दसैँ
- आश्विन ३०, २०८३
जन स्वास्थ्यको
चेतनाको बीजारोयण गरेर
स्वस्थरूपी प्रकाशको
ज्योति छरिदिने
प्रत्येक रोगीको लागि
दिव्य चक्षु भएर
सधैँ व्यस्ततामा अल्झिएर
राष्ट्रको सेवा गर्ने
डाक्टर साहेब !
सत्यम् सेवा
निदानमा पुजारी बनेर
जीवनको प्रत्येक पाइलामा
आफ्नै पौरखले
स्वाभिमानी भएर बाँच्ने !
प्रत्येक बिरामीलाई
भरोसा दिएर बचाउने
अशक्त मानव जीवनलाई
नयाँ जोश नयाँ उमङ्ग दिने
समाजको अग्रदूत !
तिम्रो सेवा
जिउँदो जीवनको
उपकारीता हो
प्रत्येक चिकित्सकको सेवामा
सत्यताको आभास हुन्छ
आफू बलेर
उज्यालोदिने दीप बनेर
मातृभूमिको लागि
आफ्नो जीवन अर्पण गरी
रसिलो संसारको
निदान गर्ने
डाक्टर साहेब !
Leave a Reply