सूर्यविनायकका शिक्षकहरूले गरे शुभकामना आदानप्रदानसँगै अध्ययन गोष्ठी
- आश्विन २६, २०८३
भक्तपुर, २६ असोज । भक्तपुर नगरपालिका वडा नं. ७ इनाचो (वाचुत्व) स्थित महेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को १९ औँ वार्षिक साधारणसभा आइतबार सिद्धि गणेश साकोसको तालिम हलमा सम्पन्न भयो ।
संस्थाका ज्येष्ठ संस्थापक सदस्य कृष्णबहादुर धोजूको प्रमुख आतिथ्यमा सम्पन्न सभाको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो ।
कार्यक्रममा वाग्मती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका सदस्य कृष्णगोविन्द लाखाजुले साधारणसभा सदस्यहरूका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले साधारणसभाले वर्षभरि भएका आर्थिक कारोबारको मूल्याङ्कन गर्ने भएकाले सदस्यहरूले सक्रिय सहभागिता जनाई संस्थाको वास्तविक आर्थिक अवस्था बुझ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले सदस्यहरू संस्थाप्रति सचेत र जिम्मेवार भएमा सहकारीको आर्थिक कारोबार पारदर्शी तथा अनुशासित बनाउन सहयोग पुग्ने बताउनुभयो । सहकारी ऐन, विनियम र निर्धारित मापदण्डको पालना गर्दै संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले वार्षिक साधारणसभा नियमित रूपमा नगर्ने सहकारीमा रकम सङ्कलन गरी सञ्चालकहरू भाग्ने वा आर्थिक हिनामिना हुने जोखिम रहन सक्ने भएकाले सदस्यहरू सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले विद्यमान सहकारी ऐन तथा नियममा रहेका कमी–कमजोरीका कारण सहकारीको कार्यक्षेत्र सङ्कुचित भएको र त्यसबाट न्यून आय भएका सर्वसाधारणको आर्थिक कारोबारमा प्रतिकूल असर परेको बताउनुभयो । उहाँले सहकारीसम्बन्धी ऐन तथा कानुनलाई समयसापेक्ष संशोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नियमित बचतले भविष्यका आवश्यकताहरू पूरा गर्न सहयोग गर्नुका साथै भावी सन्ततिको उज्ज्वल भविष्य निर्माणमा समेत योगदान पु¥याउने भएकाले नियमित रूपमा बचत गर्न उहाँले सदस्यहरूलाई आह्वान गर्नुभयो ।
कार्यक्रमका सभापति तथा महेश्वरी साकोसका अध्यक्ष राजेश कुस्माले समुदायमा आधारित यस सहकारी संस्थाले समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक स्तर उकास्न समयसापेक्ष विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।
सभामा संस्थाका सचिव अञ्जन छुस्याबागले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसैगरी, कोषाध्यक्ष राजुराम ख्याजुले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण तथा अनुमानित बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक श्याम ख्याजुले संस्थाको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सभाले आर्थिक वर्ष २०८३/८४ को अनुमानित बजेट, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, सञ्चालक समितिबाट प्रस्तावित भावी कार्यक्रम तथा योजना, आन्तरिक कार्यविधि तथा नीतिसम्बन्धी प्रस्ताव र विनियम संशोधन प्रस्ताव पारित गरेको थियो ।
Leave a Reply