भर्खरै :

रुसमा ‘युरोकम्युनिज्म’ को जरा गहिरोसम्म पुगेको छ

रुसमा ‘युरोकम्युनिज्म’ को जरा गहिरोसम्म पुगेको छ

२० औँ शताब्दीको अन्ततिर सोभियत सङ्घमा पुँजीवादी प्रतिक्रान्तिका घटनाहरू घटे तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठुला सङ्कटहरू आउने गरी समाजवादी व्यवस्था पतन भयो । युरोपमा कम्युनिज्मको विरोध र ‘युरोकम्युनिज्म’ का प्रवृत्तिहरू देखापरे ।
अनियन्त्रित सोभियतविरोधी गतिविधि र प्रचारबाट सोभियत सङ्घमा ‘पुनः सङ्गठन’ (पेरेस्ट्रोइका) जस्ता तथाकथित नीति अगाडि बढ्यो । सबै प्रचार माध्यमहरूबाट कम्युनिस्टविरोधी पागलपनको बाढी आयो । सारा झूटहरू, आरोप र गलत सूचनाहरू प्रकाशनको निम्ति स्वीकृति प्रदान गरियो । देशको पुँजीवादी सिद्धान्त, पश्चिमी नक्कली संस्कृति, झूटा संस्मरण, उत्तेजना फैलाउने हल्ला र अराजनैतिक हास्यव्यङ्ग्यहरूजस्ता सबै किसिमका पुँजीवादी प्रचार यन्त्रको बाढी आयो ।
मुख्य कुरा के हो भने सोभियत कम्युनिस्ट पार्टीका राम्रा राम्रा नाराहरूको झण्डामुनि तथा सोभियत सरकारले समाजवादको जग नै भताभुङ्ग हुने समाजवादी नीति र सोभियत राज्यको अर्थतन्त्र एकपछि अर्को समाजवादी जग छिन्नभिन्न हुने निर्णयहरू र ऐन नियमहरू बनायो । सोभियत सङ्घको गुप्तचर विभाग (के.जी.वी.) ले सोभियत शासनलाई सुरक्षा दिनेजस्ता देशको सुरक्षाको पहरा दिन छोडिसकेको थियो, त्यो हो – पुँजीवादी प्रतिक्रान्ति वा क्रान्तिको विरोध वा विद्रोह ।
सोभियत सङ्घको प्रतिक्रान्ति २० औँ शताब्दीको सबभन्दा ठुलो दुःखान्त थियो वा दुःखको घटना थियो ।
घटनाहरूको विश्लेषणले के प्रस्ट पार्छ भने माक्र्सवाद–लेनिनवादको संशोधन समाजवादी निर्माणको सैद्धान्तिक आधारलाई ध्वस्त पार्नु हो, सोभियत कम्युनिस्ट पार्टीको नेतृत्वले अगाडि सारेको अवसरवादी गल्तीहरू नै समाजवादको जगै उखेल्ने आन्तरिक कारणहरू थिए ।
सोभियत कम्युनिस्ट पार्टीले सर्वहारावर्गको हुकुमलाई त्याग्यो र देश ‘सबैको राज्य’ को घोषणा ग¥यो, त्यसले समाजवादको भौतिक वा आर्थिक नियमहरूबाट हुने निर्देशनहरू रोक्यो । केन्द्रिय, योजनाबद्ध आर्थिक बन्दोबस्तको मुख्य सिद्धान्तलाई व्यवसायहरूको स्वतन्त्रतामा परिणत गरियो । योजनाबद्ध अर्थतन्त्रको ठाउँमा पुँजीपतिवर्गको आर्थिक बन्दोबस्त लागू गरियो । त्यसको अर्थ हो – नाफा र निजी लगानी, सहकारी र संयुक्त कम्पनीहरूको लगानी । यसरी समाजवाद समाप्त पारियो ।
एकचौथाइ शताब्दीमा अर्थात् २५ वर्षमा, रुस र सबै पूर्वसोभियत गणतन्त्रहरूले पुँजीवादी बाटो लिए । यसरी अवसरवादी गल्तीहरू विश्वासघाती साबित भए ।
