वागीश्वरी बनसीमा शुभकामना कार्यक्रम
- आश्विन २९, २०८३
भक्तपुर, २९ असोज । भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा विजयादशमी तथा शुभदीपावली २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार बालाखुस्थित बज्र बुटिक होटलमा सम्पन्न भयो । कार्यक्रमको प्रमुख आतिथ्यता ४६ औँ नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कवांले तःमुंज्या जनतामा चेतना फैलाउन र श्रमजीवी तथा निम्न वर्गको उत्थान गर्न स्थापना भएको बताउनुभयो । उहाँले जलविद्युत् विकास, वातावरणीय प्रदूषण, डाटा सेन्टरबाट राष्ट्रिय हितमा पर्न सक्ने प्रभाव तथा वर्तमान सरकारका गतिविधिबारे आफ्नो धारणा राख्नुभयो । वर्तमान सरकार र विगतका सरकारहरूबिच तात्विक भिन्नता नरहेको टिप्पणी गर्दै उहाँले स्वास्थ्य बीमा र शिक्षकको (चाडपर्व) दसैँ खर्चसमेत उपलब्ध गराउन नसकेको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिले दसैँलाई भौतिकवादी तथा माक्र्सवादी दृष्टिकोणबाट मनाउनुपर्ने बताउनुभयो । उहाँले चाडपर्वका सामाजिक, आर्थिक र वर्गीय पक्ष बुझ्दै धार्मिक अन्धविश्वास तथा रूढीवादी संस्कार त्यागेर सामाजिक न्याय, समानता र वैज्ञानिक सोचलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले वाग्मती प्रदेश बक्सिङ सङ्घले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कार्तिक ९ देखि १२ गतेसम्म खेलाडी छनोट गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासङ्घका कोषाध्यक्ष गौतम सुजखुले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव साजन लघुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
Leave a Reply