रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
काठमाडौं, १० असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आइतबार प्रतिनिधिसभाको विशेष समयमा ३३ किलो सुन काण्ड ठूला माछाको संलग्नताको कारण सेलाएको र पैसा एवं शक्ति भएकाहरूले न्यायालयको काम, चुनाव र अन्य सबै क्षेत्र किन्ने जनगुनासोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने बताए पनि भ्रष्टाचारको पारो बढिरहेको उल्लेख गर्दै उहाँले प्रमको सरकारी निवास र कार्यालयमा पार्टीको बैठक बसेको र सरकारी बजेटबाट चिया–खाजा खर्च भएको सदाचार नहुने पनि स्पष्ट पार्नुभयो ।
गृहमन्त्रीले काम नगर्ने ठेकेदारलाई जेल हाल्ने भन्नुहुँदा अर्को मन्त्रीले निकाल्ने ‘दोहोरी गीत’बाट भ्रष्टाचारीहरूको मनोबल बढाउने चर्चा गर्दै सांसद सुवालले दमौलीको श्रृगपठ सुनकोटको सडक निर्माण काम २८ प्रतिशतमात्र काम गर्नेमाथि कार्वाही नभएको र काठमाडौं सडक छेऊका ५ हजार रूख कटान गरी उजाड बनाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले चीनबाट इन्धन खरिद गर्ने विषय प्रधानमन्त्री ओलीको चीन भ्रमणमा नपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै चीनको सहयोग सूचीबारे नेपाली जनता अवगत भएको तर मित्र देशहरूबाट पाएका उपहार सरकारले कौडीको मूल्यमा बेच्न नहुने जनताको पीर भएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीको भारत र चीन भ्रमणले समृद्ध नेपाल र सुखी नेपाली नबन्ने, मद्दतको अर्थ नेपाली आफैले विकास गर्ने उल्लेख गर्दै सांसद सुवालले चम्चाले खुवाई दिन पनि आग्रह गर्नु स्वतन्त्र र सार्वभौम देशको निम्ति कसरी सुहाउँछ भन्ने जिज्ञासा राख्नुभयो ।
मित्र देशको सहयोग मनोरञ्जनको लागि नभई परिश्रममा भर परेर गुणको बदला गुणले तिर्नु आवश्यक भएकोल उल्लेख गर्दै उहाँले जनतालाई शुद्ध खानेपानीमात्र व्यवस्था गरे पनि सरकारले काम गरेको ठहरिने बताउनुभयो ।
सांसद सुवालले उद्योग मन्त्रालयसँग उद्योग विवरणसमेत नभएको र खाद्य गुणस्तर परीक्षण प्रयोगशालासमेत नभएको औंल्याउँदै मानव तस्करमा संलग्न म्यानपावर कम्पनीहरूलाई समेत कारवाही नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेकाका सांसद तथा पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले बितेको चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी भएको उल्लेख गर्दै झोलाभित्र कैंची राख्न नपाउने सुरक्षा व्यवस्था रहेका ठाउँबाट ३८ क्विन्टल सुन कसरी
पार भयो भनी जिज्ञासा राख्नुभयो । उहाँले थप्नुभयो – त्यो सम्वेदनशील पोष्टमा गृहमन्त्री र प्रहरी महानिरीक्षकको चासोका प्रहरी खटाइने हो । राजनीतिक व्यक्ति समातिने कि नसमातिने ?
सांसद कँडेलले गैरकानुनी रूपमा गिटी–ढु·ा दोहन र वन फँडानी गर्नेलाई रोकेका एसपीलाई प्रदेश नं. ३ का मुख्यमन्त्रीलाई स्कर्टिङ नदिएको निहुँ राखी ४० दिनमा मकवानपुरबाट सरूवा गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपालीको लगानीमा जलविद्युत् उत्पादन गर्नु आवश्यक
सांसद सुवालले आइतबार बैठकमा विनियोजन विधेयक, २०७५ को तीन मन्त्रालयको बजेटमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभयो ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको बजेटमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उहाँले नेपालको नदीनाला भारतीय एकाधिकार पुँजीलाई दिने र महँगोमा भारतबाट बिजुली खरिद गर्ने नीति बन्द गरी नेपालीकै लगानीमा जलविद्युत् उत्पादन गर्नुपर्ने, कृषि योग्य भूमिमा सिंचाइको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
परराष्ट्र मन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै सांसद सुवालले नेपालको पारवहन अधिकार प्रत्याभूत गर्ने र नेपालको आन्तरिक मामिलामा भारतीय विस्तारवादको हस्तक्षेप रोक्नेतर्फ मन्त्रालयले कूटनीतिक कदम उठाउन नसकेको बताउनुभयो ¤
गृह मन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै उहाँले नेपाल–भारत खुला सीमाबाट भइरहेको चेलीबेटी बेचविखन, सीमा तस्करी, अपराधी एक–अर्को देशमा लुक्ने रोक्न नसकेको उल्लेख गर्नुभयो ।
नेपाल–भारत खुला सीमाका ५,९९४ सीमा स्तम्भमध्ये ११ सयभन्दा बढी सीमा स्तम्भ हराए पनि यथास्थानमा राख्ने काम नगरेको उल्लेख गर्दै उहाँले लाखौं नेपाली युवालाई लागूपदार्थ, मद्यपान र सुर्ती सेवनलगायत दूव्र्यसनीबाट रोक्न नसकेको बताउनुभयो ।
Leave a Reply