उपभोक्ता संरक्षणमा सरकारी उदासीनता, कानुन बनेको ६ वर्षपछि राजधानीमा उपभोक्ता अदालत गठन, उपभोक्ता आफै जागरुक हुनु जरुरी
- कार्तिक ४, २०८३
मानव समाजको विकासक्रममा चेतनाका विभिन्न रूपहरू जन्मिए, जसमध्ये धर्म र दर्शन सबैभन्दा प्रभावशाली वैचारिक अङ्ग हुन् । बाहिरी रूपमा हेर्दा दुवैले जीवन, जगत्, ब्रह्माण्ड र मानव अस्तित्वका आधारभूत प्रश्नहरूको उत्तर खोजेको जस्तो देखिए तापनि यिनीहरूको उत्पत्ति, कार्यपद्धति, वर्गीय चरित्र र सामाजिक भूमिकामा आकाश–जमिनको भिन्नता छ ।
धर्म र दर्शन कुनै अलौकिक वा स्वयम्भू विचार होइनन्† यी समाजको आर्थिक आधार, उत्पादन सम्बन्ध र वर्ग–सङ्घर्षका वैचारिक प्रतिबिम्ब हुन् । जहाँ धर्मले यथास्थिति, श्रद्धा र शोषकवर्गको हितरक्षाका लागि मानिसलाई वास्तविक संसारबाट विमुख बनाउँछ, त्यहाँ वैज्ञानिक दर्शनले वस्तुगत यथार्थको व्याख्या गर्दै संसार बदल्ने क्रान्तिकारी औजारको भूमिका खेल्छ ।
धर्मको उत्पत्ति आदिम समाजमा प्रकृतिका अगाडि मानिसको चरम असहायता र अज्ञानताबाट भएको थियो । जब आदिम मानवले बाढी, पहिरो, चट्याङ, रोग र मृत्युजस्ता प्राकृतिक परिघटनाहरूको वैज्ञानिक कारण बुझ्न सकेन, तब उसले प्रकृतिका अज्ञात शक्तिहरूलाई दैवीकरण गर्दै काल्पनिक ईश्वरको परिकल्पना ग¥यो । समाजमा निजी सम्पत्तिको उदय र वर्ग विभाजन सुरु भएपछि भने धर्मको सामाजिक रूप पूर्णतः फेरियो† शासक र शोषकवर्गले यसलाई आफ्नो वर्गीय उत्पीडन र शोषणलाई वैधानिकता दिने अचुक हतियार बनाए ।
यसको विपरीत, दर्शनको जन्म श्रम प्रक्रिया, उत्पादन शक्तिहरूको विकास र प्रकृतिका नियमहरूलाई बुझ्ने बौद्धिक जिज्ञासाबाट भयो । दासयुगमा जब शारीरिक श्रम र मानसिक श्रमको विभाजन भयो तब बौद्धिक तप्काले प्रकृति र मानव चिन्तनका नियमहरूलाई व्यवस्थित ढङ्गले बुझ्न थाल्यो । दर्शन सुरुआतदेखि नै अन्धविश्वासको साटो तार्किक चिन्तन, कार्य–कारण सम्बन्ध र ज्ञानको खोजीमा केन्द्रित रह्यो । यद्यपि वर्ग समाजमा आदर्शवादी दर्शनले धर्मकै सेवा ग¥यो, तर भौतिकवादी दर्शनको अन्तर्निहित स्वभाव सदैव प्रश्न, तर्क र वैज्ञानिक विश्लेषणतर्फ नै उन्मुख रह्यो ।
धर्म र दर्शनबिचको पहिलो आधारभूत भिन्नता ज्ञान आर्जनको विधिमा छ । धर्मको सम्पूर्ण जग ‘अन्धविश्वास’, ‘आस्था’ र ‘दैवी आदेश’ मा अडिएको हुन्छ । धर्मले प्रश्न गर्न निषेध गर्छ† यसले शङ्का वा तर्कलाई पाप, अधर्म वा ईश्वरनिन्दा घोषणा गर्छ । धर्मले निश्चित धर्मग्रन्थहरूलाई ’अपौरुषेय’ (ईश्वरीय÷अपरिवर्तनीय) मानेर तिनका कुरालाई बिनाप्रमाण स्वीकार गर्न बाध्य पार्छ ।
अर्कोतर्फ, दर्शनको प्राण नै ‘सन्देह’, ‘तर्क’ र ‘आलोचनात्मक विवेक’ हो । कुनै पनि कुरालाई केवल कसैले भन्दैमा वा परम्परागत रूपमा चलिआएकै आधारमा दर्शनले स्वीकार गर्दैन । दर्शनले प्रत्यक्ष अवलोकन, प्रमाण, तर्क र कार्य–कारण सम्बन्धका आधारमा सत्यको परीक्षण गर्छ । द्वन्द्ववादी दर्शनमा कुनै पनि विचार अन्तिम, अपरिवर्तनीय वा पवित्र मानिँदैन† नयाँ तथ्य र प्रमाण भेटिनेबित्तिकै पुरानो मान्यता खारेज वा परिमार्जित हुन्छ । धर्मले मानिसलाई ‘आज्ञाकारी दास’ बन्न सिकाउँछ भने दर्शनले मानिसलाई ’जिज्ञासु र विवेकशील कर्ता’ बनाउँछ ।
धर्मले मानिसको वास्तविक दुःख, अभाव र पीडाको समाधान भौतिक संसारमा खोज्दैन । यसले मानव जीवनलाई पाप–पुण्य, भाग्य, पूर्वजन्मको कर्म र ईश्वरको लीलाका रूपमा व्याख्या गर्छ । वर्तमान संसारलाई तुच्छ वा क्षणिक माया–जाल भन्दै धर्मले मानिसलाई स्वर्ग, नर्क, मोक्ष वा परलोकजस्ता काल्पनिक संसारको आशा देखाएर वास्तविक जीवनका समस्याहरूबाट पलायन हुन सिकाउँछ ।
कार्ल माक्र्सले धर्मलाई ‘उत्पीडित प्राणीको सुस्केरा, निर्दयी संसारको हृदय र चेतनाहीन परिस्थितिको चेतना’ भन्दै ‘जनताका लागि अफिम’ (इउष्गm या तजभ उभयउभि) भनेका हुन्, जसले मानिसको वर्गीय पीडालाई अस्थायी लठ्याई दिएर क्रान्तिकारी चेतनालाई सुताइदिन्छ ।
आज धर्म र सांस्कृतिक परम्पराका नाममा मानिसहरू यति धेरै आश्रित र अभ्यस्त भइसकेका छन् कि कुनै चाडपर्व वा जात्रामा मानिसलाई माइकिङ गरेर बोलाउनै पर्दैन, न त करकाप नै गर्नुपर्छ । उदाहरणका लागि, गठेमङ्गल, गाईजात्रा वा दशमी आदि पर्वमा विभिन्न मन्दिर जाने परम्परामा मानिसहरू स्वतःस्फूर्त रूपमा घुइँचो लागेर ओइरिन्छन् । बाहिरी रूपमा यो सांस्कृतिक उल्लासजस्तो देखिए तापनि यसको भित्री वैचारिक जग भनेको शताब्दियौँदेखि मानिसको मस्तिष्कमा रोपिएको मनोवैज्ञानिक डर र रूढिवादी संस्कार नै हो ।
वास्तवमा निर्जीव ढुङ्गाको मूर्तिले न कसैलाई आशीर्वाद दिन सक्छ, न त श्राप नै । तर धर्मले मानिसमा यस्तो डर पैदा गरिदिएको छ कियदि पूजापाठ गरिएन वा देवी–देवतालाई भाकल चढाइएन भने परिवारमा अनिष्ट हुन्छ, रोगव्याधि लाग्छ वा धनजनको क्षति हुन्छ । यही अनिष्टको काल्पनिक डरका कारण मानिसहरू परम्परागत रूपमा धर्मप्रति अन्धभक्त बन्न पुगेका हुन् ।
यहाँ प्रश्न उठ्छ— यदि ईश्वर नै यो ब्रह्माण्ड र मानव जातिका सर्जक हुन् र सबै मानिस उनकै सन्तान हुन् भने आफ्नै सन्तानलाई अनिष्ट गर्ने वा श्राप दिने ईश्वर कसरी हुनसक्छ ? यदि प्रकृतिका सम्पूर्ण प्राणी ईश्वरकै सृष्टि हुन् भने आफ्नै एउटा अशक्त प्राणी पशुको गर्दन काटेर रगत बगाउँदा ईश्वर कसरी प्रसन्न हुन्छन् ? ईश्वरले बलि माग्छन् भन्ने मान्यता आफैँमा घोर विरोधाभासपूर्ण छ । बलिप्रथा ईश्वरको माग होइन, बरु प्राचीन कालमा पशुपालक र सामन्ती समाजले धर्मको आडमा आफ्ना स्वार्थ सिद्ध गर्न सुरु गरेको रूढिवादी प्रथा मात्र हो ।
कम्युनिस्ट सिद्धान्त र माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादले ब्रह्माण्ड र जीवनलाई बुझ्न शुद्ध वैज्ञानिक दृष्टिकोण राख्छ । भौतिकवादका अनुसार ‘पदार्थ’ प्राथमिक हो र ‘चेतना’ त्यसको उपज मात्र हो । मानव मस्तिष्क नै चेतना र विचार उत्पन्न गर्ने जैविक अङ्ग हो । त्यसैले, मानिसको मृत्यु भएपछि मस्तिष्कको जैविक प्रक्रिया समाप्त हुन्छ र चेतना पनि स्वतः अन्त हुन्छ ।
यसको विपरीत, धर्मले मानिसलाई भ्रममा पार्न अमर आत्मा, पिण्डदान, स्वर्ग–नर्क, पुनर्जन्म र जटिल मृत्यु संस्कारको परिकल्पना गरेको छ । धर्मले भन्छ, शरीर मर्छ तर आत्मा अमर रहन्छ, अनि मरेको मान्छेको आत्मालाई स्वर्ग पु¥याउन, प्रेतबाधाबाट बचाउन वा श्रापबाट जोगिन गरुड पुराण सुन्नुपर्छ, दान–दक्षिणा दिनुपर्छ र भद्दा मृत्यु संस्कार गर्नुपर्छ ।”
माक्र्सवादी÷कम्युनिस्ट विश्लेषणअनुसार सम्पूर्ण मृत्यु संस्कार र आत्माका कथाहरू पुरोहितवाद, सामन्तवाद र धर्मका ठेकेदारहरूले मानिसको शोक र डरलाई बेचेर जीवनभर लुट्ने आर्थिक–सामाजिक हतियार मात्र हुन् । मानिस जीवित छँदा उसलाई वर्गीय शोषण र गरिबीमा राख्ने, अनि मरेपछि उसकै आफन्तलाई ‘आत्माको शान्ति’ र ‘पुण्यको नाममा धार्मिक कर्मकाण्डको ऋणमा डुबाउने काम यसै धार्मिक भ्रमबाट भइरहेको छ । कम्युनिस्ट सिद्धान्तले आत्मा र परलोकको काल्पनिक अन्धविश्वासलाई अस्वीकार गर्दै मृत्युलाई प्राकृतिक जैविक अन्त्य मान्छ र मानिसको जीवनलाई यही धर्तीमा सार्थक र मुक्त बनाउन जोड दिन्छ ।
धर्म ऐतिहासिक रूपमा सधैं शासक, सामन्त र पुँजीपतिवर्गको वैचारिक सुरक्षाकवच बनेर उभिएको छ । यसले दासप्रथा, सामन्ती शोषण, जात व्यवस्था र पुँजीवादी एकाधिकारलाई ‘ईश्वरीय विधान’ वा ‘प्राकृतिक नियम’ भन्दै औचित्यपूर्ण साबित गर्छ । धर्मले श्रमिक वर्गलाई सिकाउँछ— शासकको आज्ञा मान्नु, शोषणलाई चुपचाप सहनु र विद्रोह नगर्नु नै धर्म हो, जसको बदलामा अर्को जन्म वा परलोकमा सुख पाइनेछ । यसरी धर्मले शोषित वर्गको विद्रोही ऊर्जालाई भुत्ते बनाइदिन्छ ।
यसको ज्वलन्त उदाहरण हाम्रो वर्तमान सामाजिक–राजनीतिक परिवेश र समसामयिक राजनीतिक नेताहरूको व्यवहारमा प्रस्ट देखिन्छ । आज नेपालमा दलाल पुँजीवादले राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा कब्जा जमाएको छ । आफूलाई ‘कम्युनिस्ट’, ‘समाजवादी’ वा ‘लोकतन्त्रवादी’ दाबी गर्ने नेताहरू दलाल पुँजीपतिवर्ग र वैदेशिक प्रतिक्रियावादको सेवामा तल्लीन छन् ।
जनताका वास्तविक समस्याहरू— महँगी, बेरोजगारी, भ्रष्टाचार, राष्ट्रिय स्वाधीनताको सङ्कट तथा शिक्षा र स्वास्थ्यको व्यापारीकरणको समाधान खोज्न वैज्ञानिक द्वन्द्वात्मक भौतिकवाद र क्रान्तिकारी कम्युनिस्ट नीति प्रयोग गर्नुको साटो यी दलाल नेताहरू धार्मिक अन्धविश्वास, पूजापाठ र कर्मकाण्डको शरणमा पुगेका छन् ।
व्यवस्थागत र आर्थिक सङ्कट चुलिँदै जाँदा सत्ता टिकाउन र दलाल पुँजीवादको रक्षा गर्न नेताहरूले ’भैंसी पूजा’ गर्ने, धामी–झाँक्री ढोग्ने, मन्दिर र पूजापाठका नाममा राज्यको ढुकुटी खर्चिने र धार्मिक लोकप्रियतावादको सहारा लिने काम गरिरहेका छन् ।
दलाल पुँजीवादी व्यवस्थाले धर्मलाई बजार र व्यापार बनाएको छ । जनतालाई आफ्ना अधिकारका लागि प्रश्न गर्ने र वर्गसङ्घर्षमा उत्रिने चेतनशील नागरिक बन्न नदिई, पूजापाठ, भाग्य, आत्मा र अन्धभक्तिको अफिम खुवाएर अकर्मण्य र आज्ञाकारी बनाउनु नै आजका सत्ताधारी दलाल राजनीतिज्ञहरूको मुख्य रणनीति बनेको छ ।
माक्र्सवादी द्वन्द्वात्मक भौतिकवाद इतिहासमै पहिलोपटक सर्वहारा (श्रमजीवी) वर्गको मुक्तिको विज्ञान बनेर उदाएको छ । माक्र्सले आफ्नो प्रसिद्ध प्रस्थापनामा भनेका छन्, “दार्शनिकहरूले संसारको व्याख्या मात्र गरेका छन्, मुख्य कुरा यसलाई बदल्नु हो ।” माक्र्सवादी दर्शनले समाजका अन्तरविरोधहरूलाई उजागर गर्दै वर्गसङ्घर्ष, क्रान्ति र समाजवादको बाटो देखाउँछ । धर्मले शोषकलाई जोगाउन वर्ग–समन्वय र आत्मसमर्पण सिकाउँछ भने वैज्ञानिक कम्युनिस्ट दर्शनले शोषितहरूलाई सङ्गठित भएर दलाल पुँजीवादी व्यवस्था उल्ट्याउने वैचारिक हतियार दिन्छ ।
