ब्राइट स्टार ई. स्कूलमा विविध कार्यक्रमसहित दसैँ उत्सव सम्पन्न
- आश्विन २९, २०८३
भक्तपुर, २९ असोज । वागीश्वरी मा.वि. बनसी ब्लकमा स्थानीय पासा पुचःसँग विजया दशमी २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले शुभकामना दिँदै नगरको पूर्वी भेगमा सामुदायिक विद्यालयको अभावलाई महसुस गरी वागीश्वरीले यस बनसीमा विद्यालयको पूर्वप्राथमिक तह विस्तार गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिनुभयो ।
विद्यालयको यस विस्तारसँगै यस क्षेत्रको विकासमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सूर्यमढीका स्थानीय बाजे पुस्ताले स्थापना गरी हुर्काइएको यस विद्यालयको पूर्व प्रावि ब्लकलाई बनसीवासीले अपनत्व ग्रहण गर्न पनि आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्रावि व्यवस्थापन संयोजक ज्ञानसागर प्रजापतिले हाल पूर्व प्रा.वि. तहमा मात्र तीन सय विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिँदै सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिकोणले स्तरीय रहेको चर्चा गर्दै देशभरका सामुदायिक स्कूलहरूमा वागीश्वरी स्कूल सरकारी सूचीमा आठौँ स्थानमा रहनु टोलवासीको लागि खुसीको विषय हो भन्नुभयो ।
स्थानीय पासा पुचःका माधवप्रसाद प्रजापतिले आफू पनि वागीश्वरीकै पूर्वविद्यार्थी भएकोले यसको विकास र विस्तारमा आफूहरूको तर्फबाट आवश्यक हरतरहको सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।
विद्यालयका प्रअ कृष्णप्रसाद कर्याचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा स.प्र.अ. उकेश सुवालले पनि बोल्नुभएको थियो । कार्यक्रममा स्थानीय बासिन्दाहरूसँग अन्तक्रिया गरिएको थियो ।
Leave a Reply