शुभेच्छा साकोसको २० औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन सम्पन्न
- आश्विन २६, २०८३
भक्तपुर, २६ असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, सूर्यविनायक नगर समितिको आयोजनामा दसैँ शुभकामना आदानप्रदान कार्यक्रमसँगै अध्ययन गोष्ठी भयो ।
उक्त कार्यक्रममा नेक्राशिसङ्घ, भक्तपुर जिल्ला समितिका अध्यक्ष गण्ोशराम थुसाले जुनसुकै विषयको अध्ययन गर्दा आलोचनात्मक तरिकाले सोच्नुपर्ने र वैज्ञानिक तथा तथ्यगत आधारमा विश्लेषण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले अध्ययन गर्दा जहिल्यै पनि आलोचनात्मक आधारमा गर्नुपर्छ । रामायण, महाभारत होस् वा अन्य जुनसुकै कृति नै किन नहोस् त्यसलाई धार्मिकभन्दा पनि समाज, राजनीति, संस्कृति आदिसँग तुलना गरेर अध्ययन ग¥यौँ भने पुस्तकको तथ्य र मर्म बुझ्न सजिलो हुन्छ र सही कुरा बुझ्न र बुझाउन सहयोग हुने गरी पुस्तकको तथ्यगत र वैज्ञानिक आधारमा विश्लेषण गर्नुपर्छ ।”
नेक्राशिसङ्घ सूर्यविनायक नगर समितिका पूर्वअध्यक्ष के.पी. छुस्याकीले पुस्तक अध्ययन गर्नको लागि प्रेरणाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा व्यक्त गर्नुभयो । समितिका सदस्य हरिप्रसाद ढकालले पुस्तक अध्ययन गर्ने क्रममा नयाँ जिज्ञासा राखेर अध्ययन गर्नमा जोड दिनुभयो । उहाँले एउटा पुस्तकले दिन नसकेको उत्तर अर्को पुस्तकले दिने भएकोले थप पुस्तक पढ्न प्रेरणा मिल्ने भएकोले आलोचनात्मक ढङ्गबाट पुस्तक पढ्नुपर्ने धारणा राख्नुभयो ।
समितिका अध्यक्ष सुरेश बखुन्छँेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दसैँ, तिहार वा चाडपर्वको आफ्नै सामाजिक, सांस्कृतिक, राजनीतिक आर्थिक परिवेश हुने र त्यसलाई समाजसँग जोडेर हेर्नका लागि पनि पुस्तक अध्ययन गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा राजेश छुकांलगायतका सदस्यहरूले शिक्षकहरूले पढेर विद्यार्थीहरूलाई पढाउन र कस्ता पुस्तक पढ्दा राम्रो हुन्छ भन्ने ज्ञान दिन पनि पुस्तक अध्ययन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
Leave a Reply