दर्शनशास्त्रको इतिहास वास्तवमा धर्म र विज्ञान अर्थात् आदर्शवाद र भौतिकवादबिचको निरन्तर सङ्घर्षको इतिहास हो । जब–जब दर्शनमा अध्यात्म, ईश्वर वा रहस्यवाद हाबी भयो, तब–तब दर्शन धर्मको दासी बन्यो । युरोपको मध्ययुगीन इसाई धर्मशास्त्र वा भारतको उत्तर–वैदिक वेदान्त दर्शन यसका स्पष्ट उदाहरण हुन्, जहाँ दर्शनलाई धर्म र शासकको सेवामा प्रयोग गरियो ।
तर जब दर्शनले प्रकृतिका वस्तुगत नियमहरूलाई समात्यो, यसले धर्मको रहस्यवादी जालोलाई ध्वस्त पारिदियो । प्राचीन भारतमा लोकायत, प्रारम्भिक सङ्ख्य र बौद्ध दर्शनका भौतिकवादी तत्वहरूले तथा युरोपमा डेमोक्रिटस, एपिक्युरस, स्पिनोजा र फायरबाख हुँदै माक्र्स–एङ्गेल्सले धर्मका भ्रमहरूलाई वैज्ञानिक रूपमा निरस्त गरे । यसर्थ, धर्म पूर्ण रूपमा जड र बन्द प्रणाली हो, जहाँ विकास हुँदैन† तर वैज्ञानिक दर्शन निरन्तर विकासशील, नयाँ खोजहरूसँगै समृद्ध हुने र मानव चेतनालाई अघि बढाउने गतिशील शक्ति हो ।
धर्म र दर्शनबिचको सैद्धान्तिक, वर्गीय तथा व्यावहारिक भेदलाई प्रस्टसँग संश्लेषण गर्न सकिन्छः धर्म आस्था, श्रुति र अन्धविश्वासमा निर्भर रहन्छ† दर्शन तर्क, प्रमाण, अनुभव र द्वन्द्ववादी वैज्ञानिक विधिमा आधारित हुन्छ ।
धर्मले सत्यलाई ‘अपरिवर्तनीय, निरपेक्ष र ईश्वरीय’ मान्छ† दर्शनले सत्यलाई ‘गतिशील, वस्तुगत र ऐतिहासिक’ मान्छ ।
धर्मले शोषितवर्गलाई काल्पनिक सान्त्वना दिएर तथा दलाल नेताहरूले यसलाई राजनीतिक हतियार बनाएर जनतालाई ’यथास्थितिवादी र निष्क्रिय’ बनाउँछन्† वैज्ञानिक कम्युनिस्ट दर्शनले वर्ग चेतना जगाएर जनतालाई ’क्रान्तिकारी र सक्रिय’ बनाउँछ ।
आजको राजनीतिमा दलाल नेताहरूले विचार, निष्ठा र वैज्ञानिक दर्शनलाई तिलाञ्जली दिएर धर्म, आत्मा र अन्धविश्वासलाई सत्ता र दलाल पुँजीवाद टिकाउने वैचारिक सुरक्षाकवच बनाएका छन् । तर, माक्र्सवादी सिद्धान्तअनुसार जब समाजबाट वर्ग, निजी सम्पत्ति र मानिसद्वारा मानिसमाथि हुने शोषणको पूर्ण अन्त्य हुनेछ साम्यवादको स्थापना हुनेछ तब मानिसलाई भ्रम र काल्पनिक सहारा दिने ’धर्म’ बिस्तारै ओइलाएर समाप्त हुनेछ तर प्रकृतिका नियमहरू र समाजको गतिशील विकासलाई बुझ्ने ’वैज्ञानिक दर्शन’ भने अझ उच्च र समृद्ध रूपमा अनन्तकालसम्म जीवित रहनेछ ।
Leave a Reply