भर्खरै :

सहकारीको लगानी उत्पादनमूलक तथा सदस्यहरूको व्यवसाय लक्षित हुनुपर्नेमा जोड

सहकारीको लगानी उत्पादनमूलक तथा सदस्यहरूको व्यवसाय लक्षित हुनुपर्नेमा जोड

भक्तपुर, २४ असोज । कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि.को १९ औँ साधारणसभा सहकारीको प्राङ्गण नगाँचामा शनिबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यांैमिखाले सहकारी संस्था सदस्यहरूलाई गाह्रो साह्रो पर्दा भारी बिसाउने चौतारीको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारी संस्थाले आफ्नो लगानी उत्पादनमूलक तथा सदस्यहरूको व्यवसाय लक्षित हुनुपर्नेमा जोड दिनुभयो ।
गलत मनसाय भएका सहकारी ठगहरूका कारण सहकारी सञ्चालनमा झन्झन् जटिलता बढ्दै गएको चर्चा गर्दै उहाँले सदस्यहरूको व्यवसायलाई प्राथमिकता राखी सहकारी कार्य गरेमा स्वदेशमा रोजगारीका अवसर सृजना हुने बताउनुभयो ।
उहाँले सीपयुक्त जनशक्ति तयार भएमा देश विकासको दिशातर्फ अघि बढ्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि राजकुमार लघुले सदस्यहरूले समयमै ऋण तिर्ने परिपाटी हरेक ऋणीहरूले गरेमा कसैलाई दुःख नहुने र सहज परिस्थिति सृजना हुने बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार राजाराम तजलेले सञ्चालक समितिका सदस्यहरूलाई धन्यवाद दिँदै अझ व्यवस्थित रूपमा अघि बढाउन शुभकामना दिनुभयो ।
सहकारी संस्थाका सचिव लक्ष्मीप्रसाद चवालले प्रगति प्रतिवेदनसँगै ३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव, कोषाध्यक्ष रमेश माकजु र लेखा सुपरीवेक्षण समितिका संयोजक पुण्यराम माकको प्रतिवेदन सर्वसम्मतले पास गरेको थियो ।
संस्थाका अध्यक्ष सुनिल मगजुको सभापतित्वमा भएको सो कार्यक्रममा संस्थाका सल्लाहकार कृष्णप्रसाद लाखाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *