भर्खरै :

चौबीस घण्टामा १४ जिल्लामा १०० मिलिमिटरभन्दा बढी वर्षा

चौबीस घण्टामा १४ जिल्लामा १०० मिलिमिटरभन्दा बढी वर्षा

काठमाडौँ, ९ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाको अपराह्न साढे ३ बजेसम्मको विवरणअनुसार चौबीस घण्टामा पाल्पाको अर्चले मापन केन्द्रमा सबैभन्दा बढी पानी परेको छ । त्यहाँ २४३.४ मिलिमिटर वर्षा मापन भएको छ । पाल्पाकै गण्डकोटमा १५२.२ मिलिमिटर वर्षा भएको छ ।
पछिल्लो चौबीस घण्टामा कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा एक सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ ।
इलामको कन्याममा १०६.४ मिलिमिटर, सोलुखुम्बूको सल्लेरीमा १०४.२ मिलिमिटर, पेकरनासमा ११८.४ मिलिमिटर, काभ्रेको पनौतीमा १३४.८ मिलिमिटर, रोशीमा ११२.६ मिलिमिटर, सिन्धुपाल्चोकको बाहुनेपाटीमा १०५.२ मिलिमिटर, चितवनको माढीमा ११३.२ मिलिमिटर, चर्छरेमा ११०.४ मिलिमिटर वर्षा मापन भएको छ ।
त्यस्तै तनहुँको बन्दीपुरमा १०१.२ मिलिमिटर, दमौलीमा १०५.८ मिलिमिटर, श्यामघामा १०२.२ मिलिमिटर, पर्वतको पचासेमा १२२ मिलिमिटर, कार्कीनेटामा १०३.८ मिलिमिटर, स्याङ्जाको पञ्चमूलमा ११०.२ मिलिमिटर, चापाकोकटमा १२५ मिलिमिटर, नवलपुरमा १०९.६ मिलिमिटर, देउराली नवलपुरमा १११. ४ मिलिमिटर, अर्घाखाँचीमा १५७ मिलिमिटर, सिमलपानीमा १३३.२ मिलिमिटर, सन्धीखर्कमा ११३.६ मिलिमिटर, गुल्मीको भर्सेमा १०९.६ मिलिमिटर, बागलुङको ताराखोलामा १००.८ मिलिमिटर वर्षा मापन भएको छ ।
बाँकेको बैजापुरमा ११२ मिलिमिटर, ढकेरीमा १२६.६ मिलिमिटर, कोहलपुरमा ११७.६ मिलिमिटर, नौवस्तामा १०६.२ मिलिमिटर, खजुराको १०१.४ मिलिमिटर, बेलभारमा १११.२ मिलिमिटर, नेपालगन्ज १११.६ मिलिमिटर, भगवानपुरमा १०७.६ मिलिमिटर वर्षा मापन भएको छ ।
कोशीदेखि लुम्बिनी प्रदेशसम्मका बाँकी भूभागमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागमा पनि हल्कादेखि मध्यम वर्षा मापन भएको छ ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०–५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०–१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी प¥यो भने अति भारी वर्षा भनिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार पश्चिमी भूभागमा अझै ठुलो पानी पर्ने पूर्वानुमान गरेको छ ।
विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार बेलुकी र शनिबार अझै बढी पानी पर्ने महाशाखाले जनाएको छ ।
सोमबारदेखि भने वर्षाको गतिविधि कम हुँदै जाने र असोज १३ गतेदेखि सफा हुने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *