भर्खरै :

ब्राइट स्टार ई. स्कूलमा विविध कार्यक्रमसहित दसैँ उत्सव सम्पन्न

ब्राइट स्टार ई. स्कूलमा विविध कार्यक्रमसहित दसैँ उत्सव सम्पन्न

भक्तपुर, २९ असोज । ब्राइट स्टार इ. स्कूलमा नेपालीहरूको चाड बडादसैँको अवसरमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसहित दसैँ उत्सव बिहीबार विद्यालय परिसरमा सम्पन्न भयो ।
कार्यक्रममा विद्यालयका संस्थापक पुष्पलाल सुजखूले दसैँको सांस्कृतिक, सामाजिक तथा धार्मिक महत्वबारे आफ्नो धारणा राख्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र सुजखूले दसैँ महत्वपूर्ण चाड भएको उल्लेख गर्दै संस्कृति मानिसको पहिचान भएको बताउनुभयो । दसैँले परिवार र समाजमा आपसी सद्भाव, प्रेम, एकता तथा भाइचाराको भावना विकास गर्न सहयोग पु¥याउने उहाँले बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा विद्यालयका शिक्षक–शिक्षिकाहरूले दसैँको शुभकामना व्यक्त गर्नुभएको थियो । असोज २६ गतेदेखि सञ्चालन गरिएको खेलकुद प्रतियोगिताको नतिजा घोषणा गरी असोज २७ र २८ गतेका प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिनुका साथै दसैँको महत्व झल्काउने नाटकसमेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *