आफ्नो विशेषज्ञता, ज्ञान र सामाजिक उत्तरदायित्वका आधारमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कलेज सभाका उपाध्यक्ष तथा भक्तपुर नगरपालिकाका उपप्रमुख एवं आर्किटेक्ट रजनी जोशीले कलेज प्रशासन तथा प्राध्यापकहरूलाई इन्जिनियरिङ शिक्षालाई केवल पाठ्यक्रम र कक्षाकोठामा सीमित नराख्न आग्रह गर्नुभयो ।
उहाँले इन्जिनियरिङ शिक्षाले समाजमा विद्यमान वास्तविक समस्याहरूलाई पहिचान गर्न, तिनको समाधान खोज्न र निर्धारित शैक्षिक सीमाभन्दा बाहिर गएर नयाँ सम्भावनाहरू अन्वेषण गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।
समाजको आवश्यकता बुझ्ने, चुनौतीहरूको समाधान खोज्ने र देशको विकासमा अर्थपूर्ण योगदान दिन सक्ने दक्ष इन्जिनियर उत्पादन गर्नु नै इन्जिनियरिङ शिक्षाको मूल उद्देश्य हुनुपर्ने उहाँको भनाइ थियो ।
सभामा कलेजका प्राचार्य इ. सुजन माकले प्रस्तुत गर्नुभएको कलेजको वार्षिक प्रतिवेदन, वार्षिक कार्ययोजना, दीर्घकालीन योजना तथा वित्तीय लेखापरीक्षण प्रतिवेदनमाथि विस्तृत छलफल गरी सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो ।
कलेज सभामा कलेज व्यवस्थापन समितिका सदस्यहरू, विश्वविद्यालयका प्रतिनिधि, ख्वप शैक्षिक संस्थाहरूका प्राचार्यहरू, पूर्वप्राचार्य, प्राध्यापक, विद्यार्थी, अभिभावक तथा पूर्वविद्यार्थी प्रतिनिधिहरूलगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
Leave a Reply