विश्वव्यापीकरणले ल्याउने अकाल
- कार्तिक १८, २०८२
व्युनर्स आयर्स, ३ जुलाई । अर्जेन्टिनाका हजारौं शिक्षकले राजधानी व्युनर्स आयर्समा तलब वृद्धिको माग गर्दै सरकारविरोधी प्रदर्शन गरेका छन् । उनीहरूले आफूले पाउँदै आएको तलब गरिबीको रेखामुनिको खर्च बराबर भएको भन्दै तलब वृद्धिको माग गरेका हुन् ।
‘अर्जेन्टिनाका शिक्षकहरूले गरिबीको तहभन्दा कम तलब पाउँदै आएका छन् । हामीले तलब वृद्धिको माग गर्नुको अर्थ हो हामीलाई पुस्तक किन्ने, थियटरमा जाने, राम्रोसँग खान सक्ने खर्चको प्रबन्ध गर भन्नु हो । तर जब हामी यस्ता माग गर्छौं हामीमाथि सरकारले दमनको भाषा बोल्छ । अनि हामी हड्तालमा उत्रेका छौं ।’, शैक्षिक मजदुर सङ्घका महासचिव इडुआर्डो लोपेजले भने ।
‘हड्ताल गर्दै गर्दा हामी मुख्य विषयवस्तुबाट अलग भने हुनसक्दैनौं ः हामी हड्ताल गर्दैछौं किनभने हामीसँग केही सीमितता छन् । हामी, गरिबीको रेखाभन्दा माथि उठ्नको लागि थालेको लडाइँ भने चालू राख्नेछौं ।’
शिक्षकहरूले हातमा व्यानर र प्लेकार्ड बोकेका शिक्षकहरू ड्रम बजाउँदै शिक्षा मन्त्रालय जाने बाटोमा प्रदर्शन गरेका थिए । उनीहरूले हालको तलबमा पन्ध्र प्रतिशत वृद्धिको माग गरेका छन् ।
‘मुद्रास्फीतिका कारण हाम्रो क्रयशक्ति घटेको छ र करको दर पनि निकै बढिसकेको छ ।’, विश्वविद्यालयका प्राध्यापक मेलिना लामोनेगाले भनिन् । त्यसकारण हामी राष्ट्रिय र प्रादेशिक तहका सरकारबीच मजदुरहरूका मुद्दा सम्बन्धको लागि जागरण अभियान चलाइरहेका छौं ।
तलब वृद्धि मागका साथ अर्जेन्टिनाको दक्षिणी चाबुट प्रान्तमा भएको शिक्षकहरूको प्रर्दशनमाथि प्रहरीबाट भएको दमनविरुद्ध पनि शिक्षकहरुले विरोध जनाएका छन् । चाबुटमा बितेका एक सय दिनमा प्रहरी र शिक्षकबीच लगातार द्वन्द्व हुँदै आएको छ ।
अर्जेन्टिनामा राष्ट्रपति माउरिसिओ माक्रीले आफ्नो दुईवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा सरकारी लगानी निकै कटौती गरेका छन् । अघिल्ला राष्ट्रपति क्रिस्टिना फर्नान्डेजले अर्थतन्त्रमा सरकारको भूमिका बढाउने कामलाई अहिलेका राष्ट्रपतिले एकपछि अर्को गर्दै हात झिक्दै लगेका छन् । फर्नान्डेज समाजवादी विचारका नेता थिए ।
गएको बुधबारमात्र अन्तर्राष्ट्रिय मुद्राकोषले औपचारिक रुपमा अर्जेन्टिनालाई मुद्रास्फीति, बजेट घाटा र कमजोर मुद्राका समस्या समाधान गर्न भन्दै ५० अर्ब अमेरिकी डलर बराबरको ऋण स्वीकृति गरेको छ । सरकारको यस्तो कदमको अर्जेन्टिनामा व्यापक विरोध हुने क्रम चालू छ ।
Leave a Reply