भर्खरै :

दहीका दस फाइदा

दही सर्वप्रिय परिकार हो । तर भक्तपुरका मानिसले कहिलेदेखि दही बनाउन थाले भन्ने कुराको कुनै प्रमाणिक इतिहास भेटिएको छैन । अध्येताहरूले यो विषयमा कुनै दिन सत्यतथ्य जानकारी बाहिर ल्याउने आशा गरौं । तर भक्तपुरको परम्परा र संस्कृतिमा दहीको महत्वलाई बुझ्दा यो निकै लामो समयदेखि प्रयोगमा थियो भन्नेमा दुई मत नहोला ।
दहीसम्बन्धी अरु केही स्रोतहरू अध्ययन गर्दा भने दहीको सुरुवात टर्कीबाट भएको लेखिएको छ । युरोपकेन्द्रित इतिहासका कारण उनीहरूले टर्कीबाट दही आएको भनी लेखिएको भए पनि कुनै दिन दहीको सुरु आविष्कार नेपालको भक्तपुरमा भएको भन्ने कुरा प्रमाणित भए आश्चर्य मान्नुपर्ने कुरा छैन । अथवा तात्कालीन समयमा काठमाडांै उपत्यकाको सम्बन्ध मरुभूमि भएका देशहरूसँग पनि रहेका धेरै प्रमाणका आधारमा दही उतैबाट आएको हुन सक्ने सम्भावनालाई पनि नकार्न भने मिल्दैन ।
टर्कीको लोकाक्तिअनुसार मरुभूमिमा यात्रा गर्दा घुमन्तुहरू बाख्राको छालाको थैलीमा दुध राखेर ऊँटको पिठ्युमा राखिदिन्थे । यात्रा गर्दै जाने क्रममा केही घण्टापछि थैली खोल्दा तरल दूध ढिक्का परेको हुन्थ्यो । मरुभूमिको सूर्यकिरण र थैलीको व्याक्टेरियाले दूधलाई दहीमा परिणत गरेको हुन्थ्यो । यसप्रकार दहीको सुरुवात भएको बताइन्छ ।
दही आयोडिन, जिड्ढ, पोटासियम र भिटामिन बी १२ को लागि राम्रो स्रोत हो । साथै क्यालसियम र रिभोफ्लाभिन नामका तत्व पनि दहीमा भेटिन्छ ।
दही स्वास्थ्यका लागि निकै लाभकारी भएकोमा कुनै विवाद छैन । दहीले हाम्रो स्वास्थ्यमा निम्न फाइदा पु¥याएको हुन्छ ।
क) दही पाचन प्रक्रियाका लागि उपयोगी
दहीमा पाइने ब्याक्टेरियाले पाचनप्रक्रियामा सहायता गर्ने गर्दछ । मानव आन्द्रामा रहेका हानिकारक ब्याक्टेरिया खत्तम गर्न दहीमा पाइने ब्याक्टेरिया उपयोगी हुन्छन् । ग्यास्ट्रिकका बिरामीलाई दही निकै उपयोगी मानिन्छ । पेटमा ग्यास भरिएको अवस्था वा सुख्खा भएको अवस्थामा दही उपयोगी मानिन्छ । अपच र आउँका बिरामीहरूका लागि दही औषधि हो ।
ख) दहीले रोगप्रतिरोध क्षमता बढाउँछ
दहीमा पाइने ब्याक्टेरियाले रोग प्रतिरोध क्षमतामा वृद्धि गर्दछ । दैनिक केही मात्रामा दही सेवन गरे मानव शरीरले विभिन्न रोगको सङ्क्रमणबाट जोगाउने अध्ययनले देखाएको छ । मानव कोसभित्र समेत असर पार्ने भएकाले दहीले कोशको प्रतिरोध क्षमता बढाएर क्यान्सरजस्ता रोगबाट समेत जोगाउने गर्दछ ।
ग) दही छालाको लागि राम्रो
दहीले छालालाई स्वस्थ र चम्किलो बनाउँछ । कागतीमा दही मिलाएर अनुहार सफा गरे निकै राम्रो हुने गर्दछ । छालासम्बन्धी रोग निको पार्न पनि दही उपयोगी मानिन्छ ।
घ) कपालको लागि दही
दहीले कपाललाई नरम, स्वस्थ र बलियो बनाउँछ । दही कपालको जरामै लगाउनुपर्दछ । चाँया कम गर्न पनि दही उपयोगी मानिन्छ ।
ङ) दहीले आथराइटिसबाट जोगाउँछ
दहीले ढाड, जोर्नी, घुँडा आदि दुख्ने आथराइटिस रोगबाट बचाउने एक अध्ययनले देखाएको छ ।
च) मुटुरोगीलाई अमृत
दहीले मुटुका रोगीलाई पनि लाभ गर्दछ । दहीमा पाइने क्याल्सियम र भिटामिन डीले मुटुका रोगीलाई सहायता पु¥याउने गर्दछ । त्यसले हड्डी र मांसपेशीको विकासमा पनि सहयोग गर्ने गर्दछ । दहीले मुटु र रक्तनलीमा कोलस्टोरल नियन्त्रण गर्न सहयोग गरेको हुन्छ । उच्च रक्तचाप र अतितानव हुने मानिसका लागि त्यसकारण दही उपयोगी परिकार मानिन्छ ।
छ) मोटो मानिसलाई दही
मोटो र भुँडी बढेका मानिसको लागि दही निकै उपयोगी हुने वैज्ञानिक अध्ययनले देखाएको छ । पाचन प्रक्रियामा सहयोगी हुने भएकाले दैनिक रुपमा केही दही खाने मानिसको मोटोपना पनि घट्नुको साथै तौल पनि नियन्त्रणमा आउने बताइएको छ ।
ज) दहीले दात बलियो
दही क्याल्सियम र फोस्फोरसको सबैभन्दा समृद्ध परिकार हो । त्यसकारण दही धेरै खाँदा दात पनि बलियो हुने गर्दछ । दही खाने मानिसको गिजा अरु मानिसको तुलनामा राम्रो र बलियो भएको अध्ययनले देखाएको छ ।
ञ) बच्चाको लागि दही
गाईको दुधबाट बनेको दही बच्चाको लागि ज्यादै स्वस्थकर हुने गर्दछ । दहीको स्वाद मीठो हुने भएकाले बच्चाले पनि प्रायशः दही मनपराउने गर्दछ । त्यसले बच्चाहरूको हुर्काइमा मद्दत गर्दछ ।
बासी खाँदा क्षति गर्छ
दहीले पखाला, पिनास, जोरो, पिसाबसम्बन्धी रोग, कुपोषणजस्ता रोगबाट जोगाउने आयुर्वेदका विज्ञहरू बताउँछन् । तर अति भए पछि जे पनि खती हुन्छ भने जस्तै दही पनि आवश्यकताभन्दा बढी खाए त्यसले नकारात्मक असर समेत पार्न सक्दछ । धेरै बासी दही खानु स्वास्थ्यको लागि हानिकारक हुने गर्दछ । धुस्सी परेको दहीले पखाला र अपचजस्ता समस्या निम्तिन सक्छ ।
दहीसँग विभिन्न अन्य परिकारसँग खानु पनि लाभदायक मानिन्छ । चिउरा, भात, केरा, रोटीलगायतका परिकारसँग दही खान मनपराउने धेरै छन् ।
–विभिन्न स्रोतहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *