“टेबुलटेनिस खेलले मस्तिष्कको स्नायु क्षय हुन नदिने र मस्तिष्कलाई स्वस्थ राख्ने काम गर्छ”
- असार ३०, २०८३
सुर्खेत, १० असार । कर्णाली प्रदेशमा राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ सञ्चालन हुने भएको छ ।
कर्णाली खेलकुद क्लव जुम्लाको आयोजनामा असार २७ गते ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ हुन लागेको हो । अल्ट्रा म्याराथुनको उपयुक्त भूमि र यहाँको खेल तथा सि· पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ जुम्ला–रारा अल्ट्रा म्याराथुन आयोजना गरिएको कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।
उक्त खेलमा भाग लिने खेलाडीले सदरमुकाम जुम्ला खल·ादेखि मुगु रारातालसम्मको ४९ किलोमिटर दूरी दौड्नुपर्ने अध्यक्ष शाहीले बताउनुभयो । उहाँका अनुसार खेलाडीले समुद्री सतहदेखि दुई हजार ३०० मिटरमा रहेको जुम्ला सदरमुकामबाट दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारातालसम्म दौड्नु पर्नेछ ।
‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ को प्रतियोगितामा देशभरका अल्ट्रा म्याराथुन धावकको सहभागिता रहनेछ । क्लवले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रू ५०, ३० र २० हजार नगदसहित प्रमाणपत्र दिने बताएको छ ।
Leave a Reply