भर्खरै :

ख्वप साकोसको चारमहिने बाँसुरी तथा भ्वाइलेन्ट बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न

ख्वप साकोसको चारमहिने बाँसुरी तथा भ्वाइलेन्ट बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न

भक्तपुर, ७ मङ्सिर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि., ब्यासीले चार महिनाअघि शुभारम्भ गरेको बाँसुरी तथा भ्वाइलेन्ट बाजा प्रशिक्षण कार्यक्रम शनिबार बाजा हस्तान्तरण तथा दीक्षान्त समारोहसहित सम्पन्न गरेको छ ।
परम्पराअनुसार चार महिनासम्म बाजा प्रशिक्षण प्रदान गरेपछि बाजा पिदानेगु (बाजा हस्तान्तरण तथा समापन दीक्षान्त) कार्यक्रम नास द्योः चोछेँमा आयोजना गरिएको हो । कार्यक्रममा करिब ६० जना प्रशिक्षार्थी कलाकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाँसुरी बाजाका प्रशिक्षक रविन कपाली र भ्वाइलेन्ट बाजाका प्रशिक्षक श्रीकृष्ण तुइतुइले प्रशिक्षार्थीहरूलाई बाजा सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले सहकारी संस्थाले नियमित रूपमा विभिन्न प्रकारका परम्परागत तथा साङ्गीतिक बाजाहरूको प्रशिक्षण सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले गत वर्ष ३४ जना कलाकारलाई धा बाजाको प्रशिक्षण प्रदान गरिएको र यस वर्ष संस्थाको उद्देश्यअनुरूप शेयर सदस्यहरूलाई लक्षित गरी चारमहिने बाँसुरी तथा भ्वाइलेन्ट बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष तथा बाँसुरी बाजा प्रशिक्षण समितिका संयोजक लक्ष्मीनारायण सुवालले प्रशिक्षार्थी कलाकारहरूले सिकेका सीपलाई व्यवहारमा उतार्दै सांस्कृतिक तथा सामाजिक गतिविधिमा प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी तथा प्रशिक्षण प्रदान गर्ने गुरुहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारी, लेखा समिति तथा विभिन्न समिति र उपसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमपश्चात् प्रशिक्षार्थी कलाकारहरूले गुरु रविन कपाली र श्रीकृष्ण तुइतुइलाई बाजागाजासहित उहाँहरूको निवाससम्म पु¥याई सम्मानपूर्वक बिदाइ गरेका थिए ।
संस्थाका अध्यक्ष राजकुमार लघुका अनुसार प्रशिक्षित कलाकार तथा प्रशिक्षकलाई आगामी २०८३ पुस ४ गते आयोजना हुने संस्थाको १९ औँ वार्षिक साधारणसभामा विशेष कार्यक्रमसहित सम्मान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *