सूर्यविनायकका शिक्षकहरूले गरे शुभकामना आदानप्रदानसँगै अध्ययन गोष्ठी
- आश्विन २६, २०८३
दैलेख, २६ असोज । नेपाल मजदुर किसान पार्टी र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त वडा भेला चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ५ स्थित लेखडाँडामा शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टी वडा नं. ५ वडा समितिका अध्यक्ष तेजबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रशिक्षण दिँदै नेमकिपाका केन्द्रीय सदस्य केशेन्द्र कार्कीले सचेत र सङ्गठित कार्यकर्ता बन्न अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सचेत जनताको सक्रियतामा हुने आन्दोलनले मात्र समाज परिवर्तन गर्नसक्ने उल्लेख गर्दै उहाँले वर्गीय पहिचान गरी वर्गीय आन्दोलनलाई सफल नबनाएसम्म गरिब जनताले दुःख पाइरहने बताउनुभयो । गलत काम गर्नेहरू समाजमा उदाङ्गिँदै जाने उहाँको भनाइ थियो ।
नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनी नगर समितिका अध्यक्ष दीपक शाहीले विश्वका हरेक क्रान्तिमा विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । तल्लो वर्गका जनता सचेत र सङ्गठित नभएसम्म पुँजीपतिवर्गको शासन कायम रहिरहने उहाँले बताउनुभयो ।
प्राध्यापक समाजका नगेन्द्र कार्कीले विद्यार्थीहरू अनुशासित र लगनशील हुनुपर्ने आवश्यकता औँल्याउँदै आजका विद्यार्थी नै भोलिका राजनीतिकर्मी भएको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका खेम कार्की, नेक्रामसङ्घका जैसरा कार्की (बिष्ट), विद्यार्थी विवेक कार्की, दीपिका कार्की, महेन्द्र थापा, निशा विक र मेनेका कार्कीले पनि बोल्नुभएको थियो ।
Leave a Reply