अहिले समय बितिसकेको छ, आन्तरिक तर्कले सबै प्रस्ट भइसकेको छ । माक्र्सवादी सिद्धान्तको संशोधनले अनिवार्य रूपले अवसरवादतिर अगाडि बढाउँछ, ढिलो वा चाँडो त्यो प्रतिक्रान्तिकारी शक्तिमा बदलिन्छ ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सङ्कटहरू सुरु भयो । झन्डै सबै युरोपेली कम्युनिस्ट पार्टीहरूमा भ्रम र अस्थिरता देखाप¥यो । ती पार्टीहरू फूटको सङ्घारमा पुगे । उदाहरणको निम्ति ग्रीसेली कम्युनिस्ट पार्टी (KKE) को सबैले जानेका ग्रीसेली कम्युनिस्ट नेता आलेका पापारिगा (Aleka Papariga) ले महत्वपूर्ण सदस्यहरू, महासचिवले नेतृत्व गरेको केन्द्रीय समिति छोडे । त्यसले धेरै वर्ष कम्युनिस्ट पार्टीमा अवसरवादीहरूसँग मिलेको तार्किक निष्कर्ष निस्कन्छ । त्यसबाट पार्टीले पुँजीवादी व्यवस्थाको बाटो रोज्यो र त्यसले पुँजीवादी शासनकै खेल खेल्यो ।
आज युरोकम्युनिज्मको विरोधको सैद्धान्तिक सङ्घर्ष भन्ने कुरा सान्दर्भिक हुँदै छ किनभने अरु खुला र प्रस्ट कम्युनिस्टविरोधी पुँजीवादी अवसरवादीहरूभन्दा ग्रीसेली कम्युनिस्टहरू झन् खतरनाक छन् । पुँजीपतिवर्ग सधैँ आफ्नो शक्ति र स्वार्थलाई सुरक्षित गर्न सैनिक शक्तिसहित आवश्यक कुनै पनि माध्यम प्रयोग गर्छ । कहिलेकाहीँ पुँजीवादी प्रजातान्त्रिक शासनले फासीवादसम्मको चरम प्रक्रियामा हाकाहाकी अगाडि बढाउँछ । साम्राज्यवादी नीतिमा यस्तो परिवर्तन आउनु स्वाभाविक हो । यसकारण, सङ्कटको समयमा नव–फासीवादले आफ्नो टाउको उठाउनु अचानकको कुरा होइन । आजका बाल्टिक राज्यहरूमा, उदाहरणको निम्ति सत्तामा बस्नेहरूले बरोबर जर्मनीको नव–नाजिवादीहरूको पक्षमा भाषणहरू दिन्छन्† युक्रेनमा बितेको २०१४ मा फासीवादीहरूले सत्ता हातमा लिएका थिए ।
अवसरवाद किन खतरनाक हुन्छ भने त्यसले जनताको सेवा गर्ने नक्कल गर्छ र बाहिर कम्युनिस्ट भाषामा शासन गरेको देखाउँछ, जो सच्चाइमा पछाडि हेर्दा मुश्किलले कम्युनिस्ट सिद्धान्तले काम गरेको हुन्छ । १९ औँ शताब्दीको माक्र्सवादमा बसिरहनु हुन्न र नयाँ ऐतिहासिक परिस्थितिमा विकास गर्नुपर्छ भन्नु तिनीहरूको स्वाभाविक अभिव्यक्ति हो । त्यसो भन्नु भौतिकवादी वैज्ञानिक नियमहरूमा आधारित माक्र्सवादको मौलिक सिद्धान्तहरूलाई पूर्णरूपले त्याग्नु हो ।
अवसरवाद यसकारणले पनि खतरनाक छ किनभने त्यसले अर्ध–सत्य र स्वतन्त्रता, प्रजातन्त्र, मानव अधिकार, नागरिक समाज, सामाजिक राज्यजस्ता मीठा मीठा शब्दहरू प्रयोग गरेर तथ्यहरूलाई बङ्ग्याउँछ । यद्यपि, ती शब्दहरू कुनै निश्चित वर्गस्वार्थको अर्थमा अभिव्यक्त हुन्छन् । जे जस्तो भए पनि आखिरमा आधुनिक पुँजीपतिवर्गको समाजमा पनि वर्गीय रूप हुन्छ । पुँजीपतिवर्ग र मजदुरवर्ग एक आपसमा विरोधी र बाझिएको स्वार्थमा आधारभूत ढङ्गले छुटिएको हुन्छ । अवसरवादीहरूले जनताको राजनैतिक निरक्षरताबाट फाइदा उठाएर जनताको चेतनालाई सफलतापूर्वक जालसाजी गर्छन् । अवसरवादको छलमा परेका मजदुरहरूले आफ्ना मौलिक हितहरूलाई अनुभव गर्दैनन् र पुँजीवादको अवस्थामा मजदुरहरूले आफ्नो क्रान्तिकारी उद्देश्यलाई अनुभव गर्दैनन् ।
