समय साकोसको १६ औँ साधारणसभा सम्पन्न
- आश्विन २५, २०८३
भक्तपुर, २५ असोज । भैरवनाथ सांस्कृतिक समूहले आइतबार दीक्षान्त समारोह आयोजना ग¥यो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उहाँले धाँ, बाँसुरी, ढोलक, प्वङा र पछिमा बाजाको तालिममा सफल सबै प्रशिक्षार्थीहरूलाई बधाई दिनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर नगरपालिकाले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणमा विशेष जोड दिइरहेको छ । नयाँ पुस्तामा परम्परागत मौलिक शैलीका बाजाहरूको सीप हस्तान्तरण हुन सके हाम्रो संस्कृतिले निरन्तरता पाउने निश्चित छ ।”
संस्कृति र शिक्षालाई सँगसँगै अघि बढाउने उद्देश्यले भक्तपुर नगरपालिकाले विद्यालय तथा कलेजहरूमा समेत मौलिक बाजा र नाचको प्रशिक्षण सुरु गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “भाषा र संस्कृति हाम्रो पहिचान भएकोले तिनको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।”
प्रमुख प्रजापतिले भन्नुभयो, “धाँ, बाँसुरी, ढोलक, प्वङा र पछिमा बाजाको एकसाथ प्रशिक्षण दिएर भैरवनाथ सांस्कृतिक बाजा खलले संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान गरेको छ । बाजा प्रशिक्षण पनि जनताको सेवा गर्ने एक प्रकारको कार्य हो । जनताको सेवा गर्ने गुरुहरूलाई जनताले सधैँ सम्झिरहनेछन् ।”
भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले बाजाको प्रशिक्षणले तीव्रता पाउँदै जाँदा अब भक्तपुरमा सांस्कृतिक कलेजको आवश्यकता महसुस हुन थालेको बताउनुभयो ।
स्थानीय न्हुछेराम भेलेले परम्परागत बाजाहरूको सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्य सकारात्मक पहल भएको बताउनुभयो ।
प्रशिक्षार्थी राजेश गाइजुले नगरपालिकाले संस्कृति संरक्षणका साथै उच्च शिक्षा हासिल गर्न सहयोग गर्दै आएको कार्य सराहनीय रहेको बताउनुभयो । आफूले पनि उच्च शिक्षा हासिल गर्न नगरपालिकाबाट सहयोग प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम श्रीभक्त सुवालको सभापतित्वमा सम्पन्न भएको थियो ।
Leave a Reply