जनसत्कार उपभोक्ता साकोसको १६ औँ वार्षिक साधारणसभा
- आश्विन २४, २०८३
भक्तपुर, २४ असोज । उदय बचत तथा ऋण सहकारी संस्था लि.को ३० औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष तथा सभापति रामकृष्ण प्रजापतिले संस्थाकै बाँसुरी, ढोलक तथा मादल बाजा प्रशिक्षार्थीहरूको सुमधुर धुनसहित पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष प्रजापतिले देशको वित्तीय सङ्कटको अवस्थामा सदस्यहरूको बचत सङ्कलनलाई सुरक्षित राखी पारदर्शिता, जोखिम व्यवस्थापन सहित उत्पादनशील क्षेत्रमा लगानी गरी सदस्यहरूको वित्तीय क्षमता विकासका लागि गुणस्तरीय सेवासँगै आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष न्हुछेबहादुर प्रजापतिले समुदायमा आधारित सहकारी आन्दोलनमा ससाना बचत रकमलाई ब्याजको लोभ देखाएर सर्वसाधारण जनताको पैसा ठगी गर्नेहरूको कारण नयाँ आएको सहकारी ऐन कानुनबाट समुदायमा आधारित सहकारी नियमित सञ्चालनमा अप्ठ्यारो भइरहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सचिव दिलप्रसाद प्रजापतिले संस्थाको आ.व. २०८२/०८३ मा सञ्चालन भएका विविध गतिविधिसहितको प्रगति प्रतिवेदन तथा आगामी वर्षको भावी कार्यक्रम तथा प्रस्ताव प्रस्तुत गर्नुभयो ।
कोषाध्यक्ष शिवराम बोहजुले २०८२/०८३ को आर्थिक प्रतिवेदनमा सहकारी ऐन नियम मापदण्डअनुसार सदस्यहरूको शेयरमा १५ प्रतिशत लाभांश वितरण गरी ६ करोड २७ लाख १९ हजार चार सय छयानब्बे जगेडा कोष, ५१ करोड ५४ लाख ३४ हजार तीन सय दस रूपैयाँ सम्पत्ति तथा दायित्व सार्वजनिक गर्दै आ.व. २०८३।०८४ को अनुमानित बजेट प्रस्तुत गर्दै गर्नुभयो ।
लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापतिले २०८२।०८३ को प्रतिवेदन तथा समितिको तर्फबाट सुझाव प्रस्तुत गर्नुभयो ।
बाग्मती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका सञ्चालक सदस्य कृष्णगोविन्द लाखाजुले हालको सहकारी ऐनकानुनबाट ऋणीले समयमै ब्याज नतिर्दा हुने जोखिमलाई शङ्कास्पद ऋण कोषमा सदस्यलाई दिनुपर्ने नाफाको रकम राख्नुपर्ने नयाँ व्यवस्थाले समुदायमा आधारित संस्थाको दिगोपनमा समस्या आउने बताउँदै सहकारीले मात्रै सदस्यलाई बचत तथा ऋणमा सदस्यले ब्याजसँगै संरक्षित पुँजी कोष फिर्ता पाउने व्यवस्था रहेको जानकारी दिनुभयो ।
उहाँले बहुउद्देश्यीय भनी गलत उद्देश्यले खोलिएको सहकारी समेत ऋण र बचतमा सीमित हुँदा समुदायमा आधारित सहकारी सञ्चालनमा समस्या आएको बताउनुभयो ।
सञ्चालक सदस्यद्वय दयालक्ष्मी प्रजापति र कृष्णराम प्रजापति तथा दिनेश कुसीले पनि बोल्नुभयो ।
संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले ७५ वर्ष उमेर र सोभन्दा माथिका ४९ जना ज्येष्ठ सदस्यलाई दोसल्लाले सम्मानसहित पौष्टिक आहार वितरण गर्नुभएको थियोे ।
आव २०८२/८३ मा मासिक साँवा र व्याज नियमितरूपमा तिरेका ८ जनालाई असल ऋणी सम्मान पदक प्रदान गरिएको थियो ।
२०८२ को एसईई परीक्षा उत्तीर्ण २९ जना तथा +२ उत्तीर्ण २९ जना सदस्य परिवारका विद्यार्थीलाई उदय पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
सोही कार्यक्रममा पाँचमहिने बाँसुरी, मादल तथा ढोलकका प्रशिक्षकलाई नगद र प्रमाणपत्र तथा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
सल्लाहकार समितिका संयोजक रामेश्वर प्रजापति तथा निलनारायण कोजुले संस्थामा १३ वर्ष अनवरत सेवा गरी व्यवस्थापकीय भूमिका निभाउनुभएका पुण्यराम गोसाईलाई सम्मान गरिएको छ ।
छैटौँ अधिवेशनबाट अध्यक्ष न्हुछेबहादुर प्रजापति, उपाध्यक्ष पूण्यराम गोसाई, सचिवमा दिनेश कुसी, कोषाध्यक्षमा सोहन रञ्जित, सदस्यहरूमा बाबुकाजी प्रजापति, सत्यराम कासिछ्वा, नारायण कृष्ण प्रजापति, दयालक्ष्मी प्रजापति, सुलोचना निर्विरोध निर्वाचित हुनुभयो ।
लेखा सुपरिवेक्षण समितिमा संयोजक विष्णुप्रसाद प्रजापति, सदस्यमा किशोर जुगिजु श्रेष्ठ र सीतालक्ष्मी प्रजापति निर्विरोध निर्वाचित हुनुभयो ।
सल्लाहकार समितिमा संयोजक नीलनारायण कोजु, सदस्य रामकृष्ण प्रजापति तथा शिवराम बोहजु निर्वाचित हुनुभयो ।
Leave a Reply