युरोकम्युनिज्म अवसरवादको एक रूप हो, जसले पुँजीवादी सिद्धान्तसँग कम्युनिस्ट विचारहरू र माक्र्सवादलाई संशोधन गर्छ, सर्वहारावर्ग र पुँजीपतिवर्गको बिचमा सहयोगको नीतिमार्फत खासगरी वर्ग समन्वयमा फेर्छ ।
युरोकम्युनिज्मको सार पुँजीवादलाई सुधारको नाम दिएर त्यसलाई विस्तारै समाजवादमा ‘रूपान्तरण’ गर्ने सपना बाँड्नु हो र समाजवादी क्रान्तिको आवश्यकतालाई अस्वीकार गर्नु र मजदुरवर्गद्वारा राजनैतिक शक्तिमाथि विजय पाउने आवश्यकतालाई अस्वीकार गर्नु हो ।
युरोकम्युनिज्मको पहिलो बीउको अङ्कुर १९ औँ शताब्दीमा देखापरेको थियो । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको वैज्ञानिक साम्यवादका निर्माताहरूसँग सैद्धान्तिक सङ्घर्षमा बर्नस्टिन, बाउर बन्धु (Bauer brother) र कार्ल काउत्स्की देखापरे । स्तेभन गोवान्स (Steven Gowans) ले आफ्नो लेख ‘१९ औँ वा २१ औँ शताब्दीको समाजवाद’ को स्रोत भनेकै सारमा बर्नस्टिन, बाउर बन्धु र काउत्स्कीकै झूट र अवसरवादीहरूकै अहिलेका भनाइहरू हुन् ।
यो दृष्टिकोण संरा अमेरिकाको कम्युनिस्ट पार्टीका अध्यक्ष साम वेब
(Sam Wabe) ले मात्रै अङ्गीकार गरेको होइन बरु लाटिन अमेरिकामा केही प्रगतिशील नेताहरूले पनि प्रचार गरे तथा ‘रुसी कम्युनिस्टहरू’ गेन्नाडी जुगानोभ (Gennady Zyuganov) र उसका समर्थकहरू बढी यस प्रचारमा सक्रिय हुँदै आएका छन् तर तिनीहरूको दृष्टिकोण साम्यवादसँग कुनै सरोकार राख्दैन । ग्रीसेली मार्काको युरोकम्युनिस्टको कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन ‘अवसरवादको चरम प्रतिक्रियावादी परिवर्तन’ एक आकस्मिक घटना होइन ।
दोस्रो विश्वयुद्धपछि फासीवादमाथि सोभियत सङ्घको विजय र विश्व समाजवादी व्यवस्थाको निर्माणपछि साम्राज्यवादीहरूले ‘शीतयुद्ध’ अर्थात् साम्यवादविरोधी चर्को प्रचार युद्ध चर्कायो । संरा अमेरिका र अन्य पश्चिमी देशहरूमा दर्जनौँ कम्युनिस्टविरोधी पुँजीवादी विद्वानहरूको समूह (Think tank) र प्रचार माध्यमहरू विस्तार गरे । साम्राज्यवादले संसारभरी कम्युनिस्ट ‘रोग’ को विरोधमा चलाएको प्रचारको विरोधमा साम्राज्यवादविरोधी सैद्धान्तिक सङ्घर्षको उद्देश्य बन्यो । साम्राज्यवादीहरूले सैद्धान्तिक अन्तरध्वंश र मनोवैज्ञानिक युद्ध छेडे जसले गर्दा समाजवादी देशहरूमा समेत कम्युनिस्टविरोधी भाषणहरू दिइन थालियो ।
सन् १९५६ मा हङ्गेरीको प्रतिक्रान्तिकारी विद्रोहको प्रयत्नले असङ्ख्य कम्युनिस्टहरू मार्ने रगताम्य कार्यहरू भए । तिनीहरूले राजधानी बुडापेष्टका रुखहरूमा कम्युनिस्टहरूलाई झुण्ड्याए र अग्ला अग्ला भवनहरूबाट स–साना केटाकेटीहरूलाई फाले । साम्यवादको विरोधको नाममा हिटलरले जस्तै दुष्ट कार्यहरू (कुटिल कार्यहरू) गरिए ।
सन् १९६८ मा चेकोस्लावियामा ‘शान्तिपूर्ण’ प्रतिक्रान्तिको प्रयास गरिए । किशोर–किशोरीहरूको मस्तिष्कलाई समेत भाँड्ने खालका अपराधपूर्ण सोभियतविरोधी लान्छनाहरू दर्जनौँ पश्चिमी रेडियो स्टेसनहरूले प्रचारहरू गर्न थाले । यसरी नयाँ पुस्तामा समेत तिनीहरूले कम्युनिस्टविरोधी पुँजीवादी विचारहरूको विजारोपण गरे । पुँजीपतिवर्गले उत्पन्न गरेको क्रुरतापूर्ण र चरम अपराधपूर्ण जालसाजी प्रचारहरूलाई एक गरे ।
