भक्तपुरको परम्परागत बजार र चाडपर्वको मौलिकता
- आश्विन २४, २०८३
भक्तपुर । दसैँ थालनी भएसँगै सार्वजनिक विद्यालयमा असोज २५ गतेदेखि बिदा सुरु भइसकेको छ । तर, सरकारले असोजसम्मको मात्र पारिश्रमिक पठाएर दसैँ खर्च छोडेको छैन । यो जोश, जाँगर भएका, अरुलाई राजनीतिक शिक्षा दिने युवाहरूको नेतृत्वमा बनेको सरकारको अपरिपक्वताको सङ्केत हो । सरकारले भक्तपुर नगरपालिकामा शिक्षकहरूको निम्ति दसैँ खर्च नपठाए पनि भक्तपुर नगरपालिकाले विचार गरेर नपाको आफ्नो आन्तरिक स्रोतबाट दसैँ खर्च राख्ने व्यवस्था मिलाएको खबर छ ।
सरकारले दसैँ खर्च पठाएको छैन । तर, कति शिक्षकहरू भनपाप्रति असन्तोष व्यक्त गर्छन् । दसैँ खर्च नपठाउने सरकारलाई शिक्षकहरूले आलोचना गर्नुपर्ने हो । सरकारको कमजोरीको दोष भक्तपुर नगरपालिकालाई पोख्नु बुद्धिमानी होइन । केही दिन ढिलो भए पनि भक्तपुर नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट दसैँ खर्च राख्ने तयारी गरेको बुझिएको छ । प्राप्त स्रोतअनुसार दसैँ खर्च असोज २६ गते राख्ने व्यवस्था मिलाइएको छ ।
शिक्षकहरूले प्रश्न गर्न थालेका छन् – के सरकारलाई दसैँ खर्च दिनुपर्ने कुरा थाहा छैन ? शिक्षकहरू दसैँ बिदापछि आ–आफ्नो जिल्लामा जान्छन् भन्ने कुरा सरकारलाई थाहा छैन ? दसैँ बिदा लिएर कति शिक्षकहरू आ–आफ्नो जिल्लामा गइसकेका छन् । दसैँ खर्च लिएर जाने शिक्षकहरूको इच्छामा अङ्कुश लगाउने काम सरकारले गरेको छ । के यो शिक्षकहरूप्रति सरकारको बेवास्ता होइन ? कहिल्यै नभएको काम सरकार किन गर्दै छ ? अतः सरकारले शिक्षकहरूलाई शीघ्रातिशीघ्र दसैँ खर्च राख्ने व्यवस्था मिलाउनु जरुरी छ ।
– धनेन्द्र, शिक्षक
Leave a Reply