जनसत्कार उपभोक्ता साकोसको १६ औँ वार्षिक साधारणसभा
- आश्विन २४, २०८३
भक्तपुर, २४ असोज । सूर्याविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित नवज्योति बचत तथा ऋण सहकारी संस्था लि. को २२ औंँ वार्षिक साधारणसभाको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य पदमबहादुर माकजूले गर्नुभएको थियो । उक्त सभा संस्थाका अध्यक्ष काजीबहादुर पञ्चको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा सहकारी सदस्य शिक्षा एवं प्रशिक्षक भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का सचिव कान्छाभक्त घजुले सहजता दिने उकद्देश्यले स्थापित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले एकपछि अर्को निर्देशन र मापदण्ड जारी गरी सहकारीलाई निमिट्यान्न पार्न खोजिएकोमा आपत्ति जनाउनुभयो । सहकारी चलाउन शैक्षिक योग्यताभन्दा पनि सहकारीसम्बन्धी ज्ञान भएको सञ्चालक तथा विज्ञको आवश्यकता भएको बताउँदै उहाँले ऋण सुरक्षणलगायतको शुल्क लिन नपाउने, सञ्चालकले धितोमा ऋण लिन नपाउनेजस्ता प्रावधानले ब्याज बढाउने र सहकारीप्रतिको विश्वास गिराई सहकारी अभियानलाई असफल पार्न खोजिएको बताउनुभयो ।
संस्थाका अध्यक्ष काजीबहादुर पञ्चले नियम कानुनभन्दा बाहिर कोही पनि रहन नसकिने भएकोले सहकारीसम्बन्धी नियम कानुन पालना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ऋणको नीतिअनुसार साँवा र ब्याज नबुझाउने ऋणीहरूको धितो सहकारीले लिलाम गर्नबाट जोगिन ऋणीहरू सचेत हुनुपर्छ भन्नुभयो ।
संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद कोजु, सचिव शिवबहादुर खुलिमुली, कोषाध्यक्ष सूर्यबहादुर माकजु र लेखा सुपरिवेक्षण समितिका संयोजक दुर्गानाथ न्हेम्हाफुकीले आ–आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
उक्त सभाले ९ करोड ९३ लाखको बजेट पारित गर्दै शिवबहादुर खुलिमुलीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति र न्हुच्छेभक्त पञ्चको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।
Leave a Reply