आज थाहा हुँदैछ कि हङ्गेरी र चेकोस्लावाकियामा सोभियत प्रत्याक्रमण समाजवादको रक्षाको निम्ति कम्युनिस्ट पार्टीको बुद्धिमानीपूर्ण निर्णय थियो । त्यस्तै, प्रजग कोरियाको आणविक अस्त्रको निर्माण र परीक्षण पनि कोरियाली मजदुर पार्टीको बुद्धिमानीपूर्ण निर्णय हो ।
विश्व साम्राज्यवादको नेता, फासिवादी सरकार समर्थक संरा अमेरिकाले खाली शक्तिको भाषा मात्र बोल्छ । संसारमा सबै महादेशहरूमा सयौ सयौ अमेरिकी सैन्य आधार (शिविरहरू) स्थापित गरिएका छन् । त्यस्ता भौतिक शक्तिलाई त्यस्तै भौतिक शक्तिबाट विरोध गरिनुपर्छ । ‘अरु’ शक्ति यद्यपि लुप्त छ । यसकारण, कानुनसँगको समन्वयात्मक प्रश्न, गैर–कानुनीसँग शान्तिपूर्ण, प्रतिरोधको हिंसात्मक उपायहरू कम्युनिस्टहरूको निम्ति एक ठुलो महत्व छ ।
युद्धपछिको परिस्थितिले युरोपका कम्युनिस्ट पार्टीहरूलाई उत्तेजनामा पु¥याउँछ । पुँजीपतिवर्गको लडाइँ कम्युनिस्टविरोधी परिस्थितिले माक्र्सवादको क्रान्तिकारी भावनालाई तीव्रतर सुधारवादी मनोदशाबाट संसदीय अभ्यासमा पु¥याउँछ । यसबारे कम्युनिस्टहरूमा तीव्रत्तर सैद्धान्तिक सङ्घर्ष हुन्छ ।
दुर्भाग्यवस केही कम्युनिस्टहरूले आफ्ना माक्र्सवादी अडानलाई छोड्न सुरु गरे । सन् १९५६ मा सोभियत सङ्घको २० औँ पार्टी महाधिवेशनमा सोभियत कम्युनिस्ट पार्टीको महासचिव निकिता खु्रश्चेभले विश्वासघाती ढङ्गले सोभियत जनताको नेता स्तालिनको विरोध गरे, त्यसबाट फाइदा उठाई इटालियाली कम्युनिस्ट नेता पाल्मिलो तोग्लियातिले ‘समाजवादको इटालियाली बाटो’ प्रस्तावित गरे, जसमा समाजको क्रान्तिकारी रूपान्तरणलाई पुँजीवादी प्रजातन्त्रको शान्तिपूर्ण सुधारको बाटो थियो । मस्कोको नियन्त्रणबाट स्वतन्त्र युरोपेली पार्टीहरूले ‘बहुकेन्द्रित’ सिद्धान्तलाई अगाडि बढाए ।
त्यहीँबाट ‘रुढीवादविरोधी माक्र्सवाद’ (Unorthodox Marxism) को तोग्लियातिको सैद्धान्तिक प्रवृत्ति (Trend) को सुरु भयो, जो पछि गएर ‘युरोकम्युनिज्म’ को रूपमा जानियो । उनका उत्तराधिकारी इर्निको वलिंग्वेर
(Enrico Berlinguer) ले महासचिवको पद सम्हालेपछि वर्गसङ्घर्षको निर्देशन दिन छोड्यो, त्यसको अर्थ सम्पूर्ण रूपमा माक्र्सवादको मुख्य सिद्धान्त वा मतहरू (Tenents) छोड्यो । उक्त पार्टी नेताको तर्क के थियो भने आणविक युगमा साम्राज्यवादको विरोधमा सङ्घर्ष मुख्य काम होइन, कम्युनिस्टहरूको रणनीति पुँजीवादी पार्टीहरूसँग मजदुरहरूको सङ्घ एक हुनुपर्छ । कम्युनिस्टहरूले संसदीय जनप्रतिनिधि सभाका स्थानबारे सङ्घर्ष गर्नुपर्छ ।
स्पेनियाली कम्युनिस्ट पार्टीका नेता सान्तियागो क्यारिल्लो (Santiago Carrillo) ले सन् १९७७ मा प्रकाशित उनको पुस्तक ‘युरोकम्युनिज्म र राज्य’ (Euro Communism and state) मा उनले ‘युरोकम्युनिज्म’ शब्द प्रयोग गरे । त्यस पुस्तकमा कम्युनिस्टविरोधी सन्देश कम्युनिस्ट पार्टीको तल्लो समितिहरू (Shell) मा गुप्तरूपले थियो । सन् १९६० मा युवा क्यारिल्लोलाई कम्युनिस्ट पार्टीबाट निकाल्दा लेनिनवादी ‘साम्राज्यवादको सबभन्दा गम्भीर अन्तरविरोध’ मा व्यवस्थाले सकेसम्म सबै प्रकारका उपायहरूलाई र अवसरलाई प्रयोग गर्छ, र राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि प्रयोग गर्न खोज्छ ।
कम्युनिस्टहरू व्यावहारिक हुनुपर्छ र समय–समयमा लचकदार उपायहरू पनि प्रयोग गर्नुपर्छ, माक्र्सवादी–लेनिनवादी सिद्धान्त धार्मिक मत (Theological dogma) जस्तो होइन बरु त्यसले हामीलाई मजदुरहरू र एक्लिएका सम्भ्रान्त उद्यमीहरूको समूहसँग समझदारीको क्षमता बढाउँछ, जुन समूहले अर्थतन्त्रको लगाम र राष्ट्रिय राजनीतिलाई नियन्त्रण गरेको थियो र नियन्त्रण गर्दै पनि छ ।
यसकारण, कम्युनिस्टको निम्ति पहिलो जोड दिनुपर्ने विषय हो, पूर्वी युरोपेली आर्थिक बनावटमा परिवर्तन गर्नु र मुख्यतया रुसमा परिवर्तन गर्नु हो । यो उत्पादनको पुँजीवादी सम्बन्धमा फिर्ता जानु हो । त्यो एक प्रतिक्रान्तिको परिणाम हो, जहाँ सम्पत्तिको उत्पादन र वितरण जनताको आवश्यकताअनुसार व्यवस्थित गरिएको हुँदैन, बरु पुँजीपतिहरूको नाफालाई बढाउँछ, तिनीहरूकै हातमा पु¥याउँछ जसको हातमा उत्पादनका साधनहरू हुन्छन् । सोभियत सङ्घको सम्पत्ति सोभियत जनताको हितको निम्ति हुँदा औद्योगिकीकरण, सेवा, स्वास्थ्य सेवा, यातायात, शिक्षा सबै जनताको हुन्थ्यो ।
अस्वीकारै गर्न नसक्ने विषय के हो भने पहिलो सोभियत सङ्घको विघटनको पछिल्लो अवधिमा रुसमा आर्थिक, राजनैतिक र सांस्कृतिक सम्पत्तिको ठुलो भाग ठुलठुला जुवाडे
(सट्टेवाज), नाफाखोरहरू र संरा अमेरिका र खास गरेर पश्चिमसँग मिलिभगत भएका गुण्डाहरूले कुम्ल्याए । पूर्वगणतन्त्रहरूका सम्पत्ति सबै ठुलठुला प्रशासक, सट्टेवाज, बैङ्कपति र ठुलठुला कम्पनीहरूको हातमा गयो । साथै सोभियत जनताको धेरै सम्पत्ति विभिन्न विदेशी बैङ्कमा पुग्यो ।
पछि पुँजीवादी रुसको पुँजी विदेशमा निर्यात भयो, नयाँ रुसको एक दसकमा रुसको पुँजी संसारमा पुग्यो, ती सबै असान्दर्भिक थियो । त्यसलाई उत्पादनका साधनहरूको सामाजिकीकरण तथा राष्ट्रियकरण पनि भन्न सकिने होइन ।
सन् १९६० को दसकमा इटालीमा ऊर्जा र इस्पातका उद्योगहरू राज्यको हातमा थियो । के इटाली एक समाजवादी देश थियो ? ती सबै पुँजीपतिवर्गकै रूपमा रहन्थ्यो, जसरी सोभियत सङ्घको पतन पछि सबै सम्पत्ति पुँजीपतिवर्गको हातमा भयो, रुस पूर्ण रूपले एक साम्राज्यवादी देशमा परिणत भयो ।
(By Luba Pribytkoma, published in Garden Ring, Moscow, Feb. 2016)
साभार : मजदुर–किसान, असोज २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *